Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



वुर्जुवाहरुको पक्षपोषण गर्ने स्वतन्त्र पत्रकारिता हुदैन

नारायण पंगेनी


भनिन्छ पत्रकारिता समाज रुपान्तरणको ऐना हो । हुन पनि समाज परिवर्तनको लागि साचार जगतको भूमिका अतुलनिय छ । पत्रकारिताको इतिहासको लामो समय पार भएको कुरा आफैले नभोगेपनि पत्रकारिता वा आम साचारका इतिहासको अध्ययनबाट पनि पत्रकारिताको पूर्व अवस्था कस्तो थियो र अहिले कस्तो छ भनी आकंलन गर्न सकिन्छ ।


पत्रकारिता पेशा जति महत्वपूर्ण छ उति नै संवेदनशील र जोखिमपूर्ण पनि रहेको छ । पत्रकारिताले जसरी समाज निर्माणको लागि इटा थप्ने काम गर्छ त्यसरी नै शत्रुता साँध्ने काम त्यत्तिकै गर्दछ । त्यसैले साँचो अर्थमा पत्रकारिता गर्नेले शत्रुता साँधेर भएपनि साँचो कुरा ल्याइदिनुपर्छ । राज्यको चौंथो अंगको रुपमा स्थापित पत्रकारिताले राज्यका तीन अंगहरु ब्यवस्थापिका कार्यपालिका र न्यायपालिकाले जस्तो काम नगरेपनि समाजको घट्ना परिघट्नालाई जस्ताको तस्तै उतार्ने र सूचना प्रवाह गर्ने काम भने अवश्य पनि गर्दछ । यद्यपी समाज भित्रका कुराहरुलाई कसरी र कुन कोणबाट ल्याउने भन्ने कुरा महत्वपूर्ण हुन आउँछ ।


आमसाचार क्षेत्रको हामीले लामो इतिहास पढेपनि ००७ साल पछि नै नेपालमा साचार एवम् पत्रकारिताको विकाश ह्वात्तै बढेको हामी पाउँछौ । त्यसैले पत्रकारिताको विकाश त्यतिवेला भएको छ जतिवेला देशमा राजनीतिक परिवर्तन र उथलपुथलका घट्नाहरु भएका छन् ।
जसरी ००७ सालको क्रान्ति पछि मौलाएको पत्रकारिताको हामीले चर्चा गर्छौ त्यसरी नै करिव करिव २००७ सालकै हाराहारीमा पाल्पा जिल्लामा पनि पत्रकारिताको थालनी भएको पाउँछौं । पाल्प्ाामा पत्रकारिताको थालनीकर्ताको रुपमा जगतबहादुर जोशी सूर्यलाल श्रेष्ठ कमलराज रेग्मीलाई मान्नुपर्ने हुन्छ । जगतबहादुर सूर्यलाल र कमलराजकै प्रयासमा हातले लेखेर निकालिएको मासिक पत्रकारिता ुपथप्रदर्शकु ले नै पाल्पाको पत्रकारिताको इतिहासमा नाम लेखाउन सक्यो ।


त्यसपछि मात्रै मोहनमान सैंजु कुलमणी देवकोटा शिवराम प्रधानाङ्ग लगायतले ुबालसखाु पत्रिका प्रकाशन गरेपछि पाल्पाको पत्रकारिता क्षेत्रमा अर्को इँटा थपियो । क्रमशः अजम्बरध्वज खाती चिनियालाल बज्राचार्य बुद्धिरत्न शाक्य कृष्णचन्द्र देवकोटा लगायत साहित्य तथा धार्मिक र विभिन्न दृष्टिकोणले पाल्पाको पत्रकारिताको विकाश गर्ने काम गरे । हस्तलिखित ुपथप्रदर्शकु बाट थालनि भएको पाल्पाको पत्रकारिता क्षेत्रमा ००७ साल देखि उदाउन शुरु गरेका विभिन्न प्रशाशनहरु ुकोपिलाु साहित्यिक मासिक पाल्पा साप्ताहिक पत्रिका उदाउने क्रमसँगै विलाउँदै गए ।


०२९÷३० सालतिर ुश्रीनगरु ुआवाजु र ०४० साल तिर विनयकुमार कसजुको सम्पादनमा ुसत्यु साप्ताहिक हरिवहादुर कुँवरको सम्पादनमा ुआयामु उत्पलमान िसंहको सम्पादनमा ुबेलाु जस्ता पत्रपत्रिका प्रशाशन भए । सत्य साप्ताहिकको प्रकाशन बन्द भएपछि विनयकुमार कसजुले नै गाउँले ुदेउरालीु साप्ताहिक प्रकाशन शुरु गरे भने ०५१ सालदेखि दिनेशविक्रम थापाको सम्पादनमा ुजनचेतनाु साप्ताहिकको प्रकाशन शुरु भयो । २०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना पछि मात्रै आएका देउराली र जनचेतना पछि ुपाल्पा टाइम्सु ुखोजखबरु ुनेतृत्वु ुपाल्पा सन्देशु जस्ता साप्ताहिक र ुकाँचुलीु साहित्यिक पत्रिकाहरु प्रकाशन भए ।


तर पनि विडम्बना नै भन्नुपर्छ गाउँले देउराली साप्ताहिक तथा जनचेतना हालको नवजनचेतना को मात्र पाल्पामा नियमित प्रकाशन हुदै आएको देखिन्छ भने आक्कल झुक्कलको रुपमा पाल्पा टाइम्स प्रशाशन भएको देखिन्छ । पाल्प्ाा जिल्लाले साचारको लामो इतिहास बोकेपनि स्थायित्व पाउन नसकेको पत्रकारितामा छ दशक पछि मात्रै ुपाल्पा दैनिकु को रुपमा दैनिक पत्रिका पाउन सक्यो भने क्रान्तिकारी विचार प्रवाहको रुपमा ुनवसंवादु साप्ताहिकको उदय भयो ।


यसरी समग्रमा छापा पत्रकारिताको इतिहासबारे संक्षिप्तमा चर्चा गरेपनि यसभित्रका कुराहरु भने अझ गहन र महत्वपूर्ण हुन सक्छन् । पछिल्लो समय नेपाली पत्रकारिताको क्षेत्रमा ब्यवसायिककरणको कुरामा चर्चामा आउने गरेको छ । तर ुबुर्जुवा प्रेस वुर्जुवाको वर्गको शक्तिशाली हातियार होु भनेर लेनिनले भने जस्तै नेपाली पत्रकारितामा किहंकतै ब्यसायिकरणको रुप देखिए पनि समग्रमा वुर्जुवा वर्गको हतियार त बनेको छैन भन्ने पनि यतिवेला यक्ष प्रश्न उब्जिएको छ । त्यसैले जव जनतालाई हातमा हतियार लिएर स्वतन्त्रताको रक्षाको लागि जगाउँन सिकाउँछ तब मात्र प्रेस साँच्चिकै स्वतन्त्र हुन्छ भन्ने माक्स्रको भनाईलाई मनन गर्नु पनि अहिलेको अर्को महत्वपूर्ण कुरा हो । माक्स्र लेनिन माओत्सेतुङ् जस्ता विचारकहरु पनि पत्रकारिता क्षेत्रबाट अगाडी बढेर नै महान बन्न सके ।


पार्टीको कार्यदिशा र पाटीको कार्यक्रमलाई ब्यापक रुपले जनता समक्ष पुर्याउन सक्ने क्षमतामा नै पत्रकारिताको भूमिका देखे माओले । तर परिवर्तनको साथी देख्ने महान प्रयोगकर्ताहरु विरुद्ध नै जेहाद छेड्ने र वुर्जुवा स्वाँठहरुको पक्षपोषण गर्नेहरु आज आफूलाई स्वतन्त्र पत्रकारिताको माला जपेर हिड्ने गरेका छन् ।


पत्रकारिताको एक दशकमा मैले देखेको तितो यथार्थ पनि यहि नै हो । नेपालको पत्रकारिताको इतिहासमा आफूलाई विग मिडिया र स्वतन्त्र पत्रकारिताको रटान गर्ने हिमाल खबर पत्रिकाको अध्ययनले पनि नेपालको स्वतन्त्र पत्रकारिता भन्नेहरुले कसरी बुर्जुवाहरुको पक्षपोषण गर्ने काम गरेका छन् भन्ने छर्लङ्ग भएको छ । हिमाल जस्तै अन्य केही मिडियाले पनि स्वतन्त्र पत्रकारिताको माला जपेर उत्पीडित तथा सर्वहारा वगर््ामा माथि नै प्रहार गर्ने काम गरिरहेका छन् । जुन नेपाली पत्रकारिता क्षेत्रमा देखा परेको कम्प्युटरको भाइरस भन्दा पनि खतरनाक अस्त्र हो । त्यसैले विपन्न तथा सर्वहारा वर्गले गहिरो गरि यस विषयमा मनन् गर्न जरुरी देखिन्छ ।
.

Posted on : July 17, 2010, 6:13 am

Source :Palpa daily


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Articles Headlines


 Recent Comments