Thursday June 20, 2013

कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. ::::::



मन्दिरभित्र शिष्ट भगवान बाहिर अश्लील टुँडाल

अनिल पाण्डे

नेपाली मात्रका लागि मन्दिरका भगवान भनेका यसको पहिचान हो । जसरी मन्दिरभित्र विराजमान भगवान धर्मभिरु हरेक व्यक्तिका लागि स्तुत्य हुन्छन्, त्यसरी नै नेपालीका लागि आप्mनो संस्कृति, कला, भौगोलिक पहिचान र बुद्ध, भृकुटी, यलम्बर, पृथ्वीनारायण, बिसे नगर्चीआदि महापुरुषका नामले नेपालीलाई गौरवानुभूति दिलाउँछ ।

साँचो नेपाली तामाङ सेलो र सोरठी नाचमा उत्तिकै रमाउँछ, तराईको झिझियामा जसरी पुलकित हुन्छ त्यसरी नै धाननाचमा धन्य हुन्छ । देउडामा दिल खोलेर रमाउँछ भने काँठेभाकामा कण्ठमिलाउन तम्सिन्छ । आपूmलाई ‘नेपाली’ भनेर चिनाउन मन पराउने देउवा होस् दनाई, राई होस् वा भट्टराई कहिल्यै पक्षपातको आँखाले नेपालका कुनै संस्कृतिलाई हेर्दैन । यस्तै भावनाको कुनै नेपालीलाई कसैले आएर भन्छ– आपूmलाई नेपाली नभन्, नयाँ नेपालमा नेपाली भन्न मनाही छ । त्यसबेला तपाईंको अगाडिको संसार निस्पट्ट अँध्यारो भएर डिभीडी चक्का सिडीरोममा घुमेझैं बेतोडले घुम्छ कि घुम्दैन ?

‘नेपाली नागरिकलाई कसैले नेपाली नभन् भन्छ भने त्यो सैह्य हुँदैन’ सायद प्रिय पाठकहरु यसै भन्दै हुनुहुन्छ । तपाईंको नेपाली मन स्वाभाविक रुपमा यही अडानका साथ उभिन्छ । जस्तो अनिल पाण्डेको मन उभिएको छ ।

हालैको सन्दर्भ हो, क्यालिफोर्नियाको खासगरी बे–एरियामा विगत एक दशकदेखि स्थापित मदरल्याण्ड नेपाल नामक सामाजिक संख्थाले एक प्रेस विज्ञप्ति प्रकाशित ग¥यो । अंग्रेजीमा प्रकाशित त्यस विज्ञप्तिको सार–संक्षेप यस प्रकार रहेको थियो–
मदरल्याण्ड नेपालले सान जोसे स्टेट युनिभर्सिटीको कार्यक्रममा सरिक भएर नेपाल दिवस मनाउने निर्णय गरेको छ । आगामी १९ सेप्टेम्बर २०१२ मा नेपाली बहुसांस्कृतिक परिचयका साथ सो दिवस मनाइनेछ ।

सान जोसे युनिभर्सिटीले अन्तर्राष्ट्रिय सांस्कृतिक दिवस मनाउने क्रममा नेपाललाई छानेको र नेपाली संस्कृति प्रदर्शन गर्ने अवसर दिएकोमा हामी आभारी छौं । क्यालिफोर्नियामा रहेका नेपाली समुदायका तर्फबाट हामी युनिभर्सिटीप्रति धन्यवाद भन्न चाहन्छौं । नेपालले लुम्बिनी भ्रमण वर्ष २०१२ मनाइरहेका बेला क्यालिफोर्नियामा नेपाल दिवस मनाउनु नेपालका लागि निकै हितमा त छ नै, सान्दर्भिक पनि उत्तिकै छ । एसियाका प्रकाश भनेर चिनिने बुद्ध जो नेपाली भूमिका पुत्र हुन्, उनको सम्मान क्यालिफोर्नियामा हुन लागिरहेको छ । विश्वका तमाम बुद्धधर्मावलम्बीहरुलाई लुम्बिनी भ्रमण गर्न यस कार्यक्रमले अभिप्रेरित गर्नेछ । यसअतिरिक्त नेपाल प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक विविधताका पारखीका लागि पनि भ्रमण गर्न लायकको ठाउँ हो भन्न पाउँदा हामी गौरवको अनुभूति गर्छौं । विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ अग्ला हिमशिखरहरुको मुलुक नेपालका विविध संस्कृतिसमेटेर प्रस्तुत गरिने कार्यक्रम अवश्य दर्शनीय हुनेछ ।

