Thursday May 23, 2013

शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. :::::: नाई संघले कपाल र दाह्रीको ज्याला वढायो. :::::: घरेलु मजदुरको काठमाण्डौ जिल्ला समिति गठन अध्यक्षमा सान्ता लुइटेल. ::::::

Interview/Talks

युवा दस्ता होइन, जनस्वयम् सेवकः विप्लव

Narayan Pangeni



एकिकृत नेकपा माओवादी अहिले देशभर फेरी अर्को युवा संस्था जनस्वयंसेवक परिचालन ब्युरो गठन गर्ने प्रक्रियामा रहेको छ । ब्युरोको केन्द्रिय इन्चार्ज तथा माओवादी स्थायी समिति सदस्य नेत्र विक्रम चन्द विप्लवसँग नेपालअरब सम्पादक नारायण पंगेनी ले गरेको अन्तवार्ताको सार संक्षेप

प्रश्नः माओवादीले कसरी व्रि्रोह गर्दैछ ?

नेपाली जनताले एउटा नयाँ भविष्य, नयाँ जीवन र राष्ट्रको सवृद्धि चाहेका छन् । र्ढाई सय वर्षयता परिवर्तन नभएको पुरानो राज्य सत्ता परिवर्तन नै एउटा र्सतको रुपमा रहेको छ । यो राज्य सत्तालाई रुपान्तरण नगरे सम्म नेपाली जनताले चाहेका यी तीन कुरा सम्भव छैन । त्यसकारण राज्यको रुपान्तरण अहिलेको प्राथमिक विषय हो । त्यसमा कांग्रेस एमाले तयार होउन, त्यसमा अरु पाटीहरु पनि तयार होउन र अहिलेको विद्यमान दलाल पूँजिवादी खालको राज्य संरचना जनता प्रति उत्तरदायी छैन । त्यसलाई रुपान्तरण गरौं । सहमतिबाट हुन्छ भने पनि हामी तयार छौं त्यसमा हामी कुनै व्रि्रोहको बाटो भएर जानु पर्छ भन्ने छैन । तर कुनै पनि बाहनामा जनताको भविष्यलाई, राज्यको स्वाधिनतालाई विथोल्ने तिरबाट राज्यको रुपान्तरणलाई रोकियो भने नेपाली जनताले अगाडी सारेको संर्घषको कदमलाई पूर्णता तर्फलैजानु पर्छ, त्यसलाई सफल गर्नुपर्छ । त्यो भनेको आवश्यक पर्यो भने फेरी पनि विद्रोहमा जानुपर्छ भनेर हामीले भनेका हौं ।

प्रश्नः वाईसिएलको विघटनको कुरा आइरहेको बेला माओवादीले अहिले फेरी युवा दस्ता बनाउने तयारी गरिरहेको छ भन्ने चर्चा चलेको छ । साँच्चै तपाईहरुले अलग्गै युवा दस्ता बनाउँदै हुनुहन्छ ?

युवा दस्ता भनेर जसरी बाहिर ल्याइएको छ, तर यो युवा दस्ता नभई जनस्वयम् सेवक अर्थात भोलिन्टियर हो । जनताको स्वयंसेवक बनाउँन खोजेको मात्रै हो । त्यसमा युवा मात्र नभई पाका मान्छेहरु तथा सम्पूर्ण क्षेत्रका समुदाय तथा इच्छुक नागरिकहरु सहभागी हुने एउटा संस्था बनाउन खोजेका हौं । जनताको सेवालाई विकाश निर्माणमा, आर्थिक उत्पादनमा र जनसेवाको अन्य पक्षहरु शिक्षा, स्वास्थ्यमा र जनताको सुरक्षामा ध्यान दिनु पर्यो भने पनि हामी तयार हुनु पर्छ भनेर हामीले एउटा निकाय बनाउँन खोजेका मात्र हौं । जसरी वाईसिएललाई शुरुमै अर्कै किसिमले बदनाम गर्न खोजियो त्यसरी नै अहिलेको स्वयंसेवक समुह बनाउन खोजेको कुरालाई अर्कै तिर ब्याख्या गर्न खोजिएको छ । त्यो निराधार गलत छ ।

प्रश्नः वाईसिएल गठन गरेर माओवादीले कानून हातमा लियो भनेर विगतमा आलोचना भयो त्यसरी नै अहिले पनि त आलोचना होला नी त तपाईहरुलाई ?

जनता र पाटी कार्यकर्ताको निम्ति आरोप र आलोचनाको कुनै अर्थ भएन । सत्य कुरा ल्याइयो भने त छलफल हुने र सच्चिने कुरा पनि हुन्छ तर असल चिजलाई बदनियतपूर्ण ढंगले गरिने प्रचार प्रसारलाई त प्रतिवाद गर्नै पर्छ ।

प्रश्नः तपाईहरुको विभिन्न जनवर्गिय संगठन मोर्चाहरु हुँदा हुँदै यस्तो खालको संस्था बनाउनु पर्ने आवश्यकता चाँही किन परेको हो ?

जनसंगठन भनेको आफ्नो संगठनमा समय दिने र आफ्नो संगठनमा खर्चिने गर्छन । तिनीहरु ब्यवसायिक खालका हुन्छन् र आफ्ना हकहितको लागि लड्छन् र सँगसँगै राज्यको हित सम्म पनि लड्छन् त्यो एउटा कुरा हो । सामान्य एउटा युवा संगठनबाट मात्रै अहिलेको नयाँ कुरा प्राप्त गर्न सकिदैन भन्ने हाम्रो पाटीको ठहर हो । अर्को कुरा, राज्यले गर्न खोजेको काममा अहिले सम्म राज्य सफल देखिएको छैन । जनताकै वीचका जागरुक युवाहरुलाई आफ्नै सीप, साधन अनुसार प्रयोग गर्न सकियो भने समाज तथा जनताको र राष्ट्रको पनि सेवा गर्न सकिन्छ भनेर जनता र राज्यवीचको ग्यापलाई पुरा गर्नुपर्छ भन्ने हो । तेस्रो कुरा, आज वैदेशिक हस्तक्षेपहरु बढेर गएको छ । जनतामाथिको हस्तक्षेप चर्किएर गएको छ, असुरक्षा बढ्दै गएको छ , तर्सथ यसमा नागरिकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुराले गर्दा नै जनस्वयंसेवक परिचालन ब्युरो बनाउन लागेका हौं ।

प्रश्न ः तपाईहरुले पटक पटक गर्ने गरेको ब्रि्रोहको कुरा र पछिल्लो सातबुँदे सहमतिले गर्दा संविधानसभाका अन्य सहयात्री दलहरूलाई नै शंका उब्जाउने काम भएन ?

होइन, हामीले बाह्रबुँदे सहमतिदेखि हामीले खासगरी कांग्रेससँग सहकार्य गर्दै आएका हौं, त्यो सहकार्यलाई हामीले अगाडि बढाऊ भनेका र्हौ, राष्ट्रको समस्यालाई समाधान गर्दै जाऊ, उत्पीडित समुदायका समस्यालाई समाधान गरौं भनेका हौ तर त्यो कुरामा कांग्रेस आउन नचाहेका कारण हाम्रो प्रयत्नका बाबजुत कांग्रेस पछाडि हटेपछि बाम गठबन्धन हुन गएको हो । अहिले पनि कांग्रेसको पश्चगामी चरित्रले काम गरेको छ । कांगेस पुरानो सत्तासंरचना तिर अगाडि बढेको छ । यसको दोषी माओवादी होइन, कांग्रेस दोषी छ र कांग्रेसलाई उचाल्ने अन्तर्रर्ााट्रय शक्तिहरु दोषी छन् भन्ने कुरा बुझ्नु पर्दछ । दोस्रो कुरा, मुल सहकार्य सम्भव नभएपछि कुनै न कुनै शक्ति सँग त हामीले सहकार्य गर्नु नै पर्यो । सहकार्य भनेको त निती, विचार, दृष्टिकोण मिल्नेसग गर्ने कुरा हो । त्यसो गर्दाखेरि सापेक्षिक रुपमा एमालेसँग र एमाले भित्र पनि वाम पक्षसँग हाम्रो कुरा केही हद सम्म मिल्यो । मिलीसकेपछि झलनाथ खनालजीसँग कुराकानी भएको र अन्य सानादलहरु तथा बामशक्तिहरुसँग पनि कुराकानी भयो । पटक पटक कांग्रेस असहमत भएको हुँदा राष्ट्रलाई त निकाश दिनै पर्यो । देशलाइ निकाश दिनको लागि कांग्रेस पछि हटेपछि त्यसको दायित्व बाम तथा क्रान्तिकारी शक्तिहरुले लिने कुरा स्वभाविक हो । कांग्रेस लगायतका शक्तिहरुलाई बाइपास गर्ने कुरा नभई उनीहरु पछि हटेपछि झलनाथ खनाललाई अगाडी सारेर निकाश दिएका हौं ।

प्रश्नः माओवादी समेत सहभागी भएको यो सरकारलाई कसरी अगाडी बढाउँछ ?

माओवादीले यो सरकार चलाउँदा दुइ तीन वटा कुरामा ध्यान दिन्छ । एउटा कुरा सरकारमा गएर राष्ट्र र जनताको नेतृत्व गर्नुपर्छ भनेर दृष्टिकोण बनाएका छौं । त्यसलाई हामीले इमान्दारीपूर्वक, दृढता पूर्वक अगाडी बढाउँने सोंचेका छौं । दोस्रो कुरा, नौ महिने शाशनकालको अनुभव छ । त्यसबाट हामीले केही शिक्षा पाएका छौं, नौ महिने शाशनकालबाट केही तिता र केही मिठा अनुभवहरु पनि संगालेका छौं । यि सवै कुराको समिक्षा गरेर जनता प्रति उत्तरदायी सरकार कसरी बनाउने भनेर र हाम्रा मन्त्रीहरुलाई जनता प्रति उत्तरदायी कसरी बनाउने र जनताको नेतृत्व कसरी गर्ने, कार्यकर्ताहरुको भावनालाई कसरी केन्द्रित गर्ने भन्ने हामीले नीति बनाउँने छौं । तेस्रो कुरा, यो सरकारले मुलरुपमा अहिले देखिएका राष्ट्रिय स्वाधिनताको समस्या, जनवादी अधिकारको समस्या, संविधानका कुराहरु, सेना समायोजनका विषयहरु जस्ता विषयहरुमा देश र जनतालाई हित हुने गरि काम गर्नुपर्छ ।

यो सँगसँगै जनतालाई जतिसक्दो राहत दिने, जनतालाई सुविधा दिने, विकाश निर्माणका कुराहरुमा निर्ण्र्ाागर्दै जाने कुराहरु भए, अन्य कामहरु पनि छलफलबाट नै क्रमशः गर्दै जानेछौं ।

प्रश्नः यहि सरकारले आगामी २०६८ जेठ १४ गते सम्ममा नयाँ संविधान घोषणा गर्न सक्ला त ?

यसको बारेमा हामीले अलि गम्भिर ढंगले सोंच्नु पर्दछ । यो एउटा एलान्स हो, गठबन्धन हो । यसमा कांग्रेस कसरी आउँछ, केपी माधवजीहरु कसरी आउनु हुन्छ, यसमा विजय गच्छेदारहरु कसरी आउनु हुन्छ, र भारतको कस्तो दृष्टिकोण आउँछ त्यो हेर्न बाँकी छ । यी सवै बीचमा रहेर हामीले हेर्नु त पर्दछ नै । हामीले गर्ने विश्वास अनि हामीले अपनाउने नीति र कार्यक्रममा आगामी जेठमा जनताको नयाँ संविधान दिने गरि सोंच्नु पर्दछ भन्ने कुरा स्वभाविक छ ।

प्रश्नः विगतमा तपाईहरुको अध्यक्ष नेतृत्वको सरकार नौ महिनामा असफल भयो । फेरी अव संविधानसभाको अवधि ३ महिना मात्रै रहेको अवस्थामा तपाईहरु सरकारमा जानु भएको छ, संविधान नबनेको दोष पनि तपाईहरुलाई नै आउने भएन र ?

होइन, होइन हामीले जनतालाई सुस्पष्ट ढंगले भन्ने गरेका छौं । नेपालमा एउटा राजनीतिक प्रक्रिया टुङ्गो लागि सकेको छैन । त्यसकारण एउटा स्थिर सरकारको जस्तो मानसिकता हामीले बनाउनु हुँदैन । सम्पूर्ण समस्याहरु अहिले नै यहि सरकारले हल गर्नुपर्छ भन्ने ढंगले सोच्नु हुँदैन । नेपालमा संर्घष्ाको प्रक्रिया चलिरहेको छ । संक्रमण छ, संविधान नै अन्तरिम छ । कानूनहरु नै अन्तरिम खालका छन् । कैंयौ प्रशाशनिक ब्यवस्थाहरु नै अन्तरिम खालका छन् । यो अवस्थामा जनआन्दोलनको एउटा प्रक्रिया पनि जारी छ भन्नु पर्यो र जनयुद्धको एउटा प्रक्रिया नै जारी छ । त्यसैले मुल कुरा राज्यलाई परिवर्तन गर्ने तह सम्म लैजाने गरि सोच्ने कुरा, सरकारले पनि मेहनत गर्ने कुरा, जनताले र पाटीले पनि मेहनत गर्ने कुरा र जनआन्दोलनको आकांक्षाहरुलाई नितिगत ढंगले ढाल्ने कुराहरु सवै बाँकी नै छ । त्यर्सअर्थमा हामीले के ठान्नु पर्दछ भने यो सरकार सफल हुने, असफल हुने तिर मात्रै सोंच्नु हुदैन । यो त संर्घष हो, माओवादीले त्याहाँ बसेर जनताको पक्षमा काम गर्न संर्घष गर्नु पर्छ । एउटा प्रवृतिले यो सरकारलाई असफल गर्ने काम गरिहाल्छ नै । संविधान बन्न नदिनको लागि पनि विभिन्न खालका चलखेलहरु हुन्छ भने संविधान बन्दा पनि जनताको पक्षमा संविधान बन्न नदिने षड्यन्त्रहरु हुन्छन् । यी सवै विषयमा त लड्ने कुरा हो । त्यसैले हामी एउटा लर्डाई कै मोर्चामा गएका छौं । संर्घषकै मोर्चाबाट हामीले काम गरिरहेका छौं भन्ने मानसिकताका साथ मन्त्री तथा पार्टर्ीीले काम गर्ने हो भने निराशाबादी हुनु पर्दैन भन्ने लाग्छ । यर्सअर्थमा यो सरकारको मोर्चालाई हामीले निर्णायक मोर्चाको रुपमा मात्रै बुझ्नु हुदैन ।

प्रश्नः तपाईले अहिले पनि जनआन्दोलन र जनयुद्धकै प्रक्रियामा छौं भन्दै हुनुहुन्छ । तपाईहरु कसरी जनयुद्धमा हुनुहुन्छ अहिले ?

जनयुद्ध भन्दा खेरि मान्छेले हतियारको राजनीति, हतियारको युद्ध मात्रै बुझे । कुरा त्यति मात्र होइन, जनयुद्धलाई तपाईले उल्टाएर नीति, कार्यक्रम र विचारमा हेर्नुभयो, नितिमा हेर्नुभयो भने त किसानले जमिन पाउनुपर्ने, सुकुम्बासीले बस्ने ठाउँ, युवाहरुले रोजगारी, जनजातिहरुले सत्ताको मालिक हुन, महिलाहरुले पुरुष समान अधिकार पाउनु पर्छ, त्यो न जनयुद्ध हो । यसैभित्र छ जनताको युद्ध । जनताको संविधान लेखिनु पर्दछ । भारतिय हस्तक्षेप अन्त्य हुनु पर्दछ र राष्ट्रिय स्वाधिनता सुनिश्चित गरिनु पर्दछ । यो कुरालाई फैलाउँदै लैजानु भयो भने भयंकर ठूलो युद्ध पनि देखिन्छ र यो कुरालाई सल्झाउँदै लैजानु भयो भने शान्तिपूर्ण तरिकाले पूर्ण हुन्छ । बाँकी हतियारको युद्ध, ठूलाठूला रेड, एम्बुसहरुको युद्ध, ठूल्ठूला कारवाहीहरुका कुरा त किसान, महिला, मजदुर, जनजातिहरुका मगदेखि लिएर राज्य सत्ता कब्जा गर्ने सम्मको प्रक्रियालाई लिएर हर्ेर्ने हो भने यहि भित्रै चलिरहेको देखिन्छ । हामीले सारेका एजेण्डाहरु पुरा भएका छैनन् । हाम्रा प्रस्तावहरुका कारणले जनताले न्याय पाएका छैनन् । प्रस्ताव ठिक छ भन्नेमा जनता सहमत भए तर ति प्रस्तावहरु कार्यान्वयन भएको छैन । आजकाल हामी सुन्छौं जमिन्दारहरु पुलिस लिएर जमिन फिर्ता गर्न थाले रे, जमिनदारहरुले जगेडा रहेका सैंयौं विगाहा जमिन फिर्ता गर्न थालेका छन् । एका तिरजनता भोकभोकै छन् अर्कोतिर सैंयौं हजारौं जग्गा जमिन एउटा मान्छले कब्जा गरेर बसिरहेको छ । स्थिती कहालीलाग्दो छ, हजारौं युवाहरु दैनिक पलायन हुँदै गइरहेको छ । यि राज्यका संकटहरु हल भएका छैनन् । त्यसकारणले हामीहरु जनयुद्धकै प्रक्रियामा छौं भनेर मैले भनेको हुँ । फेरी जनआन्दोलनको मुल स्प्रिट पनि यही नै हो । जनआन्दोलनको अपेक्षा पनि सवृद्धि, रुपान्तरण र परिवर्तन नै त थियो ।

प्रश्नः यतिखेर यो लामो संक्रमणकालिन अवस्थामा माओवादी कार्यकर्ताहरुमा निराशा छाएको छ । माओवादी पाटी विग्रियो भनेर धेरै वृत्तमा चर्चा हुने गरेको छ । साच्चिकै माओवादी कार्यकर्ताहरु आफ्नो पार्टर्ीी्रति निराश नै हुनु पर्ने अवस्था आइसक्या हो ?

यसको पछाडी मैले दुइ वटा कुरा गर्नु उपयुक्त ठान्छु । एउटा कुरा हाम्रा कार्यकर्ताहरु जो धेरै नै दुःख गरेर आउनु भएको छ । धेरै नै त्याग गरेर जनयुद्धका शक्तिको रुपमा स्थापित भएर आएको हाम्रा कार्यकर्ताहरु हो । उहाँहरु भित्र थोरै मात्र पनि ध्यान, आशंका र निराशा पैदा हुने कुरा बडो दुःखको कुरा हो । पाटी नेताको हिसावले हामीले जिम्मा लिनु पर्दछ । कार्यकर्ता प्रति हामी गम्भिर हुनु पर्दछ । यो त लर्डाई हो । लर्डाई त चौतर्फी रुपमा लड्दै जानुपर्दछ । एक ठाउँमा मात्रै लडेर हुने भए त यति ठूलो संर्घषको आवश्यकता नै पर्ने थिएन । यत्रो जनयुद्ध लड्नुपर्ने आवश्यकता नै थिएन । निरन्तर अगाडी लैजान, नया सभ्यता निर्माण गर्ने ठाउँ सम्म लैजानको लागि हामी विश्वस्त हुने, हाम्रा सामर्थ्य, क्षमताहरुलाई केन्द्रित गर्ने कुरामा जानु पर्दछ । निराश हुने कुरा हाम्रो दिमागबाट झिक्नु पर्दछ । निराशाको कोणबाट यसलाई हेरिनु हुदैन ।

अर्को कुरा माओवादी पाटीभित्र समस्या आएको कुरा पनि साँचो हो । यो कुरामा पाटीमा धेरै पटक बहस, छलफलहरु भएका छन् । तर हाम्रो लक्ष्य सम्म नपुगे सम्म फर्किदैनौं भन्ने कुरामा माओवादी नेताहरु सवैमा एकमत छ । त्यसो हुँदा सम्म पनि पार्टर्ीी नेताहरुमा विश्वास हुनै पर्दछ । त्यसकारण प्रतिवद्ध भएको अवस्थामा कार्यकर्ताहरुले त्यो पाटोलाई पनि हेर्नु पर्दछ भन्ने मलाई लाग्दछ । हाम्रो छलफल पनि जारी छ ।

कार्यकर्ताहरुलाई लिएर जाने भनेर नै हामी डटेका छौं । सरकारमा पनि हामी केही साथीहरु मात्रै गएर अरु बाहिर बसेका छौं । आवश्यक पर्यो भने काठमाडौको बर्साईलाई गाउँमा फर्किने तयारी गर्दैछौं । हामीले फागुन १ गते जुन उद्देश्यका साथ जनयुद्ध थालनी गरेका थियौं, त्यो उद्देश्य सम्म हामी पुगेरै छाड्छौं ।













Posted on : 0000-00-00

Source :


More Topics
•»

गरीव देशको धनी भनेर चिनिने मन छैन-उपेन्द्र महतो

•»

अमेरिकाले अब नेतृत्व लिने समय आएको छ -प्रल्हाद केसी

•»

Interview with Dilshova Shrestha

•»

महिला ट्राफिकमा पनि ग्ल्यामर

•»

यति धेरै माया नदेऊ अटाउने मुटु छैन-गायिका सविना कार्की

•»

गायिका मल्लिका कार्कीसँग जम्काभेट

•»

मलाई एमाले छाड्दा पीडाबोध भएको छ : झा

•»

ऋषि धमला: पहिले हकर, पत्रिका बेच्थे, ऐले PM को बेडरुमसम्म

•»

देश अब अगाडि बढ्यो : रेग्मी

•»

सडकबाटै यो सरकारलाई विस्थापित गर्छौ : वैध

•»

राजेशकी प्रेमिका भन्छिन्,-'उहाँलाई प्रेम गर्नै आउँदैन'

•»

दर्शकले रुँदै हेरे मैना

•»

ब्लु फिल्म घीन लाग्छ- शोभिता सिंखडा, नायिका

•»

हेटौंडा-काठमाडौं सुरुङ मार्ग चार वर्षमा बनाउँछौँ -जोशी

•»

दूतावासलाई डिमाण्ड (भिषा) प्रमाणिकरणको एकाधिकार दिइनुहुंदैन - किरण किशोर घिमिरे

•»

Mahima Silwal: Sex should involve Feelings, Emotions & Love

•»

सिम्पल खनालसँग जम्का भेट

•»

बाबुरामलाई के को सम्मानजनक बहिर्गमन ?

•»

नेपालमा छाडा सेक्स विक्दैछ-सरोज खनाल

•»

पूजनाकै शरीर हेर्ने मन छ त म के गरौं ?

•»

साउदी र कुवेत भुलेर पनि नजानू - मुना नेपाल श्रेष्ठ नेपाली साहित्य दूत, ओमान

•»

नायिका सविना कार्कीसँग हट टक

•»

राष्ट्रिय सहमतिको लागि गोलमेच सभामा जानैपर्छ-प्रकाण्ड, नेकपा-माओवादी

•»

‘मैले हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन’-देवीप्रसाद

•»

फेरि पनि अध्यादेशबाट बजेट ल्याउन सकिन्छ

•»

कोही छैन, सिंगल नै छु

•»

छोडिदेऊ यार, म यस्तै छु

•»

"प्रेम अभिव्यक्ति गर्ने सुन्दर र अन्तिम माध्यम नै यौन"-जिया केसी (नायिका)

•»

म सिंगल नै हो : गायिका सुनिता दुलाल

•»

Interview With Sunil and Jharana Thapa

•»

संघीयतासहितको संविधानमा सहमति भए राजिनामा दिन्छु-प्रधानमन्त्री

•»

NRNAले खाडीका श्रमिकहरूको मन,आस्था र बिश्वास जित्न सकेको छैन – Dharam KC, President NRNA-NCC,KSA

•»

जनताको अल्टरनेटिभ पनि राजसंस्था हुनसक्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

•»

शुश्मा कार्कीसँग अन्तर्वार्ता

•»

जीविकोपार्जन गर्न गाह्रो छ : गायिका रीमा

•»

'मेरै नेतृत्वमा सहमतीय सरकार'-प्रधानमन्त्री बाबुराम भट्टराई

•»

म एकदमै सेक्सी छु/ब्लु फिल्म हेर्दा काउकुती लाग्छ

•»

पुरुषले जानेर कसैको घर भत्काउँदैन

•»

नेपालीहरूलाई सेक्स गर्न आउँदैन

•»

हामी शो-पिस हौं: करिश्मा मानन्धर