Saturday May 25, 2013

झारफुक गरि निको पार्ने नाउँमा वालकको ज्यान लिने पशुपती बाबा पक्राउ. :::::: साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. ::::::



धनी राष्ट्रको धनी नागरिक भएर बाचौ

बिष्णु गुरुङ "एकता", क्यालिफोर्निया

म सानो छँदा नै मेरो आमाबुवा पहाडका आफन्त साथै आफ्नो संस्कृति, संस्कार देखि धेरे नै टाढा मधेस तिर बसाई सरेका रहेछन ! त्यस नौलो ठाउमा पनि बिस्तारै गुरुङहरुको जनसख्या बढ्दै गएकोले आफ्नो संस्कार अनुसार मेरो आमाबुवाले पनि आफ्नो बिधिबत कार्यहरु सबै लामाबाट नै गर्ने गर्थे, तर जति नै ठुलो लामाले पढे पनि उनीहरुले पढेको शास्त्र भोटे भाषामा भएकोले भक्तजनहरुको ध्यान तान्न लामाहरु त्यति सफल भने हुने थिएन ! लामाले पूजा गरेको सुन्न भेला भएका धेरै जसो भक्तजनहरु केहि छिन पछि गफ गर्न शुरु गर्दथे भने कसैलाई निद्राले अत्याए जस्तो देखिन्थ्यो ! जे होस् त्यस बेलालाई सम्झदा लामाले नेपालीमा उल्था गरेर सुनाएको एउटा अर्थको भने सधै सम्झना आईरहन्छ मलाई ! त्यो यसप्रकार छ ~ एक व्यक्ति बुद्धत्व प्राप्त गर्न घोर तपस्या गरेछन तर लामो समय सम्म पनि उसलाई कुनै ज्ञान प्राप्तको नाम निसान नभए पछि उसले घर फर्कने निधो गरेर फर्कदै गर्दा बाटोमा मान्छेहरुले ठुला पहाडलाई एउटा सानो घनले हिर्काउदै गरेको द्दृश्य देखेर सोधेछन - यो के गर्दैछौ ? यो पहाड फोर्न लागेको भनेर जवाफ पाए पछि उ एकदम अचम्म मान्दै सोधेछ, यति ठुलो पहाड यति सानो घनले कहिले फोर्ने ? अवश्य एकदिन; त्यस जवाफले उ फेरी तपस्या गर्न फ़र्किएछ् फेरी लामो समय पछि उस्तै निरासा भएछ त्यसरी नै घर फर्कने नोधो गरी फर्कने बाटोमा फेरी उसले मान्छेहरुले धागोको भरमा ठुल्ठुला रुखहरु काट्न लागेको द्दृश्य देखेछ र सोधेछ हैन यो के गर्न लागेको हो ? रुख काट्न; त्यस जवाफले उसलाई फेरी जिज्ञास बढेछ र सोधेछ यति ठुल्ठुला रुख यो धागोले कहिले काटीसक्ने? अवश्य एकदिन; उनीहरुको त्यस जवाफले उ फेरी तपस्या गर्न फ़र्किएछ् र लामो समय घोर तपस्या गर्दा पनि उसलाई कुनै किसिमको ज्ञान प्राप्त हुने लक्षण सम्म पनि नदेखे पछि उ यस पटक कुनै पनि हालतले तपस्यामा फेरी नफर्कने अठोट गरेर त्यहाँबाट फ़र्किएछ् !

फर्कने बाटोमा उसलाई केहि आवाज आएको भान भएछ त्यो आवाजले उसको ध्यान खिचेछ उ त्यस तर्फ बढेछ, त्यहाँ पुग्दा उसले एउटा कुकुर भुईमा पल्टिरहेको देखेछ झन् नजिक पुगेर हेर्दा उसको शरीर भरी किराहरुले उसलाई टोकिरहेको रहेछ ! कुकुरको यस्तो अबश्थाले उसको मनमा दया जागेर आएछ ~ यदि मैले यो किराहरु उसको शरीरबाट हटाई दिन सक्यो भने त उसलाई कति आनन्दा हुने थियो, त्यस पछि उसले काठको सिन्काको माध्यमले त्यस किराहरु फाल्न लाग्दा उसलाई यति धेरै दया र प्रेमको भावना जागेछ की यो काठको सिन्काले किरा फाल्दा उसलाई दुख्न पनि सक्छ त्यस भन्दा नरम त मेरो जिब्रोले किरा फाल्दा उसलाई आराम होला भनेर उसले आफ्नो जिब्रोले किराहरु फाल्न छोएको मात्र के थियो त्यो कुकुर त्यहा थिएन र उसको मनमा यस्तो ज्ञान आएछ की यदि एउटा आत्माले अरुको दुख देखेर दया जाग्छ, प्रेमको भावना जाग्छ त्यहिँ आत्माको अर्को नाम बुद्धत्व हो ! यस एउटा मात्र अर्थले मेरो जीवनमा अर्थ दिएको मलाई अनुभूति हुन्छ ! अन्यथा, बुद्धिष्ट धर्मको परिबेशमा हुर्किए पनि आफ्नो भाषामा बुझ्ने गरेर कुनै त्यस्तो क़ुरा सिक्न पाएर रमाईलो मानेको क्षण भने त्यति याद छैन मलाई - उहीं जस्तो जस्तो बाउँ बाजे उस्तै उस्तै स्वाहा भने झै गरेर बिताए !

यस्ता थुप्रै कुराहरु घटनाहरु छन जसले मलाई सोच्न बाध्य बनाउछ के गौतम बुद्धको जन्मस्थान नेपाल नै हो त के यो सत्य नै हो ? तर म हालैको एउटा घटना यहाँ बाड्न चहान्छु - मेरो एकजना अमेरिकन बुद्धिष्ट साथीले मेरो जन्मदिनमा उपहार के चहान्छौ भनेर मलाई विकल्प दिईन ! मैले नेपालीमा लेखिएको बुद्ध दर्शन सम्बन्धि पूस्तक भए राम्रो हुने थियो होला भनेर ईछ्या प्रकट गरेपछि उनि र म उपहार खोज्न बर्कलीमा पुग्यौ ! त्यहाँको पुस्तकालयहरुमा रहेका अन्य भाषाका बौद्ध दर्शन सम्बन्धि पुस्तकहरु देखेर म अचम्मित भए अनि कयौ पुस्तकालयहरु छन त्यहाँ बश बौद्ध दर्शन सम्बन्धि मात्र पूस्तक बिबिध भाषामा पाईदोरहेछ तर नेपाली भाषामा होईन ! सबै पुस्तकालयहरुमा घुम्यौ तर नेपालीमा लेखेको पूस्तक त पाउन सकेनौ यो कथा आफ्नै ठाउमा छ तर बौद्ध सम्बन्धि पूस्तक बेच्ने व्यक्तिहरुलाई समेत नेपाल भनेको सुन्दा कुनै अर्थहीन लाग्नु भनेको के होला ? जुन भुमि त्यस्तो पबित्र भुमि हो जहाँ ती महापुरुष जन्मेको थियो कसरी भन्ने ? भन्छन चौराशी हजार थरिका बौद्ध दर्शन पुस्तकहरु छन यस संसारमा, तर नेपालीमा होईन - त्यस पछि मैले साथीलाई उसको अंग्रेजी पूस्तक भित्रबाट कुनै उसैको रुचिको बिषय पढेर सुनाउनु नै मेरो जन्मदिनको उपहार हुनेछ भनेर मैले उसलाई भने पछि उसले आँसुको ढिका झार्दै मलाई पढेर सुनाउदै उसले भनीन ~ जुन देशले बुद्ध जन्मायो आज उसैको सन्तानलाई उसको जन्मदिनको उपहार उसको भाषामा लेखिएको पूस्तक दिन सकिन भनेर दुई हात जोडेर रुदै माफी माग्दै मलाई सहानुभूति दिईन !

यस मानावाजगतलाई दुखबाट मुक्ति दिलाउने मार्गदर्शन दिने " शान्तिका अग्रदुत अहिम्साका प्रतिक" विश्वका ताराको रुपमा स्थापित, भगवान गौतम बुद्ध जन्माउने पबित्र भूमि अरु कोही होईन हाम्रो देश नेपाल हो ! उनि नेपालको राष्ट्रीय बिभूति हो भन्ने सच्चाईले हामीलाई अति गर्व लाग्छ यो राष्ट्रको र हामी सबैको गौरबको क़ुरा हो ! राष्ट्रिय सम्पदाको धनी राष्ट्र, त्यस देशका नागरिक हामी किन गरिब ? सम्पदा हाम्रो गौरब हो, त्यस गौरवको प्रकाशलाई विश्व सामु स्थापित गरी आफ्नो राष्ट्र र राष्ट्रियताको पहिचान गर्ने दायित्व पनि हाम्रै हो भन्ने सच्चाई जब सम्म प्रत्येक नेपालीले मनन गरेर यथार्थमा आउदैन " लंकामा सुन छ, कान मेरो बुज्चो" यस्तै हुन्छ ! भारतको आग्रहमा १६०० शताब्दी औ तिर प्रेमको प्रतीकको रुपमा बनाएको ताजमहललाई भारतले विश्वको सात आश्चर्य जनक बस्तु मध्ये एकमा स्थापित गर्न सफल भै त्यस महल हेर्न भारतमा बर्षेनी ५० लाख पर्यटक भित्राउछंन भने नेपालको लुम्बिनीमा आज भन्दा २५०० बर्ष पहिलेको अवशेषहरु सहित भगवान गौतम बुद्ध जन्मेको सत्य साबित भैसकेको अबश्था छ ! यही सत्य हाम्रो साथमा छ - भगवान बुद्ध कै भनाईमा ~ सत्य, चन्द्र र सुर्य अटल छ ! हामी सब नेपाली काँधमा काँधमा मिलाएर हाम्रो देशका अनमोल सम्पदाहरुलाई विश्व सामु पहिचान गरौ ! बिल ग्रेटको भनाईमा ~ गरिब भएर जन्मनु त्यो तिम्रो भुल होईन, तर गरिबतामा मर्नु अवश्य तिम्रो भुल हुनेछ ! भुल नगरौ हामी पनि " धनी राष्ट्रको धनी नागरिक भएर बाचौ ! "


.

Posted on : May 6, 2012, 12:37 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम
•»म, मेरो देश र मोरक्को
•»दशैं केही पीडादायक सम्झना
•»महिला सताउने महिलाकर्मीका दुई जिब्रे कुरा
•»खाडिका डोरी लाहुरे !
•»हो, हामी छुट्टियौं : मनिषा कोइराला