Sunday May 26, 2013

एनसीसी कुवेतको तेश्रो अधिबेसन असफल “काही नभएको जात्रा हाडी गाउमा”. :::::: झारफुक गरि निको पार्ने नाउँमा वालकको ज्यान लिने पशुपती बाबा पक्राउ. :::::: साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . ::::::



मैले देखेको नेपाल

आयुमी फुकाइ हिराचन

म नेपालीको छोरी भएर पनि जापान मै जन्मिए हुर्किए । पढाइ पनि जापानमै सकियो र काम पनि उतै गर्दैछु । म नेपालीकी छोरी हुं तर मेरो रहन सहन जापानिज नै छ । मेरो नेपाली भाषा त्यति राम्रो छैन । मलाइ नेपाल धेरै मन पर्छ । समय मिलाएर म नेपाल आइरहन्छु । नेपाल आउँदा यहाँका रमाईला ठाउँहरु घुम्न जान मन गर्छु । नेपाली साथीभाइलाइ भेट्ने काम गर्छु ।

आज भन्दा पाँच छ वर्ष अघि नेपाली भाषा सिक्नको लागि नेपालमा मेरो बसाइ लगातार डेढ वर्ष जति भएको थियो । नेपालको राम्रो क्याम्पस मध्य विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढेको थिएँ । त्यहाँ पढ्दा राम्रो विचार भएको नेपाली साथीहरु पाएँ । डेढ वर्षको मेरो नेपाल बसाईमा एउटा रमाइलो अनुभव के रह्यो भने नेपाली सँस्कृति चालचलन सिक्न र बुझ्नको लागि नै मैले सोह«खुट्टेमा एउटा कोठा लिएर बसेको थिएँ । त्यहीबाट आफ्नो कलेज (विश्वभाषा) जाने आउने गर्थेँ । त्यही क्रममा मेरो कोठा नजिकै एउटा दिदीले तरकारी बेच्नुहुन्थ्यो । म उहाँकै तरकारी पसलबाट सधै तरकारी किन्ने गर्थें । हाम्रो चिनजान नजिकिदै जाँदा ती दिदीले मलाई प्रायः सधैजसो मैले किन्ने गरेको तरकारीमाथि अलिकति बढि सित्तैमा राखिदिनुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । जापानमा त यस्तो मन भएको मानिस पाउन पनि सकिदैनथियो । यहाँको नेपालीको मन साह्रै राम्रो । एक आपसमा सहयोगको भावना हुने । ‘तिमीलाइ अप्ठ्यारो परेको छ ? भनेर सधै सोध्ने पवित्र मनले मलाइ नेपालीप्रति सधै सिर झुकाउँछ । नेपाल प्रति मेरो केही दायित्व सहयोग हुनु पर्छ भन्ने भावनाले गर्दा मेरो बुवा (देवमान हिराचन)को संस्था एसोडेकमा सहयोग गरिरहेकोछु । गाउँ गाउँका गरिव बालबालिकाको लागि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको एसोडेकले विभिन्न जिल्लामा गरि सत्रवटा स्कुल बनाइ दिएकोछ । जसमा मैले पनि मेरो कमाइबाट केही रकम एसोडेक मार्फत गाउँका गरिव बच्चाहरुलाई छुट्याएर सहयोग गर्दै आएकोछु । त्यस्तै प्रवासी नेपालीहरुले स्थापना गर्नु भएको ग्लोवल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीमा पचास लाखको सेयर राखेकोछु जसले गर्दा नेपालको आर्थिक क्षेत्रमा केही सहयोग पुग्न सकोस् । अझ मेरो पहल के रहनेछ भने जापानमा रहेका मेरा जापानिज साथीहरुलाई नेपालमा लगानी लगाउन पे्ररित गर्नेछु । हिमाल, पहाड, तराइ र विभिन्न चराचुरुङ्गी, रङ्गीविरङ्गी फूल, विभिन्न जातजाति भएको हाम्रो देश नेपाल साँच्चै नै गौरव गर्न लायक छ । खाने कुराका अनेक परिकार देखि जातैपिच्छेका भेषभुषाले पनि जो कोहीलाई आकर्षित गर्नु स्वभाविकै हो । जापान बाहेक म विभिन्न अन्य केही मुलुकमा पुगेकोछु जहाँ आफ्नोपन, हाँसो ठट्टा, रमाइलो कहिल्यै देख्न पाइदैन । झन जापानमा त त्यस्तो पटक्कै छैन । कोही साँचो जीवन जिउन चाहान्छौ भने नेपालमा जाऊ भनेर पनि मैले जापानिज केही साथीहरुलाइ बेलाबेलामा भन्ने गरेकोछु ।

म अनलाइनमा समाचार पढ्दाखेरि होस् या मेरो बुवा (देवमान हिसाचन)ले भने अनुसार र मेरो नेपाल आउजाउको क्रममा मैले के पाएँ भने जापानिजहरु आफ्नो देशको लागि काम गर्छन् तर नेपालमा नेपालीहरु आाफ्नो लागि मात्र काम गर्छन् देशको लागि होइन । हाम्रो देशको विकास नहुनुमा यो पनि मुख्य कारण हो जस्तो मलाइ लाग्छ । जापानिजहरु पहिला देशको विकास अनि मात्र आफ्नो भन्ने सोचाइ राख्छन् तर मैले नेपालमा त्यस्तो पाइँन । मलाइ नेपालको विग्रदो राजनिति अवस्था देखेर चिन्ता लाग्छ । मेरो बुवाले नेपालको सबै कुराको बारेमा जानकारी गराइरहनु हुन्छ । सुदुरपूर्व देखि सुदुरपश्चिमका बालबालिकाहरुले पढ्न पाएका छैनन्, राम्रो औषधि उपचार पाएका छैनन् । त्यसैले पनि बेलाबेलामा झाडापखालाको महामारीले गर्दा कयौंले ज्यान गुमाउनु परेको घटना सबैलाई थाह भएकै कुरा हो । नेपाल सरकारले त्यस्तो गम्भिर समस्यालाई महत्वका साथ हेरेको जस्तो मलाई लाग्दैन । उदाहारण लिन सकिन्छ, भरखरै नेपाल सरकारले पास गरेको बजेट मैले इन्टरनेटमा सर्च गरेर हेरेको थिएँ , त्यस बजेटमा पिछडिएका जिल्ला र वर्गलाई विषेश छुट्याउनु पर्नेमा त्यो मैले पाउन सकिन ।


त्यसैले मैले के भन्न खोजेको हो भने म जापानमा बसेर यहाँ नेपालमा विभिन्न क्षेत्रमा गरेको लगानीबाट आएको पैसाले नेपालका गरिव केटाकेटीहरुलाई शिक्षा , अपाङ्ग, अनाथ, वृद्धाहरुलाइ सहयोग गर्न चाहान्छु । त्यो मेरो ठूलो सपना हो । हामी धर्मको नाउँमा भगवान खोज्न मन्दिर पुग्छौ, तर ती अनाथ अपाङ्ग नै हाम्रा लागि भगवान हुन् । हामीले चिन्न नसकेको मात्र हो । हामीले भोकालाई खान दियौं भने मात्र त्यो खानेकुराको वास्तविक स्वादको महत्व हुन्छ । अघाएको मान्छेको लागि खानाको स्वाद पनि हुदैन र महत्व पनि हुँदैन । म नेपालप्रति सधै सहयोग गर्न र मेरा शिपहरु नेपालका विभिन्न ग्रामिण भेगमा गएर सिकाउन चाहान्छु । म सधै नेपाल र नेपालीको साथमा रहन चाहान्छु । .

Posted on : July 25, 2012, 5:21 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम
•»म, मेरो देश र मोरक्को
•»दशैं केही पीडादायक सम्झना
•»महिला सताउने महिलाकर्मीका दुई जिब्रे कुरा
•»खाडिका डोरी लाहुरे !
•»हो, हामी छुट्टियौं : मनिषा कोइराला