जाति–जनजाति र संस्कृतिको मात्र विविधता भएको मुलुक होइन नेपाल, यसको भूगोल, वनस्पति, जनाबर र चराचुरिंगीमा पनि विविधता छ । १९ तारिखमा सेन्ट युनिभर्सिटी आउनुहोस् र हाम्रो सांस्कृतिक कार्यक्रमको एक भाग बन्नुहोस् । नाच–गानमा सरिक हुनुहोस् । साथमा आकर्षक पेन्टिङको प्रदर्शनी पनि लाग्नेछ– बेएरियाका युवक तुलाधरका आकर्षक पेन्टिङ हेर्नुहोस् । स्वादिलो नेपाली खानाको स्वाद लिनुहोस् । सो दिन साँझ अमेरिकन ड्रिम नामको बेएरियामै छायांकन भएको नेपाली फिल्म पनि प्रस्तुत हुनेछ । नेपाली अमेरिकनले बनाएको यस चलचित्रमा अंग्रेजी सबटाइटलको व्यवस्था पनि छ– नेपाली नबुभ्mनेहरुले पनि उत्तिकै आनन्द उठाउन सक्ने निश्चित छ । कृपया पाल्नुहोस् ।

यस व्यहोराको विज्ञप्ति सार्वजनिक भएकै दिन कुनै एक ‘नेपलिज’ले इमेल पठाएर यस पंक्तिकारलार्य यसरी पढाए, ‘नेपाली र नेपलिज शव्दको प्रयोगमा एकरुपता र स्यायित्व ल्याऊ, अन्यथा ठिक हुनेछैन ।’ कतिपय पक्षबाट हेर्दा परिपक्वजस्तो पनि लाग्ने त्यस पत्रमा अझ प्रष्ट शव्दमा उनले भनेका छन्– नेपाली भन्न छोड र नेपलिज लेख । उनले आदेश दिएका छन्, यसरी– ‘नेपाल दिवस मनाउने भनेर दुईजिब्रे नीति अख्तियार नगर्नुहोस्, खस नियन्त्रित समुदायलाई मौका प्रदान गर्नका लागि तिमीहरु नेपाल दिवस मनाउन लागिरहेका छौं, नेपाली शव्द खस–बाहुनको हो, हामीलाई पनि समेट्ने भए त नेपलिज लेखिहाल्थ्यौ नि । नेपाली संस्कृति भन्नाले खस–बाहुन नियन्त्रित पञ्चायतकालीन संस्कार हो । अझ विदेशी भूमिमा आएपछि केको नेपाली ? जसरी चाइनिज, जापानिज भियतनामिजजस्ता शव्दको प्रयोग हुन्छ, त्यसरी नै नेपलिज भन ।’
पत्र एक प्रकारले तर्कयुक्त पनि छ । अगाडि पत्रमा ‘विद्वान नेपलिज’ ले लेखेका छन्, ‘नेपाल बाहुन, क्षेत्री वा खस जातिको मात्र मुलुक होइन, बहुभाषिक र बहुजाति मुलुक हो । खस भाषाका आधारमा मात्र नेपाली भनिएको हो भन्ने सत्य अब हामीलाई छर्लंग भइसकेको छ । बहुआयामिकतालाई सम्बोधन गर्न नसक्ने व्यक्ति नयाँ नेपालको उपयुक्त नागरिक हुन सक्तैन । स्थायी शान्तिका लागि एक–आपसको सम्मान आवश्यक छ, खसको सम्मान मात्र पर्याप्त छैन । नेपालसँग सम्बन्धित सबै वस्तु नेपाली होइन । हामीले स्वीकार गरौं वा अस्वीकार– सत्य के हो भने खसवादले हामीलाई विभाजित गर्छ । आज जनसरी विदेशी भूमिमा नेपालीहरुको ओइरो लागेको छ, त्यसमा खसवादको हात छ, किनभने यस प्रकारको व्यवहारले नागरिकमा यो मेरो मुलुक हो भन्ने स्वामित्व सिर्जना हुन सक्ददैन, आलस्यपूर्ण मानसिकताले गरेको कामले मुलुकको उत्पादकत्व बढ्दैन र देश समृद्ध हुनसक्तैन । गरिव देशमा रोजगारी पाए पो बस्नु ? पञ्चायतकालीन मानसिकता बोकेर आज पनि एक भाषा एक भेषको अधिनायकवादी मानसिकको उपज हो नेपाली शव्दको प्रयोग गर्नु खेदको विषय हो ।’ अंग्रेजीमा लेखिएको पत्रको नेपाली अनुवाद यही नै हो ।

हो, विगत लामो समयसम्म नेपालमा विभेद कायम थियो । जात–जातिका आधारमा पक्षपात, बसोवास र लिंगका आधारमा असमान व्यवहार हुन्थ्यो । हुनसक्छ, नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाय पनि क्षेत्री भएका कारण र पढैया वर्ग बाहुन दिमाग चलाएर खाने वर्ग भएका कारण खस–ब्राह्मण समाजमा अगाडि बढ्यो । पञ्चामृत खाँदै हुर्किने संस्कारले उसलाई तीखो मस्तिष्क विकास गर्न पनि सघायो, यसमध्ये कति शोषक–सामन्त बनेर आए, सोझा–सीधा अनपढ जनजाति र दलितलाई शोषण गरे । विगतमा सामन्तवादी सामाजिक व्यवस्था थियो, त्यसलाई आजको लोकतान्त्रिक आँखाले हेर्दा कसैले ठीक थियो भन्न सक्तैन । तर हिजो शोषित भएको कुनै समुदायको व्यक्तिले यतिखेर आएर ‘आपूmलाई नेपाली नभन्’ भन्न मिल्छ ? नेपाल नाम र नेपाली विशेषण । के नेपाली शव्दको अंग्रेजी अनुवाद ‘नेपलिज’ होइन ? लोकतन्त्र र प्रजातन्त्रको अंग्रेजी अनुवाद ‘डेमोक्रेसी’ नै हुने थाहा पाउँदापाउँदै छिमेकी भारतको प्रभावमा नेताहरुले हामीलाई ‘लोकतन्त्र’ शव्द प्रयोग गर्न दबाब दिएका होइनन् ? ‘प्रजातन्त्र’ का ठाउँमा लोकतन्त्र भन्दा मुलुकको संक्रमणकाल समयमै सकिंदो रहेनछ त । नेताहरुले गएको जेठ १४ मा पनि जनतालाई नयाँ संविधान नदिएर अन्यौलमै राखिरहेकै छन् । के नेताहरुले लोकतन्त्रको सट्टा प्रजातान्त्रिक व्यवस्था भनेको भए के उनीहरुमा थप सद्बुद्धिको सम्भावना थियो त ? थिएन । लेखकले एक उदाहरण मात्र दिएको हो– यसले लोकतन्त्र शव्द सामान्य ढंगले प्रयोग गरिहेकै छ । यसलाई लाग्छ, हामीले शव्दको पछि होइन– त्यसको अर्थ र व्यवहारमा केन्द्रित हुनु आवश्यक छ । पण्डित भनिने पुरुष पाखण्डी छ भने ऊ सम्मानको पात्र हुन सक्तैन तर नगर्ची भनिने नागरिक देशभक्त र समाजसेवी छन् भने उनी मन्दिरका देवताजस्तै पुज्य छन् । मानिसको परिचय व्यवहार हो, उसलाई दिइएको नाम होइन ।

त्यसो त केही जडसूत्रवादीहरुले नेपालको झण्डा पनि फेर्नुपर्छ भनेर सोझा जनतालाई आन्दोलित बनाए । तर त्यो सफल हुन सकेन । नेपाली शव्दभित्र बहुजाति र संस्कृति अटाउने भएकोले ‘नेपलिज’ भनेर ओठ बटारिरहनुको केही तुक देखिंदैन । मदरल्याण्ड नेपाल र योजस्ता अन्य संस्था लोकतान्त्रि हुनसकेनन्, समावेशी र मानवअधिकारको सम्मान गर्ने व्यवहारमा आएनन् भने, औंला ठड्याउनै पर्छ, अन्यथा नाहकमा कसैलाई दुख दिन मिल्दैन । पाखण्डको पहिचान आम नागरिकले अब तत्काल गर्नेछन् । .

Posted on : August 7, 2012, 4:36 am

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»अमेरिकामा ग्रीनकार्ड पाउन सकिने आधारहरु।
•»सन्दर्भ वाल श्रम उन्मुलन दिवस २०१३
•»हाम्रो स्वंय सेवकको टोलीले गरेको छलफलमा निकाश आउने आशा लाग्दो छ |
•»साउदीमा आममाफीः अवसर, अज्ञानता र अन्यौल
•»गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम