Thursday June 20, 2013

कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. ::::::



Ncell जिन्दावाद!

धरम के.सी.

१९९२-९३ को कुरा हो, साउदी अरबको अल सुलइलमा काम गर्दा बिहान मिर्मिरेमा एउटा थैलो भरी १-१ रियालका सिक्काहरू बोकेर टेलिफोन मशिनमा गई नेपालमा परिवारसंग कुरा गरेको अझै सम्झना छ । १ मिनटमै १० वटा सिक्काहरू झर्थे मशिनमा त्यतिबेला । अहिले (१७ बर्ष पछि) मात्र १ मिनट कुरा हुने त्यही १० रियालको कार्डबाट नेपालमा १७ मिनट कुरा गर्न पाइन्छ । तर साउदी अरबका मोबाइल कम्पनीहरूले भने अहिले पनि नेपालमा हुने कलमा प्रति मिनट ४ रियाल चार्ज गर्दैछन । यद्यपि यदा कदा बिशेष छुटका प्याकेज दिदै कार्डकै रेटको हाराहारीमा पनि आउने गरेका छन ।
Ncell jindabad
नेपालमा हुने फोन कलको दरमा बिगतको तुलनामा ठुलो गिरावट आएता पनि नेपाली कामदारहरूको फोनमा हुने खर्चमा कमी आएको छैन । यसको कारण नेपालमै पनि फोनको ठुलो बिकास र बिस्तार भई फोनमा अधिकांश नेपालीहरूको पहुंच पुग्नु पनि हो । हिंजोका दिनमा महीनामा एकचोटी फोन गर्नेहरू अहिले हप्तामा एक चोटी गर्छन, हप्तामा गर्नेहरू अहिले दैनिकजसो गर्दछन । तर पनि सुझबुझका साथ किफायत र मितब्ययितापुर्बक फोन गर्नेहरूले अब त्यति ठुलो खर्चिनुपर्ने अवस्था छैन ।

साउदी अरबका महामहीम राजदुत श्री हमिद अन्सारीज्युले आफ्नो कार्यभार सम्हालेको १ महीनामै दमाममा प्रबासी नेपाली सेवा समितिको महाधिवेशनको अवसरमा दिनुभएको मन्तब्यमा आफ्ना प्राथमिकतामा ४ वटा ‘T’ को कुरा गर्नुभएको थियो जसमध्ये एउटा ‘T’ टेलिफोनको लागि थियो । टेलिफोनको महसुल दर तथा नेपाली कामदारहरूले ब्यहोर्नुपरेको फोन खर्चको ब्ययभारको गम्भीरता झल्किन्थ्यो त्यतिखेर । २९ अगस्त २००९ मा पारित एनआरएनएको दुबई घोषणापत्रमा पनि समावेश छ मध्यपुर्बमा फोन सुविधाको बिषय । साउदी अरब, कतार, युएई, कुवेत, बहराइन र लेबनानका एनसिसी अध्यक्षहरूले तयार पारेको उक्त घोषणापत्रको मस्यौदा जब अन्तिम स्वीकृतिका लागि तत्कालिन आइसिसी अध्यक्ष डा. उपेन्द्र महतोज्युको मा पुर्याइयो तब वहांले उक्त फोनको बुंदामा भन्नुभएको थियो “तपाईहरूले स्वीकृति मात्र दिलाउन सक्नुभयो भने म १ महीनामै फोन सुविधा ल्याइदिन्छु र महसुल घटाइदिन्छु” । वहांले मध्यपुर्बमा बिदेशी मोबाइल कम्पनीहरूले त्यति सजिलै स्वीकृति पाउन सक्दैनन भन्ने शायद पहिल्यै बुझिसक्नुभएको थियो । तर पनि वहांले त्यो बुंदा काट्नु भएन र यथावत रहनदिनुभयो । उक्त घोषणापत्र जारी भएको अहिले १ बर्ष बित्दा नबित्दै नेपालमा ‘मेरो मोबाइल’को नाम परिवर्तन भई ‘एनसेल’ भएको छ र संगसंगै यसको ब्यापक बिकास र बिस्तार पनि । हाम्रा लागि सर्बाधिक खुशीको कुरा यो छ कि अहिले एनसेलबाट साउदी अरब लगायत ठुलो संख्यामा नेपाली कामदारहरू रहेका मुलुकहरू मलेसिया र दक्षिण कोरियामा समेत मात्र ६ रूपैया प्रति मिनटमा फोन वार्ता हुनसक्दछ ।

जबकि साउदी अरबमा हामीहरू अहिले पनि स्थानिय कलमा समेत ७० हलाला (करीब १४ रूपैया) प्रति मिनट तिर्दैछौं । यसरी यहांका स्थानिय साथीभाइहरूसंग १ मिनट कुरा गर्ने खर्चमा हामी अब नेपालमा आफ्ना परिवार र आफन्तहरूसंग २ मिनट कुरा गर्नसक्ने अवस्थामा आइपुगेका छौं एनसेलका कारण । यसैले भन्न मन लाग्छ “एनसेल जिन्दावाद” । सबैलाई थाहा छ एनसेलमा उनै डा. उपेन्द्र महतोको शेयर छ । अहिले हामी बुझ्दैछौं डा. महतोले मध्यपुर्बमा हामीले फोनको महसुल घटाउन यहां केही गर्न सक्दैनौं भन्ने जान्दा जान्दै पनि त्यो बुंदालाई किन यथावत रहनदिनुभएको रहेछ त भनेर । हो, हामीले अब एउटा काम अवश्य गर्न सक्छौं – नेपालमा रहेका आफ्ना परिवार र आफन्तजनहरू सबैलाई एनसेलको प्रयोग गर्न लगाउन सक्छौं र एनसेलबाटै यहां हामीलाई कुरा गर्न लगाउन सक्छौं ।

आखिर पैसा जोगाउनु नै पैसा कमाउनु पनि त हो । किन नेपालको NTC लाई प्रति मिनट रू.२० तिर्ने, किन साउदी अरबको STC या Mobily या ZAIN लाई प्रति मिनट सा.रि. ४ (रू.८०) तिर्ने ? जबकि एनसेलमा मात्र रू. ६ प्रति मिनटमा कुरा गर्न पाइन्छ । साउदी अरब र मलेशियामा जस्तो अति कम तलबमा काम गर्न बाद्य लाखौं नेपालीहरूप्रति एनसेलले देखाएको यो स्नेह र सहानुभुतिका लागि हार्दिक आभार प्रकट गर्न मन छ र संगसंगै डा. महतो प्रति एउटा गुनासो पनि । त्यो के भने एनसेल जस्ता कम्पनीहरूमा एनआरएनहरूलाई सामुहिक लगानीका लागि आह्वान गरिएको भए एनआरएनहरू कति खुशी र गर्बित हुनेथिए होला ? जुन वहांको आफ्नो बचन बध्दता पनि थियो । तर अहिले सम्म वहांबाट त्यस्तो हुन सकेको छैन र आसा मरिसकेको पनि छैन । अस्तु.

Posted on : July 27, 2010, 5:19 am

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»अमेरिकामा ग्रीनकार्ड पाउन सकिने आधारहरु।
•»सन्दर्भ वाल श्रम उन्मुलन दिवस २०१३
•»हाम्रो स्वंय सेवकको टोलीले गरेको छलफलमा निकाश आउने आशा लाग्दो छ |
•»साउदीमा आममाफीः अवसर, अज्ञानता र अन्यौल
•»गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम