Wednesday June 19, 2013

“तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. ::::::



यस्तो रहयो दुबई यात्रा -सौरब दाहाल (विश्व साइकल यात्री )

Saurab Dahal (World Tour Cyclist)

by nepalarab युरोप, एसियाको सफल यात्रा पार गर्दै ४४ औँ राष्ट्र यात्रा अन्तर्गत कतारमा यात्रा गर्दै थिए । कतार पछिको अर्को यात्रा मेरो दुबईको थियो । एनआरएन कतारले दुवइमा एनआरएनसँग कुरा गरी भिसाको प्रबन्ध मिलाउदै उहाँले भन्नु भयो– सौरब जी दुवइमा एनआरएनका साथीहरुले तपाइको युएई यात्राको सम्पूर्ण प्रबन्ध मिलाई दिनुभएको छ अनि अलिक चाडै युएई पठाई दिनु भन्नु भएको छ । हो ल हजुर लाई धेरै धेरै धन्यवाद भने । हरेक नयाँ राष्ट्र यात्रामा जानु अघि मैले सो देश कसरी यात्रा गर्ने कहाँ बस्ने, कहाँ खाने मैले सबै तयारी गरेर, नेपाली नभए सो देशकै सोसल अर्गनिजेसन सित सहकार्य गरेर यात्रामा जाने गर्थे म । तर एनआरएनबाट नै सबै मिलाई दिएका छौँ भन्दा त म झन सजिलो भयो भन्दै ढुक्क भए ।

एनआरएन प्रेसिडेन्ट चन्द्र रोकाले फोन गरे– सौरब जी तपाई कहिले हो दुबई आउनु हुने अलिक छिटो आउनुहोला यहाँ शुक्रबार प्रोग्राम छ । हामीले सबै सहयोग गर्नको लागी साथीहरुलाई अनुरोध गरेका छौँ । धन्यवाद भन्दै मैले कतार यात्रालाई बिचैमा छोडेर दुबई पुगे । राती एरपोर्ट मा ३ बजे तिर पुगेर फोन गरे म सौरब दुवइ आइपुगे सर ।ल स्वागत छ दुवईमा अनि एरपोर्ट मैले साथीहरुलाई पठाएको छु लिन भेट्नुभयो । छैन त सर मैले भने । ल त्यहाँ बस्दै गर्नु म आफै लिन आउछु भन्दै फोन राखे केहि बेरमा रोका आइपुगे एरपोर्टमा । ल जाऊ भन्दै एउटा नेपाली दाइको डेरा छेउमा लगेर ल अब त्यहाँ बस्नु होला भन्दै रोका लागे । म पुगेर कोठामा बसे । जसको कोठा हो उनीहरुलाई थाहा नै रहेन छ मलाई बस्न पठाएको भनेर । मेरो बारेमा केही भनेका रहेन छ्न । कोठाका साथीहरुले भने हाम्रोमा एउटा वेड खाली थियो हामीलाई मान्छे पनि चाहिरहेको थियो त्यसैले हुन्छ भनेको हामीले । तर तपाइको बारेमा त भनेको थिएनन । उनिहरुले यसो भन्दा मलाई कस्तो कस्तो लाग्यो मनमा ल ठिकै छ भन्दै बसे बसुन्जेल मैले खान बाहिर होटलमा नै आफै किनेर खान्थे । उनीहरुले मलाई १ दिनपनि सोधेनन खान कहाँ खानु हुन्छ भनेर ।

मलाई मनमा यस्तो लाग्यो कतारमा हुँदा त फोनमा हामीले सबै तयारी गरेका छौँ चाडै आउनु भनेका थिए । तर यहा त खान बस्नको त ठेगान छैन कस्तो तयारी रहेछ जस्तो लाग्यो । यदि मसित पैसा नभएको भए म अलपत्र पर्ने थियो त्यहाँ । आएको ५ दिन हुँदा समेत उनीहरुले कुनै खबर गरेनन । १ दिन फोन गरेर भने कस्तो छ राम्रो छ हैन प्रबन्ध सबै हामीले गरेका हौ ल यात्रा गर्नुस । अब एकदम राम्रो छ नै भने । मैले मेरो फेसबुकको साथीलाई बोलाएर उसको सहयोगमा साइकल लिएर यात्रा गर्न थाले । यतिकै एकदिन मैले खेम नाथ पौडेल (पत्रकार भनिने) लाई फोन गरे खिम जी नमस्कार ल स्वागत छ उनले भने । धन्यवाद । कस्तो छ बसाई उनले सोधे मैले सबैकुरा उनलाई भने यहाँ खान खान समेत टुङ्गो छैन । पुरा तयारी गरेका छौ भन्थे कस्तो तयारी हो यो यात्रा गर्न नै कठिन भयो बरु यस्तो थाहा पाएको भा आफ्नै तरिकाले आउने थिए यहाँको साइकल असोसेसन सहकार्य गरेर आउथे । यहा त अलिक बिचलित भयो । म दुबैको यात्रालाई एउटा अनुभवको रुपमा लिने छु मैले भने । अब यहाँ यस्तै हो उनले भने । केहि दिन पछि मलाई मेलमा एउटा पत्र आयो इएईको प्रोग्राममा अथितिको लागी आउनु पर्यो यहाँ सम्मान पनि गर्छौ । उता पत्रकार भन्ने पौडेल पनि मलाई कल गरेर भने तपाई अबुधाबी जसरी पनि आउनु पर्यो । यहाँ तपाई मै सित बस्नु । उनले भने मैले हुन्छ भने । तर अबुधाबी कसरी जाने होला साइकल चलाएर जाउ भने इकेप्रेस रोड छ साइकल चलाएर जान अनुमति छैन ।

बसमा लिएर जाउ बसले मान्दैन । त्यसैसैले ट्याक्सीमा पुगे अबूधाबीमा उनि लिन आएका रहेछन । ल नेपाली राजदुत आवास जाऊ भन्दै उनले लगे राजदुत सित भेट गरे र उनले मलाई आफ्नु कोठामा लगे भोलि पल्ट आफ्ना सबै साथीलाई परिचय गराए । त्यही दिन मेरो सम्मान प्रोग्राम पनि भयो । केही सहयोग पनि गरे तर मैले मलाई सहयोग गर्नु भन्दै हिडेको थिएन उहाँहरुले आफै गर्नु भयो । भोलि पल्ट कर्नेस गयो साइकल यात्रा गरे । उनका साथीहरु पौडेल पनि गएका थिए म पनि साइकल यात्री भए भन्दै उनका साथिहरुले मेरो साइकलमा फोटो खिचे । उसले भिडियो अन्तरवार्ता पनि गर्यो (अन्तरवार्ता तल रहेको छ) ।



भोली पल्ट फेरी म साइकल लिएर कर्नेस म़ा साइकल रोड भएजति पुरै यात्रा गरे राती पौडेल पनि गाडीमा आए मेरो साइकलको बोर्ड भाचियो मैले पौडेललाई बोर्ड दिए हजुर बोर्ड बोकेर कोठा जानुस म साइकल म़ा नै कोठा आउछु भन्दै म साइकल म़ा कोठा लागे पौडेल गाडीमा लागे यतिकैमा म भोलिपल्ट ट्याक्सीमा नै दुबई फर्के । किनकी तिहा साइकल चलाएर जाने रोड थिएन । बसले साइकल राख्न मान्दैन थियो । दुबईमा पनि सम्मान प्रोग्राम भयो मैले सम्मान प्रोग्राममा जहाँ पनि भन्ने गर्छु मेरो आगामी यात्राको लागि आवश्यक सल्हाहसुझा, सहयोग गर्नु भयो भने त्यो नै सबै भन्दा ठुलो सम्मान हुने छ । दुबईबाट फर्कनु अघि आफुलाई मनमा लागेका कुरा एनआरएन प्रेसिडेन्ट सित मैले निर्धक्क सित भने । पत्रकार पौडेललाई पनि फोन गरेर धन्यवाद भने उनले भने यहा जे जस्तो उनिहरुले गरेपनि पत्र पत्रिकामा अन्तरवार्ता दिँदा दुबईमा धेरै सहयोग पाए भनेर उनीहरुको नाम मिडियामा भन्नु नाम आउदा सबै खुशि हुन्छन पौडेलले भने । मैले हुन्छ भने अनि उनले सबैलाई धन्यवाद भन्नु भन्दै २/४ जनाको नाम पनि सिफारिस गरे । तर मैले नेपाल आएर प्राय सबै पत्र पत्रिका टिभीमा अन्तरवार्ता दिदा उनीहरुको नाम मैले कतै भनिन ।


पौडेलले मेरो यात्राको बारेमा कान्तिपुरको नाम लिदै युएईमा धम्कि दिए । साइकल यात्रालाई मागि खाने भाडो बनायो भन्दै मेरो बारेमा नेगेटिव कुराहरु समेटेर कान्तिपुर कतार लगायत माइसंसारमा लेख प्रकासित गरेछन् । आफ्नै डेरामा सहयोग गर्छु भन्दै लगेर पौडेलले मेरो यात्रा र जिन्दगीमा पछाडीबाट छुरा हाने । तर यो घटनाले मलाई मेरो आगामी यात्राको लागी झन दरिलो प्रेरणा दिएको छ । अहिले मलाई इमेल आउछ साथी धेरैले भन्छन को हो पत्रकार पौडेल जथाभाबी लेख्ने त्यसको हात खुटा भाच्नुपर्थ्यो सौरब जी भन्छन मलाई । पौडेलले मैले साइकल चलाएन धेरै- भनेछ । मेरो उद्देश्य साइकल धेरै चलाएर किलोमीटर बढाउने हैन जसरी पनि मेरो यात्राको सन्देस धेरै प्रभाव गर्ने हो । विश्व साइकल यात्राको सिलसिलामा करिब ४६ राष्ट्रहरुमा धेरै स्वदेशी अनि विदेशी पत्रकार भेटियो तर खेमनाथ पौडेलको जस्तो सानो सोचाई भएको पत्रकार कही भेट्ने मौका मिलेन ।

____________________________________________ Saurab Dahal ( World Tour Cyclist )
Moscat Oman
cyclistdahal@gmail.com.

Posted on : May 23, 2012, 5:58 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»अमेरिकामा ग्रीनकार्ड पाउन सकिने आधारहरु।
•»सन्दर्भ वाल श्रम उन्मुलन दिवस २०१३
•»हाम्रो स्वंय सेवकको टोलीले गरेको छलफलमा निकाश आउने आशा लाग्दो छ |
•»साउदीमा आममाफीः अवसर, अज्ञानता र अन्यौल
•»गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम