Friday May 24, 2013

साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. :::::: नाई संघले कपाल र दाह्रीको ज्याला वढायो. ::::::



“एक मधेश, एक प्रदेश” हाम्रो नारा होइन –रूकेश शाह, अध्यक्ष, मिथिला एकता समाज, साउदी अरब

डमर यादव / नरेन्द्र शाह

साउदी अरबमा कार्यरत मैथिलीभाषी, मिथिलाबासी र मिथिलाप्रेमी नेपाली कामदारहरूको एक बिशेष भेलाले १३ जुलाई २०१२मा रियादमा ‘मिथिला एकता समाज’को बिधिवत स्थापना गरेका छन । साउदी अरबका लागि नेपाली राजदूत उदय राज पाण्डेयज्युको प्रमुखआतिथ्यतामा ‘भानुजयन्ति’को शुभदिनमा सिराहा निवासी रूकेश कुमार शाहको अध्यक्षतामा यस एकता समाजको संस्थापक कार्य समितिको घोषणा गरियो ।

कार्यक्रमलाई दुई चरणमा बांडिएको थियो, पहिलो चरण यही मिथिला एकता समाज साउदी अरबको उद्घाटन समारोहको थियो भने दोस्रोमा स्थानिय सृजना सांस्कृतिक समुहका कलाकारहरूका सांगितिक प्रस्तुतिहरू रहेका थिए । पहिलो चरणमै मिथिलाभाषी कलाकारहरूद्वारा प्रस्तुत गरिएको मिथिला संस्कृतिको द्योतक एक बिशेष धार्मिक भजन कृतनले हलमा उपस्थित सहभागीहरूलाई मुग्ध पार्दै एकै क्षणका लागि भए पनि नेपालको मिथिलाञ्चल (जनकपुर) पुर्याएको अनुभूति गराएको थियो ।

निर बहादुर सुनुवारले सञ्चालन गर्नुभएको यस उदघाटन समारोह सुनिल कुमार गुप्ताको स्वागत मन्तब्यबाट शुरूभएको थियो । आफ्नो मन्तब्य दिनुहुंदै दमाम देखि पुग्नुभएका मिथिलाबासी तथा एनआरएनए एनसिसी साउदी अरबका नरेन्द्र शाह, डमर यादव र नारायण पासवानले साउदी अरबमा मिथिला एकता समाज स्थापना भएकोमा खुशी ब्यक्त गर्दै यस समाजले मिथिला संस्कृति र सभ्यताको जगेर्ना गर्दै मिथिलाबासी नेपाली कामदारहरूको उद्धार तथा कल्याणकारी कार्यहरूमा बिशेष ध्यानपुर्याओस भन्नुभयो ।

एनआरएनए साउदी अरबका अध्यक्ष धरम के.सी.ले मुलुक अहिले संघियताको गृह कलहमा फसेर राष्ट्र र राष्ट्रियता नै कमजोर हुंदै गर्दा नेपालको धेरै ठाउंमा सिमाना मिचिएका छन, सगरमाथालाई नै खोस्न खोजिदैछ, बुद्ध(लुम्बिनी)लाई लुट्न खोजिदै छ, भारतले ‘हाम्रो हो’ भन्दै छ, यसैले मिथिलालाई पनि यदि हामी सबैले संरक्षण नगर्ने हो भने कुनै दिन अरू कसैले ‘मिथिला हाम्रो हो’ भनिदिनसक्ने भएकाले सबै नेपालीहरू नेपालका सबै भाषा, संस्कृति र सम्पदाको संरक्षणमा जुट्नुपर्ने बताउनुभयो ।

मन्तब्यकै क्रममा अर्का वक्ता समाजसेवी दिलचन बुढामगरले मिथिला नेपालकै हिस्सा हो तर यो ओझेलमा परेकाले माथि उठाउन जरूरी छ भन्नुभयो । त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ साउदी अरबका अध्यक्ष हुम सुनारी मगरले ‘मिथिला छ, नेपाल छ, मिथिला छैन, नेपाल छैन’ भन्दै नेपाली दूतावासले यस समाजलाई यथोचित मान्यता दिदै सामाजिक सहकार्य गरोस भन्नुभयो । मिथिला समाजका सचिव निरज रायले पनि आफ्नो धारणा राख्दै यस समाजका प्रति अहिले देखिएको आम सदभाव र सौहार्दता यस संघले सही काम गर्न नसकि गलत बाटो लागेमा बिरोधमा परिणत पनि हुनसक्छ भन्नेमा हामी सजग छौं, त्यसैले जनअपेक्षा मुताविक नै चल्नेछौं भन्नुभयो ।

अर्का वक्ता नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबका उपाध्यक्ष डोर बहादुर कार्कीले मिथिला एकता समाजको स्थापना हुनु राम्रो हो, समाजको हितमा काम गरोस भन्दै आफ्नो शुभ कामना दिनुभयो भने चितवन समाजका अध्यक्ष तथा नेपाल साउदी सम्पर्क मञ्चका संस्थापक पर्शुराम मिश्रले आंफूले हाल सगरमाथा रेष्टुरेण्ट, सगरमाथा कार्गो र सगरमाथा ट्राभल्स समेत चलाएको हुंदा आफ्नो सेवा र सुविधा लिन सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रमका अन्तिम वक्ता प्रमुख अतिथी महामहिम राजदूत उदयराज पाण्डेयज्युले यो संस्थाको स्थापनापश्चात अब मिथिलाबासी कामदारहरूलाई दूतावासको सेवा पुर्याउन सजिलो हुने अपेक्षा राखेको जनाउंदै दूतावासले सबै नेपालीहरू र तिनका संघ संस्थाहरूलाई समेत समान नजरले हेर्ने र समान ब्यवहार गर्दै आएको बताउनुभयो । कसैले बिशिष्टता या ठूलो सानोको अपेक्षा राख्छ भने पहिला त्यसका आधारहरूबारे छलफल गर्नुपर्ने र बिशिष्टता दिनैपर्दा प्रबासमा एनआरएनएलाई दिनुपर्छ किनकि हाम्रो परराष्ट्र मन्त्रालयमै २ जना अधिकृत सहित ‘एनआरएन डेस्क’ राखिएको छ भन्नुभयो । वहांको अर्को भनाई थियो – संघियताको मोडल खोज्न हाम्रा नेताहरू कहिले भारत त कहिले युरोप जाने गरेको देखिएकोले हामी आखिर को बाट सञ्चालित छौं भन्ने प्रश्न जन्मिएको छ ।

अन्तमा कार्यक्रमको समापन गर्दै सभापति रूकेश कुमार शाहले “‘एक मधेश एक प्रदेश’ हाम्रो नारा होइन”, हामीलाई त सिंगो नेपालकै औधी माया छ, हामि बिशुद्ध नेपाली हौं र नेपाली नै भएर बांचिरहन चाहन्छौं भन्दै बरू आंफूले साउदी अरबमा गोरा जति नेपाली सबैलाई कि त फिलिपिनो कि इन्डोनेशियन भनिदिने अनि हामी काला जति नेपालीलाई इण्डियन या बंगलादेशी भनिदिने गरेको देखेर नेपालको पहिचान नै नरहेको गम्भीर हिनताबोधले पिल्सिने गरेको खुलासा गर्नुभयो । यसैले गोरा हुन या काला हामी सबै नेपाली हौं भनेर बिश्व सामु नेपालीको पहिचान सहित चिन्हाउन अति जरूरी भैसकेको धारणा ब्यक्त गर्दै बिगत ४ बर्षदेखि यो मिथिला एकता समाज स्थापना गर्ने आफ्नो धोको (सपना) आजको यो शुभदिनमा साकार भएको हुंदा आंफू उत्साहित बनेको भन्दै सहभागी तथा अतिथीगण सबैप्रति बिशेष धन्यवाद तथा आभार प्रकट गर्नुभयो ।

रूकेस कुमार शाहको नेतृत्वमा गठित यस मिथिला एकता समाज साउदी अरबको संस्थापक कार्य समितिमा उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्षमा क्रमशः नवल किशोर मण्डल, निरज राय, मनोज कुमार शाह, चन्द्रशेखर झा, अनिल गिरी रहनुभएको छ भने सदस्यहरूमा सुजित कुमार शाह, बिजय कुमार महतो, डिल्ली लिम्बु, कुल बहादुर श्रेष्ठ, तुनई महतो हुनुहुन्छ । त्यसैगरी श्रवण शाह, सुनिल प्रसाद गुप्ता, निर बहादुर सुनुवार, नागेन्द्र यादव र भोला यादवलाई समाजको सल्लाहकारमा राखिएको छ ।

यस कार्यक्रममा अतिथीका रूपमा नेपाली दूतावास रियादका नियोग उप प्रमुख हरिश्चन्द्र घिमिरे, श्रम सहचारी चण्डेश्वर आचार्य, काउन्सेलर सुदिप भटराइ र एनआरएनए साउदी अरबबाट प्रतिनिधित्व गर्नुहुने आइसिसी सदस्य तथा आइएमइ साउदी अरबका कन्ट्रि म्यानेजर राजु पैाडेल पनि सहभागी रहनुभएको थियो ।.

Posted on : July 15, 2012, 6:25 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम
•»म, मेरो देश र मोरक्को
•»दशैं केही पीडादायक सम्झना
•»महिला सताउने महिलाकर्मीका दुई जिब्रे कुरा
•»खाडिका डोरी लाहुरे !
•»हो, हामी छुट्टियौं : मनिषा कोइराला