Wednesday June 19, 2013

“तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. ::::::



माओवादी फुटले देशको वामपन्थी र कम्युनिस्ट आन्दोलनमा असर

मोहनविक्रम सिंह


अन्ततः माओवादीमा औपचारिकरूपले नै फुट भएको छ । त्यसको देशको कम्युनिष्ट र प्रजातान्त्रिक आन्दोलनमा गम्भीररूपले असर पार्नेछ । सर्वप्रथम ता माओवादीलाई नै त्यसले धेरै क्षति पुराउनेछ । खालि सङ्ख्यात्मकरूपले मात्र त्यो सङ्गठनलाई असर पार्ने छैन, उक्त फुटका कारणले उत्पन्न पारस्परिक प्रतिस्पर्धामा उनीहरूको धेरै शक्ति खर्च हुनेछ र त्यसबाट उनीहरूको सङ्गठन, राजनीतिक प्रभाव र जनाधारलाई पनि धेरै नै क्षति पुग्नेछ ।
औपचारिकरूपले माओवादीमा अहिले फुट भएको छ । तर अनौपचारिकरूपले त्यसभित्र धेरै पहिले नै फुट भएको थियो । “विचार समूहका” रूपमा उनीहरूले धेरै पहिलेदेखि नै बेग्लाबेग्लै समूहका रूपमा काम गरिरहेका थिए । यस सन्दर्भमा यो प्रश्न कम महत्वपूर्ण छैन, उनीहरूमा औपचारिकरूपले फुट पहिले नै नभएर किन अहिले मात्र भयो ? त्यसको कारण स्पष्ट छ । पहिले फुट्दा बैद्य पक्ष (जसलाई यो लेखमा इन्भर्टेड कमाभित्र “माओवादी पक्ष” भनेर उल्लेख गरिने छ) लाई निर्वाचन आयोगको कानूनी व्यवस्थानुसार मान्यता प्राप्त गर्नका लागि संविधानसभा र उनीहरूको केन्द्रीय समितिमा पनि आवश्यक प्रतिशत पुग्दैनथ्यो । त्यसैले त्यो बेला उनीहरूले खालि ‘विचार समूह’ का नाममा बेग्लै आफ्नो गतिविधि सञ्चालन गर्ने काम गरे र अहिले संविधानसभाको विघटनपछि औपचारिकरूपले बेग्लै सङ्गठनको निर्माण गरे ।

यही असार ३ गते ‘वाणी’ एफ.एम. लाई दिएको एउटा अन्तरवार्तामा मैले यो विचार प्रकट गरेको थिएँ ः माओवादीभित्रको फुट नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनको हितमा हुने छैन । त्यसकारण सामान्यतः ‘नेपालको वामपन्थी र प्रजातान्त्रिक र विशेषतः लोकतान्त्रिक संविधानको निर्माणको हितमा त्यो सङ्गठनमा एकता कायम रहनुपर्दछ ।’ निश्चय नै यस सिलसिलामा मैले यो कुरामा पनि जोड दिएको थिएँ ः ‘त्यसप्रकारको एकता २०६२–६३ को आन्दोलनको रक्षा, लोकतान्त्रिक संविधान र गणतन्त्रका हितमा हुनुपर्दछ ।’ वास्तवमा माओवादीमात्र होइन, २०६२–६३ को आन्दोलनका पक्षधर कुनै पनि राजनीतिक शक्तिका बीचको फुटले लोकतन्त्र र अग्रगमन होइन, प्रतिगमनलाई नै मद्दत पुग्नेछ ।

“माओवादी पक्ष” ले संस्थापन पक्ष नवसंशोधनवादको बाटो समातेकाले त्यसबाट आफ्नो सङ्गठनलाई बचाउन र क्रान्तिकारी चरित्र बचाउन नयाँ सङ्गठनको निर्माण आवश्यक भएको बताएर फुटको औचित्यतालाई सही सावित गर्ने प्रयत्न गर्दैछन् । त्यसको संस्थापन पक्षले नवसंशोधनवादको बाटो लिएको कुरा सत्य हो । वास्तवमा त्यो सङ्गठनको वैचारिकरूपमा मात्र होइन, उनीहरूको चरित्र र कार्यशैलीमा समेत माक्र्सवादी–लेनिनवादी मान्यताहरूबाट धेरै नै पतन भइसकेको छ । त्यो अवस्थामा त्यसको माक्र्सवादी–लेनिनवादी वा क्रान्तिकारी चरित्रको रक्षाका लागि त्यसभित्र सशक्त र निर्णयात्मक प्रकारको सङ्घर्षको आवश्यकता थियो । अहिले “माओवादी पक्ष” ले संस्थापन पक्षका विरूद्ध गरेको सङ्घर्षलाई नकारात्मक रूपले सही मान्न सकिन्छ । तर त्यसप्रकारको सङ्घर्षमा उनीहरूको कमजोरी र समस्या के हो भने उनीहरूले संस्थापन पक्षको विरूद्धको सङ्घर्ष वा फुट पनि सही माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि आधारित छैन । त्यसकारण उनीहरूको सङ्घर्षले उनीहरूको सङ्गठनभित्र देखा परेको नवसंशोधनवादको समस्यालाई हल गर्दैन र त्यसरी त्यो सङ्गठनमा भएको फुटले नयाँ क्रान्तिकारी र माक्र्सवादी–लेनिनवादी पार्टीको गठन गर्न मद्दत नगर्ने कुरा प्रष्ट छ । एकातिर, उनीहरूभित्र पहिलेदेखि घर जमाएको उग्र“वामपन्थी” चिन्तन, वस्तुस्थितिको ख्याल नगरिकन तात्कालिक राजनीतिक लाइन निर्धारित गर्ने पद्धति, उनीहरूमा घर जमाएको जातिवादी र क्षेत्रीयतावादी दृष्टिकोणसमेतका कारणले उनीहरूले सही क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गर्न सक्ने सम्भावना कमै देखिन्छ । अर्का शब्दमा, त्यो फुटले क्रान्तिकारी पार्टीको निर्माणमा होइन, त्यो सङ्गठनलाई पुनः नयाँप्रकारले एक वा अर्कोप्रकारको अवसरवाद वा भडकावमा लैजानेछ ।

माओवादीभित्र भएको फुटका सन्दर्भमा सर्वप्रथम तात्कालिक राजनीतिक महत्वको एउटा पक्षबारे केही विचार गर्नुपर्ने आवश्यकता छ । यो कुनै लुकेको कुरा होइन कि “माओवादी पक्ष” स्पष्टरूपले लोकतानित्रक संविधान र गणतन्त्रको पक्षमा छैन । उनीहरूले संस्थापन पक्षलाई उक्त प्रश्नहरूलाई गल्तीको रूपमा स्वीकार गर्न र आत्मालोचना गर्न प्रस्ताव राखेका थिए । उक्त प्रश्नहरूमा सहमति हुन सकेन । अन्तमा त्यही फुटको कारण बन्यो । उनीहरूको त्यसप्रकारका दृष्टिकोणले बताउँछ, उनीहरूको वास्तविक मतभेद २०६२–६३ को आन्दोलन, त्यसका उपलब्धिहरू, संविधानसभाको चुनाव, जसभित्र राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनासमेतसित छ । निश्चय नै उनीहरूले उक्त सबै कुराहरू उच्च क्रान्तिकारी कुराहरूका आधारमा गरिरहेका छन्, तैपनि ती कुराबाट यो कुरामा कुनै अन्तर आउन्न कि मूलरूपमा उनीहरू २०६२–६३ को आन्दोलन, त्यसका उपलब्धिहरू, लोकतान्त्रिक संविधान र गणतन्त्रसमेतका विरूद्ध छन् । उनीहरूले जुन उच्च र क्रान्तिकारी कुराहरू गरे पनि तिनीहरूको फुटको मूल्याङ्कन इतिहासले २०६२–६३ को आन्दोलनसम्बन्धी उनीहरूको नकारात्मक दृष्टिकोणको कसीमा नै गर्नेछ । डा. केशरजङ्ग रायमाझीले आफ्नो विचारहरूका पक्षमा कैयौँ तर्कहरू दिएका थिए । तर इतिहासले उनको मूल्याङ्कन गणतन्त्रको विरोध गरेर वैधानिक राजतन्त्रको पक्षमा, जो पछि निरङ्कुश राजतन्त्रको पक्षमा पनि देखा परे, देखा परेका विचारहरूका आधारमा नै गरिरहेको छ ।

संस्थापन पक्ष र स्वयं डा. बाबुराम भट्टराईसित पनि हाम्रा गम्भीरप्रकारका मतभेदहरू छन् । तर शान्ति, संविधान र गणतन्त्रको प्रश्नमा संस्थापन पक्षले लिएको अडान तुलनात्मकरूपले बढी सकारात्मक रहेको कुरा हामीले स्पष्ट गर्दै आएका थियौँ । उनीहरूको जातिवादी र उनीहरूमा रहेको उग्र“वामपन्थी” चिन्तनको अवशेषसमेतका कारणले संविधानको निर्माणमा नभइकन संविधानसभाको विघटन भयो । अहिले पनि उनीहरूको दृष्टिकोण बढी अधिनायकवादी रूपमा देखा पर्दैछ । तर त्यो कुरा जे भए पनि उक्त प्रश्नमा संस्थापन पक्षको दृष्टिकोण बढी सकारात्मक रहेको कुरा हामीले बारम्बार स्पष्ट गर्दै आएका छौँ । उनीहरूको सङ्गठनले पहिलदेखि अपनाउँदै आएको उग्र“वामपन्थी” र राजापरस्त लाइनमा सुधार गरेर उनीहरूमा शान्तिपूर्ण आन्दोलन, बहुदलीय व्यवस्था र गणतन्त्रसमेतका पक्षमा भएको कुरालाई हामीले समर्थन गरेका थियौँ । तर त्यसको अर्थ अहिले उनीहरूले जसरी कामचलाउ सरकारलाई कार्यकारी अधिकारसम्पन्न सरकारको रूपमा निरन्तरता दिने, त्यसका मातहतमा निर्वाचन सम्पन्न गराउने, बजेट र अध्यादेशहरूसमेत जारी गर्ने कामहरू गरिरहेका छन्, ती सबैलाई हामीले समर्थन गर्दछौँ भन्ने होइन । उनीहरूको त्यसप्रकारको कार्यप्रणालीबाट देशमा अधिनायकवादी दिशामा जाने खतरा उत्पन्न भएको छ । त्यो स्थितिमा सुधार वा नियन्त्रण नभएमा शायद त्यसले झन् अन्यौलतामा लैजानुको कुनै विकल्प रहने छैन ।

“माओवादी पक्ष” को नीयत जे भए पनि उनीहरूले अपनाएको राजनीतिक लाइनले प्रतिगमनलाई नै मद्दत पुग्ने कुरा प्रष्ट छ । त्यसरी उनीहरूको राजनैतिक लाइनले क्रान्तिको नाममा प्रतिगमनको नै सेवा गर्नेछ । अहिलेको उनीहरूको फुटको पहिलो तात्कालिक राजनीतिक परिणाम त्यही हुनेछ । त्यसैले जुनप्रकारको राजनीतिक सोचाइका आधारमा उनीहरूले फुटको बाटो समातेका छन्, त्यसबाट क्रान्तिलाई होइन, प्रतिक्रान्तिलाई नै मद्दत पुग्नेछ । जातिवादी र क्षेत्रीयतावादीको प्रश्नमा ता उनीहरू संस्थापन पक्षभन्दा अगाडि छन् । त्यसप्रकारको सोचाइ माक्र्सवादी–लेनिनवादी चिन्तन वा वर्गसङ्घर्षको सिद्धान्तका विरूद्ध छ । उनीहरूले उत्पीडित वर्ग, लिङ्ग, क्षेत्रको हितमा नै जातिवाद र क्षेत्रीयतावादलाई अपनाएको बताएका छन् । तर जातिवाद र क्षेत्रीयतावादले शोषित, उत्पीडित जनतालाई जातीयता र क्षेत्रीयताका कै आधारमा विभाजित गर्दछ । त्यसरी वर्गसङ्घर्ष तथा सामन्ती व्यवस्थाका विरूद्धको सङ्घर्षलाई कमजोर पार्दछ । त्यसको परिणाम यो हुनेछ, उनीहरूका जातिवाद र क्षेत्रीयतावादको नीतिहरूले शोषित, उत्पीडित वर्ग, जाति, लिङ्ग वा क्षेत्रमाथिका शोषण, उत्पीडन वा भेदभावलाई कमजोर पार्नेछैन, तर यथावत राख्नेछ वा अरू बढाउनेछ । त्यसरी क्रान्तिको नाममा उनीहरू यथास्थितिवाद वा प्रतिगमनको बाटोमा जान लागेको कुरा वास्तविकता हो ।

माओवादीहरूको फुटका पछाडि ‘रिम’ को पनि महत्वपूर्ण भूमिका रहेको छ । पहिले रिमले ने.क.पा. (मसाल) का विरूद्ध एकताकेन्द्रलाई उपयाग गर्ने नीति लिएको थियो, जो पछि माओवादी सङ्गठनमा बदलियो । माओवादीलाई उग्र“वामपन्थी” दिशामा उत्प्रेरित गर्ने दिशामा पनि त्यसको महत्वपूर्ण भूमिका रहेको थियो । पछि उनीहरूले “माओवादी पक्ष” लाई शान्ति, लोकतान्त्रिक संविधान वा गणतन्त्रको विरूद्ध लैजान उनीहरूले पठाएको पत्रहरू सार्वजनिकरूपले नै प्रकाशित भएका थिए । अहिले उनीहरूको शान्ति, संविधान र गणतन्त्रको अडानका विरूद्धको नीतिका पछाडि पनि ‘रिम’ को महत्वपूर्ण भूमिका रहेको कुरा बुझ्न गाह्रो पर्दैन । रिमको दृष्टिकोण मूलरूपमा अराजकतावादी छ । त्यसप्रकारको दृष्टिकोण नै उग्र“वामपन्थी” दृष्टिकोणको श्रोत हो । त्यही दृष्टिकोण अहिले “माओवादी पक्ष” को सैद्धान्तिक आधार बनेको छ ।

प्रश्न यो छ ः अहिलेको फुटपछि “माओवादी पक्ष” ले कुनप्रकारको कार्यदिशा समात्नेछ ? यो प्रष्ट छ, सशस्त्र सङ्घर्ष वा उग्र“वामपन्थी” दिशा अहिलेको वस्तुस्थितिका विरूद्धको कुरा हुनेछ । उनीहरूले जनविद्रोहको कुरा गरिरहेका छन् । तर उनीहरूको त्यो कार्यदिशाको उद्देश्य लोकतान्त्रिक संविधान वा गणतन्त्रको विरोध गर्नमा नै बढी केन्द्रित छ । चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्रको निर्णयलाई रणनैतिक रूप दिने संस्थापन पक्षको प्रयत्नलाई उनीहरूले नवसंशोधनवाद बताएको कुराप्रति हाम्रो समर्थन छ । त्यसलाई रणनीतिक रूप दिनु सही होइन । तर कार्यनैतिकरूपमा पनि त्यसलाई अस्वीकार गर्नु “वामपन्थी” सङ्कीर्णतावादी सोचाइ हो र त्यसलाई हामीले गलत मान्दछौँ । त्यसप्रकारको सोचाइका कारणले २०६२–६३ को उपलब्धिहरूको रक्षा, शान्ति, लोकतान्त्रिक संविधान वा गणतन्त्रको पक्षमा काम गर्नु उनीहरूकै घोषित नीतिका कारणले सम्भव छैन । त्यो अवस्थामा उनीहरूको नीति वा कार्यदिशा के हुनेछ ? त्यसबारे उनीहरूले तत्काल कुनै स्पष्ट र ठोस कार्यदिशा लिन सक्ने देखिन्न । त्यो अवस्थामा नकारात्मकरूपले शान्ति, लोकतान्त्रिक संविधान र गणतन्त्रको पक्षबाट पनि देशको राजनीतिमा कुनै सकारात्मक भूमिका खेल्न सक्ने सम्भावना कमै छ । अहिले उनीहरूले बाहिर ल्याएका नीतिहरूबाट त्यस्तो कुनै सम्भावना देखिन्न । त्यसरी आप्mना नीतिद्वारा एकातिर, उनीहरूले क्रान्ति, लोकतान्त्रिक संविधान र गणतन्त्रको पक्षलाई कमजोर पारेर प्रतिगमनको सेवा गर्दैछन् भने अर्कातिर, आफ्नो नयाँ ढङ्गको सङ्गठनलाई पनि कुनै नयाँ दिशा वा निर्देशन दिन सकेका छैनन् । त्यसरी उनीहरूको सङ्गठन पुनः नयाँप्रकारले राजनैतिक र व्यावहारिक भूमरीमा फसेको छ । त्यसबाट देश र जनतालाई काफी नोक्सान पुग्नुका साथै स्वयं उनीहरूको सङ्गठनलाई पनि धेरै नै क्षति पुग्ने कुरा अवश्यंभावी छ ।.

Posted on : June 20, 2012, 8:00 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»अमेरिकामा ग्रीनकार्ड पाउन सकिने आधारहरु।
•»सन्दर्भ वाल श्रम उन्मुलन दिवस २०१३
•»हाम्रो स्वंय सेवकको टोलीले गरेको छलफलमा निकाश आउने आशा लाग्दो छ |
•»साउदीमा आममाफीः अवसर, अज्ञानता र अन्यौल
•»गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम