Wednesday June 19, 2013

“तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. ::::::



मिस नेपाल प्रतियोगितामा हिडेन ट्रेजरको गुन्डागर्दी

नामै हिडेन ट्रेजर!
सायद त्यसैले मिस नेपाल आयोजक यो संस्थाले ओपन र पारदर्शी काम गर्न सकिरहेको छैन। हरेक मिस नेपाल प्रतियोगिता विवाद र रहस्यले खाली छैनन्। यसपालि पनि त्यस्तै भयो।

अन्नपूर्ण होटलको चौरमा बसिरहेका धेरै दर्शकले पहिल्यै सुनेको कुरा झुटो ठहरिएन। मिस नेपालका रूपमा पहिल्यै प्रचारित २३ वर्षीया सुन्दरी सृष्टि श्रेष्ठले 'मिस नेपाल-२०१२' को ताज पहिरिइन्। तर प्रतियोगिताका लागि स्टेजका खम्बा ठोकिँदै गर्दा नै फेसबुकलगायत सामाजिक सञ्जालमा 'मिस नेपाल २०१२' घोषणा भइसकेको थियो । कसैले 'सृष्टि मिस नेपाल हुने कुरा निश्चितजस्तै छ' भन्दै पोस्ट गरे भने कसैले 'आज हो र? अस्ति नै थाहा पाइएको हो' भन्दै पोस्ट गरे। वास्तवमा २१ गते प्रतियोगिता हुनु पहिले नै कुन प्रतियोगीले कुन ताज पाउने फिक्स्ड भइसकेको थियो, सेटिङ भइसकेको थियो। प्रतियोगी नं ३ ले मिस नेपालको ताज जित्दा अस्वाभाविक रूपमा त्यसपछिका प्रतियोगी नं ४ फस्ट रनरअप र ५ सेकेन्ड रनरअप भए।

उसो त सृष्टि बेलायतबाट दह्रो आत्मविश्वास बोकेर आएकी थिइन्। 'मिस कन्पि्कडेन्ट'समेतको टाइटल जितेकी उनी मिस नेपाल बन्नेमा साँच्चै कन्पि्कडेन्ट थिइन्। त्यसको छनक अन्तिम स्पर्धामा पनि देखिन्थ्यो। 'हामीलाई नर्भस पार्न होला पहिल्यै उनी ट्यालेन्ट भएको हल्ला चलाइएको थियो,' एकजना प्रतियोगीले नाम उल्लेख नगर्ने शर्तमा भनिन्। प्रतियोगिता सकिएलगत्तै उनले दिएको अन्तर्वार्ताका क्रममा केही सिक्रेट खोल्दै टप फाइभमा आफू पर्ने कन्फर्म भएको बताएकी थिइन् सृष्टिले। भोलिपल्ट गरिएको पत्रकार सम्मेलनमा पनि उनले मिस नेपाल बनेपछि कसरी स्टेजमा रियाक्ट गर्ने भनेर दिनदिनै प्राक्टिस गर्ने गरेको रहस्य खोलिन्। उनलाई कुन विशेष क्वालिटीले गर्दा मिस नेपाल २०१२ को ताज जितेजस्तो लाग्छ भनी गरिएको प्रश्नमा पनि उनको उत्तर थियो, 'मेरो आत्मविश्वास नै उपाधिका लागि विशेष थियो।'

उनी मिस नेपाल हुने कुरामा आयोजक संस्था झन् ढुक्क थियो। त्यसैले अघिल्ला प्रतियोगितामा झैँ सबै अन्तिम सहभागीलाई सम्झौतापत्र यसपालि हस्ताक्षर गराइएन। उक्त सम्झौतापत्रमा प्रतियोगिता अवधिभर र ताज पहिरिएपछि के गर्ने र के नगर्ने उल्लेख गरिएको हुन्छ।
सृष्टिमा आत्मविश्वास भरपूर हुनुको एउटै कारण थियो। उनलाई मिस नेपालका लागि आयोजक संस्था हिडेन ट्रेजरले नै बोलाएको थियो। दुई वर्षअघिदेखि नै उनलाई अफर गरिए पनि उनले मानेकी थिइनन्। यो कुरा उनका बुबा ईश्वर श्रेष्ठले पनि स्विकारेका छन्। मिस नेपालको आवेदन खुलेर बन्द हुँदासम्म सृष्टि सहभागी हुने कुनै मेलोमेसो थिएन। स्रोतका अनुसार अन्तिम सूचीमा परेका २३ जनाको पृष्ठभूमि पूरै बुझेपछिमात्रै सृष्टिलाई कुनै पनि हालतमा यस वर्षको मिस नेपाल प्रतियोगितामा सहभागी हुन बोलाइएको थियो। फाइनल सूचीमा मात्रै होइन प्रायोजकका सामग्री प्रमोसन (हिरोहोन्डा)का लागि लिइएको तस्बिरमा पनि सृष्टिको अनुहार छैन। हिडेन ट्रेजरका गिरेन्द्र राजवंशीले टप २३ पछि पनि आफूले फाइनलिस्ट निकाल्ने हुँदा सृष्टि त्यसमा समावेश भएको बताएका छन्। तर यसअघि त्यस्तो गरिएको कुनै रेकर्ड उनीसँग छैन। घटनाक्रमले यही देखाउँछ कि सहभागी प्रतियोगीमध्ये कोही पनि आफ्नो अनुकूल हुने संकेत नदेखेपछि सृष्टिलाई सहभागी हुन कर गरिएको थियो। 'ग्रुमिङका बेला उनलाई आयोजकले किन धेरै केयर गर्थे भन्ने बल्ल थाहा भयो,' एक प्रतियोगीले भनिन्।

आवरणमा मिस नेपाल प्रतियोगिता अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा भाग लिने प्लेटफर्म भनिए पनि यसको आन्तरिक कथा अर्कै छ। मिस नेपाल प्रतियोगिता हिडेन ट्रेजरको पैसा छाप्ने मेसिन भएको छ। संस्थाको नामझैँ यसका प्राय सबै काम 'हिडेन' नै छन्।

हिडेन ट्रेजरले टाइटल विजेतालाई एक वर्षसम्म आफ्नो स्वार्थ पूरा गर्न दासीजस्तै काममा जोताउने गरेको छ। मिस नेपाल भइसकेपछि एक वर्ष विजेताले हिडेन ट्रेजरको अनुमतिबिना केही पनि गर्न पाउँदिनन्। मिस नेपालको कमाइको ४० प्रतिशत हिस्सा ट्रेजरले नै कुम्ल्याउने गरेको छ। सम्झौताअनुुसार आम्दानीको ६० प्रतिशत मिस नेपाललाई र ४० प्रतिशत ट्रेजरलाई बुझाउनुपर्छ।

आफैँले खोजेको काममा पनि हिडेनले आफ्नो हिस्सा दाबी गर्छ। मिस नेपालले वर्षदिनसम्म हिडेन ट्रेजरको अनुमतिबिना काठमाडौँ छोड्नसमेत पाउँदैनन्। टाइटल जितेपछि व्यक्तित्व विकासका लागि पाउनुपर्ने सामान्य स्वतन्त्रता पनि मिस नेपालले पाउँदैनन्। पाएका अवसर पनि हिडेन टे्रजरको अनुमति नपाए यत्तिकै गुम्छन्।

मिस नेपालले हिडेन ट्रेजरकोे इशारामा मुस्कुराउनुपर्छ, बोल्नुपर्छ। औपचारिक कार्यक्रममा उसैले छनोट गरिदिएको लुगा लगाउनुपर्छ। उसले बोलाएको ठाउँमा मिस नेपाल जसरी भए पनि पुग्नैपर्छ, प्रायोजकले आयोजना गर्ने भोजभत्तेरमा सो-पिस बनेर ठिङ्ङ उभिनुपर्छ। यस्ता दर्जनौँ बाध्यतामा मिस नेपाल बाँधिएका हुन्छन्। मिस नेपालको कमाइमा आँखा गाड्ने र भाग खोज्ने हिडेन ट्रेजरले उनको स्ट्याटस मेन्टेनका लागि खासै सहयोग हुँदैन। कार्यक्रममा ट्याक्सी चढेर हतारिँदै पुगे पनि उनीहरूले ट्याक्सी खर्चसमेत पाउँदैनन्। यसको उदाहरण आइएनजिओ डब्लुडब्लुएफ पनि हुनसक्छ। किनभने उसले प्रत्येक नयाँ मिस नेपाललाई सद्भावना दूत भन्दै आफ्ना कार्यक्रममा प्रयोग गरिरहेको छ। तर यसबापत उसले हिडेन टे्रजरलाई के-कति बुझाउँछ भन्ने मिस नेपाललाई थाहा हुँदैन। पूर्व मिस नेपाल मलिना जोशीले भनिन्, 'मलाई त डब्लुडब्लुएफले हिडेन ट्रेजरलाई केही दिँदैन होला जस्तो लाग्छ।'

सृष्टिलाई अन्तिम छनोटपछि प्रतियोगितामा नघुसाइएको भए नगमा श्रेष्ठ र शुभेच्छा खड्कामध्ये एक मिस नेपाल हुन्थे। यी दुवैले यो वा त्यो नाममा हिडेन ट्रेजरले गर्ने यस्ता अनावश्यक प्रयोग र शोषणको विरोध गर्थे। किनकि मिस नेपालका प्रबल दाबेदार मानिएका नगमा र शुभेच्छा दुवै सञ्चार क्षेत्रमा कार्यरत छन्। नगमा इमेज टेलिभिजन र शुभेच्छा न्युज टवान्टी फोरमा संलग्न छन्।

उसो त सृष्टि आफैँ पनि कमजोर प्रतियोगी भने होइनन्। चितवनमा जन्मिएर बेलायतमा हुर्किएकी उनी सुन्दर पनि छिन्। केही समयको मोडलिङबाट संगालेको अनुभवले पनि उनी मिस नेपालको पक्का दाबेदार हुन सक्थिन्। तर आयोजकले गरेको जालझेलका कारण उनको ब्रेन र ब्युटीको पनि अवमूल्यन भएको छ।

पैसा कमाउने उद्देश्यले गरिएको प्रतियोगितामा निर्णायक बेन्चमा प्रायोजक नै धेरै थिए। ऋचा शर्मा र सदीक्षा श्रेष्ठबाहेक अरू जज व्यापारिक घराना र आइएनजिओका प्रतिनिधि थिए। कुशकुमार जोशी, पशुपति मुरारका, उपौल मजुम्दारलगायत व्यवसायी र मिस नेपाललाई सद्भावना दूतका रूपमा प्रयोग गरेर हिडेन ट्रेजरलाई दानापानी प्रदान गर्ने डब्लुडब्लुएफकी प्रतिनिधि सिमि्रका शर्मासम्म जज थिए।

दर्शक र प्रतियोगीले धेरै आलोचना ड्रेसको गरेका थिए। किनभने यस वर्षको मिस नेपालको ड्रेस अहिलेसम्मकै झुर भएको फेसनविद्हरू बताउँछन्। नेपालमै राम्रो डिजाइनर भए पनि पैसाका कारण भारतीय डिजाइनरलाई ड्रेस डिजाइन गर्न लगाइएको भन्दै धेरैले आक्रोश पोखेका थिए।
कसलाई मिस नेपाल बनाउने सेटिङ राम्रैसँग मिलाए पनि कार्यक्रमको सेटिङ भने भताभंुग थियो। सुन्दरी प्रतियोगिताको मञ्च यति भद्दा थियो कि धेरै जना मञ्चमा आँखा लगाउने कष्टै नगरी आपसमा जोक गर्दै बसेका थिए। होचो मञ्च र अव्यवस्थित बसाइका कारण हेर्न चाहनेले पनि मञ्चमा आँखा पुर्‍याउन नउठी धरै पाएनन्। त्यसै गरी, साउन्ड सिस्टमको खराबीले कार्यक्रम झन् खल्लो भएको थियो। प्रोग्राम सेड्युल राम्ररी नमिलेको प्रस्टै देखिन्थ्यो। किनभने मञ्चमा बोलाइएका कोरियोग्राफर प्रशान्त ताम्राकार र रचना शर्मा स्टेजको पछाडि अलमलिएका थिए। त्यसैले उनीहरूले बोलाएकै बखत मञ्चमा जाने कष्ट उठाएनन्।

कार्यक्रमको अन्त्यमा अन्नपूर्ण होटलमा जित्नेको हाईहाई भए पनि हार्नेहरूको बिजोग थियो। राती साढे १ बजेमात्रै 'खोसिएका' मोबाइल फिर्ता दिएका कारण आफन्तलाई खबर गर्न नपाएर केही सहभागी अलपत्र परेका थिए। अलपत्र पर्नेमा राजधानी बाहिरका सहभागी थिए। 'प्रतियोगिता हुनु तीन दिनअघिदेखि अन्नपूर्ण होटलमा बसाइएका कारण त्यो दिन पनि आयोजकले व्यवस्था मिलाउँछ भन्ने लागेको थियो, तर वास्तै गरिएन,' अलपत्र परेकी एक प्रतियोगीले भनिन्।

नेपाली 'सौन्दर्य बजार'को डन हो, हिडेन ट्रेजर। मिस नेपाल प्रतियोगितामा उसको गुन्डागर्दी निर्बाध चलिरहेको छ। हिडेन ट्रेजरकै कारण सुन्दरी प्रतियोगिता कुरूप भएको छ। अरू त अरू, मिस नेपालको पुरस्कारको राशि पनि उसले पूरा र समयमै दिँदैन। नयाँ मिस नेपालको शिरमा ताज भिराएको एक हप्ता भइसक्दा पनि पुरानी मिस नेपाल मलिना जोशीले आधा पुरस्कार पाएकी छैनन्। यो थाहा पाएपछि मलिनासँग कुरा गर्दा उनी 'दामका लागि होइन, नामका लागि मिस नेपाल भएको' भन्दै पन्छिइन्। उनले भनिन्, 'उसले (हिडेनट्रेजरले) नाम दिएको छ, दाम आफैँ कमाउने हो।' यसरी मिस नेपालहरू अपमानित, शोषित, पीडित भएर पनि चुँक्क बोल्न सक्दैनन्। किनभने उनीहरूलाई हिडेन ट्रेजरको 'गुन्डागर्दी'ले आफ्नो संभावित करिअर चौपट हुने भय हुन्छ।




.

Posted on : May 14, 2012, 9:59 am

Source :http://www.nagariknews.com/friday/40547-2012-05-10-17-20-59.html


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»अमेरिकामा ग्रीनकार्ड पाउन सकिने आधारहरु।
•»सन्दर्भ वाल श्रम उन्मुलन दिवस २०१३
•»हाम्रो स्वंय सेवकको टोलीले गरेको छलफलमा निकाश आउने आशा लाग्दो छ |
•»साउदीमा आममाफीः अवसर, अज्ञानता र अन्यौल
•»गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम