Friday July 30, 2010

चाल्स्र शोभराजलाई जन्मकैदको फैसला ,   खनालको आग्रह कांग्रेस र माओवादीबाट अस्वीकार ,   निर्वाचनमा भाग लिन पाउनुपर्ने खनालको रिट खारेज ,   झाडापखालाबाट मर्नेको संख्या पाँच पुग्यो,   स्याङ्जामा एचआइभी संक्रमितबाट मृत्यु हुने ३० ,   बिखन्डनबाट संस्थापनपक्षले जोगाउन सकेनः पौडेल ,   प्रचण्डलाई मतदानः फोरम, तटस्थः लोकतान्त्रिक,   प्रचण्ड र पौडेलले उम्मेदवारी फिर्ता लिनुपर्ने,   नयाँ जनादेशमार्फत सरकार निर्माण गर्नुपर्ने - राप्रपा नेपालका अध्यक्ष कमल थापा,   अल-गोसावी कम्पनीको भलिवल कार्यक्रम सम्पन्न ।,   हंङकंगबाट प्रकाशित साहित्यिक पत्रीका साब्लाबुङ्ग (शब्द पुष्प) को दोश्रो अंक सार्वजनिक,   पाँच वर्षेखि क्षेत्रीय अस्पतालको जेनेरेटर प्रयोग बिहीन,   नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपको बार्सिलोना बिस्तारित बैठक सम्पन्न,   बादी महिलाहरुको प्रथम सम्मेलन /१७ बुँदे दाङ घोषणापत्र जारी,   काठमाडौँमा यस्तो डरलाग्दो पनि गिरोह!,   बेलायती राजदूतद्वारा राष्ट्रपतिसँग बिदाई भेटघाट,   ललितपुर अनिजको अन्तर्क्रिया कार्यक्रम सम्पन्न ,   गीतकार र गायिकाको बिदाई कार्यक्रम सम्पन्न ,   ईराकमा रोजगारीको लागि नेपाल सरकारले लगाइएको प्रतिबन्ध चाँडो फिर्ता लिन ईराकमा कार्यरत नेपालीहरुको आग्रह। ,   राष्ट्रपति प्रमबीच छलफल ,  



कुवेतमा नेपाली नारीहरुलाइ पशुको भाउ खरिद र बिक्री गरिदो रहेछ

-सुजन केसी


हाम्रो देशका नारीहरुको पनि बिदेश जानी लहर निकै बढेको तथ्यांकहरुले देखाएकोछ अझ भनौं समस्याहरुले प्रष्टयाएको छ । चाहे उ शिक्षित होस् या सामान्य साक्षर । बिदेश गएर केही पैसा कमाएर स्वदेश फर्केर खुशी जिबन बिताउने सुनौलो सपना बोकेर खाडी मुलुक कुवेत नगरिमा पुगेका छ्न, धेरै त । नेपालबाट दलाल, मेनपावरसँग ठगिदै भारतको बाटो हुँदै, आफनो मातृभूमी घरपरिबार सबैलाई छोडेर खाडी मुलुक पुग्छन। त्यहाँ पुग्ना साथ दलालकोमा भेडा बाख्रा जस्तै थुनिन पुग्छ्न ।


धेरै नेपाली कामदारलाई कुवैति मालिक र त्यहाँकै लोकल मेनपावरको मान्छेले कुटपिट गरेको, कामगरेबपत तलब पनि नदिएको धेरैको गुनासो छ । म लगायत नेपाली दुताबासबाट आउनुभएको एकजना अधिकारी तथा प्रवासी नेपालीहरुको डोकुमेन्ट्री फिल्म बनाउन आएका अमेरिकि नागरिक तथा माउन्टएभरेष्ट क्लबका साथीहरु कुवेतको मेनपावरमा पुगेका थियौं । त्यो १२ तलको घरमा १५० भन्दा धेरै हाउसमेटको काम गर्ने मेनपावर रहेछ ।

त्यो मेनपावरमा यस्तो किसिमको माहौल थियो कि हामी त्यसको बारेमा सोच्न त के कल्पना पनि गर्न सक्दैनौ । त्यहाँ त एउटा नारीले अर्को नारीलाई भेडावाख्रा सरह खरिद र बिक्री गर्दा रहिछ्न । अब्राहम लिङनले अमेरिकाबाट मानव दासताको अन्त्य गरेको निकै लामो समय भएपनि खाडी मुलकुमा यी यावत रितमिाथि टेवा दिने काम अझै बाँकी रहेछ नै ।

 

हेर्दा हेर्दै २५ देखी ३० जना महिलालाई अघी पछी पाले बसेर मेनपावरको भित्रपटि लाइनसँग उभिएको देख्दा मलाई कता कता दसैंको बेलामा तिब्बतबाट खशी र भेडा भित्रिएको याद आउँछ । एकैछिनमा एक कुवेट साउसाउनी आए सबैलाई हेरेपछी एकजनालाई मन पराउछन् । ती महिलालाई आफ्नो घरमा कामगर्न लगेबापत मेनापावरलाई ३५० कुवेती रुपैयाँ (डिनार) दिनुपर्दो रहेछ करिव नेपाली रुपैयाँ ९५,०००।

धेरैबेरसम्म कसाहीले पशु बेचेजस्तै गरी मोलतोल भयो । ती विचरी नारीको जिन्दगी त पशुको भन्दा पनि लाचार रहेछ भन्ने मलाई लाग्यो ।अनी कुवेती साउसाउनीले घरमा काम गराउन लिएर जान्छन त्यतिमात्रै कहाँ हो र त्यसै बिच हामीले अर्को महिला को दुर्दशा देख्यौं। ति महिलालाई मेनपावरको मान्छे र कुवेती साउसाउनिले कुटपिट गरिराखेका थिए । महिला चिच्चाईचिच्याई रोइरहेकी थिइन । यो देखेर हामीले पनि बुझन कोशीस गर्‍यौं । ति महिला पनि यसरी नै बेचियर एक कुवेती परिवारमा पुगेकि रहिछ्न । कुवेतिको घरबाट २ महिना अघि भागेर उनलाई कुवेतीको घरमा पठाउँने म्यानपारमा समस्या लिएर आएकी रहिछिन । ति महिलाले रुदै भनिन - बिहान उज्यालो भएदेखि रातिको २,३ बजेसम्म कामगर्नु पर्ने, जती काम गरे पनि गाली गर्ने, जतिबेला पनि खाना नमिठो भयो भन्ने, आफुले खाएको जुठो खाना दिने, दिनरात काम गरी एक्छिन सुतौ भने पनि पाहिदैन किनकि ........... उनी त्यहाँ केही भन्न चाहन्छिन । बिचरा कसरी भनून यो भन्नको लागि उनीसँग शब्द छैन । धेरै समय लिएर आफनो सिर निउराउँदै रुदै भनिन, "त्यो घरमा साउको बिस्तारा पनि बन्नु पर्छ "।

 

सन्योगबस यो मेनपावरकि दलाल पनि नेपाली महिला नै रहिछन । त्यसैवीच ति नेपालबाट आएका अमेरिकिन नागरिकले दाँयाकोखाको अफिस मा १६,१७ बर्ष कि नेपाली केटी रुदै गरेको देखेर उनीसँग सोधे - के भयो ? उनी रुदै भन्छिन- म संग नेपालबाट आएकी साथीलाई फोन गरेको साउनिले भेटायो अनी मलाई कुटपिट गरी अफिसमा फिर्ता गर्न लिएर आयो ।

यो सुन्दा ति अमेरिकि त छक्क पर्छ्न अनी सोध्छ्न - के यहाँ फोनमा कुरा गर्न पनि पाहिदैन् ? यहाँ कानुन/पुलिश छैन ? त्यसको प्रतिउत्तर लामो समयदेखि कुवेतमा काम गर्नुहुने साथीले दिनुभयो - यहाँ घरमा काम गर्ने महिलाको लागि कानुन/पुलिश त के मानबियता पनि छैन । यो देख्दा मेरो आँखाबाट आँशु खस्यो, मुटु छियाछिया भयो मैले ति साउदीबाट आउनुभएको अधिकारी तर्फ हेरे ....... ती अधिकारी भन्नु हुन्छ "हामी जहाँ जान्छु यस्तै बियोग देख्छौ हामीले भनेको सरकारले सुन्दैन" के गर्नु । हामी सँगै जानु भएका माउन्टएवेर्सट् क्लवका साथी भन्नु हुन्छ - नारीहरुलाई बिदेश जान रोक लगाउँनु पर्दछ, बरु साग र सिस्नु खानु , फाटेको टालेको लगाउनु तर बिदेश नजानु, हामी सबै मनिलो मुख बनाएर एक अर्कोलाई हेर्दै त्यताबाट बाहिर निस्क्यौं ।

 

यी सब हुँदाहुँदै पनि हजारौं नेपाली विदेसिन बाध्य भएका छन् । दिनरात बलात्कृत भएका छन, काम गरेबापत पारिश्रमिक पनि पाउँदैनन् । कुवेतमा यस्ता पिडा खेपिरहेका र नेपाल फर्कन चाहने ५ सय महिलाहरुलाई नेपाली दुतावास साउदीले ट्रयावल डकुमेन्ट प्रदान गरेको छ । धन्यवाद, नेपाली दुतावास साउदी अरेविया ।

अव त देश परिवर्तनको संघारमा छ, देशले एउटा नयाँ शक्ति पाएको छ, यस अवधिमा यो नयाँ सरकारले खाडीमा रोजगारी गर्ने आम नेपालीहरुको पक्षमा वकालत गर्नेछ, वैदेशिक रोजगारका खातिर विदेसिने आम नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमाथि वैदेशिक रोजगारका नीतिनियमहरु तर्जुमा हुनेछन् । वैदेशक रोजगारमा जाने महिलाहरुको लागि गाँस वास तथा सुरक्षाको ग्यारेन्टी यो सरकारले पहल गर्नेछ । सम्बन्धित देश, एजेन्ट वा म्यानपावरहरुलाई सहज बनाउँने र एउटा नीतिनियमभित्र बाँधेर रोजगारीका अवसरहरुलाई प्रोत्साहान गर्ने ठूलो दायित्व यो सरकारको काँधमा छ ।

.

Posted on : September 26, 2008, 6:16 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

namuna

hola r*********** haru jata pani pug6a

July 26, 2010, 3:07 pm
@212.215.234.189


uday thapa

kubet ma pani tyasto keti haru painchha ra

May 13, 2010, 4:44 am
@80.120.254.148



Archieve Articles Headlines


 Recent Comments