Wednesday June 19, 2013

“तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. ::::::

Interview/Talks

नमुना बन्ने प्रयत्न गर्नेछु बाबुराम भट्टराई, नवनिर्वाचित प्रधानमन्त्री

प्रधानमन्त्री चुनिएलगत्तै आइतबार साँझ सरकारका प्राथमिकता र चुनौतीलगायत विषयमा कान्तिपुरका गोपाल खनाल र गंगा बीसीले भट्टराईसँग गरेको कुराकानी-

तपाईंका प्रमुख प्राथमिकता के-के हुन् ?
पहिलो प्राथमिकता विस्तृत शान्ति सम्झौताअन्तर्गत मुलुकलाई सार्थक निष्कर्षमा पुर्‍याउनु हो । त्यसका निम्ति कार्यतालिका बनाइसकेका छौं । राष्ट्रिय सहमति बनाएर यो अभिभारा पूरा गर्ने मेरो पहिलो प्राथमिकता हुन्छ । दोस्रो, ठूलो राजनीतिक कार्यभार संविधानसभाबाट अग्रगामी संघीय ढाँचासहितको संविधान बनाउने नै हो । त्यसका निम्ति राष्ट्रिय सहमति बनाउने काम हो । यी प्रमुख प्रथमिकता हुन् । तेस्रो भनेको जनता गरिबी, बेरोजगारी र महँगीबाट पीडित छन् । ती जनतालाई राहत दिन के गर्न सक्छांै, त्यसका लागि राहत प्रदान गर्ने हुन्छ । चौथो, राज्यसत्ता ढिलासुस्ती र भ्रष्टाचारबाट आक्रान्त छ । जनताले सेवा राम्रो नपाएको स्थिति छ, त्यसका लागि सुशासन दिने प्रयत्न हुन्छ । त्यसका लागि आफू नमुना बनेर देखाउने प्रयत्न हुन्छ । पाँचौं, समग्र आर्थिक विकास नगरेसम्म देशको विकास गर्न सक्दनौं । छोटो समयमा धेरै गर्न नसकिएला तर लगानी मैत्री वातावरण बनाएर अघि बढ्ने र रोजगारी सिर्जना गर्न आर्थिक विकासको प्रारूप तयार गर्ने काम पनि हुन्छ ।

तपाईं अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री बन्नु भएको छ, कसरी यो अप्ठ्यारो यात्रामा सफलता पाउनु हुन्छ ?
Interviewed by nepalarab.com यात्रा अप्ठ्यारो घुम्ती हुँदै गन्तव्यमा पुग्छ । सजिलो यात्राबाट मात्र गन्तव्यमा पुगिन्छ भन्ने होइन । शान्ति र संविधान मुख्य कार्यभार हो । बहुमतीय प्रणालीबाट सरकार बने पनि राजनीतिक मुद्दामा सहमतिबाट अघि बढ्छ । संविधान निर्माण दुई तिहाइ बहुमतबाटै अघि बढ्छ । त्यसका निम्ति सबै प्रमुख दलको सहभागिताबिना सम्भव छैन । राष्ट्रिय सहमति अनिवार्य छ । सरकारमा सहमति बनेन भन्दैमा शान्ति र संविधानमा राष्ट्रिय सहमति बन्दैन भन्ने हुँदैन । सबै प्रमुख दलका प्रमुख नेता रहेको उच्चस्तरीय संयन्त्र बनाउँछौं ।
त्यो राजनीतिक संयन्त्रलाई सबै राजनीतिक दलहरूलाई शान्ति र संविधानमा अग्रसर गराउँछौं । यसरी राष्ट्रिय सहमति बनाउँछांै । निश्चित अवधिमा पूरा गरेपछि अरू दल कांग्रेस, एमालेलाई फेरि सरकारमा सहभागी गराउने प्रयत्न हुन्छ । म त्यसमा सफल हुन्छु भन्ने विश्वास छ ।

शान्ति प्रक्रिया कति छिटो अघि बढ्ला ?
हामीलाई समयको चाप निकै छ । छिट्ट्रै मन्त्रिमण्डललाई पूर्णता दिनेबित्तिकै शान्ति प्रक्रिया अघि बढाउने काममा लाग्छु । हाम्रो पार्टीले निर्णय गरेजस्तै डेढ महिनाभित्र शान्ति प्रक्रिया टुंग्याउन सहमति खोजिनेछ । भ्रम के नरहोस् भने म आउनबित्तिकै डेढ महिनामा पूरा गर्ने भन्ने होइन । सहमति निर्माण गरी कार्यान्वयनमा जाने काम हुन्छ ।

नागरिकलाई राहत दिन संसद्मा पेस भएको बजेट संशोधन गर्नुहुन्छ ?
बजेटलाई आवश्यक सुधार गर्छौं भन्ने प्रतिबद्धता गरेका छौं । पुरानो सरकारले ल्याएको बजेट पारित भएको छैन । के विधिबाट परिमार्जन गर्न सकिन्छ भन्नेमा छलफल गर्नेछांै । त्यसबारे अर्थ मन्त्रालयसँग परामर्श लिन सुरु भएको छ ।

मधेसवादी दलहरूसँग सहकार्य कस्तो होला ?
वास्तवमा नेपालको मुख्य परिवर्तनकामी पहिलो शक्ति माओवादी हो । जनयुद्धको जगमा बनेको शक्ति हो । अर्को भनेको मधेसवादी शक्ति हो । उनीहरू पनि संघर्ष र संविधानसभाबाट आएका हुन् । उनीहरूसँगको एकताले अग्रगमनको परिवर्तनको आधार तयार गर्छ । माओवादी र मधेसवादीबीचको सहकार्य महत्त्वपूर्ण सुरुआत हो ।

संविधानसभाको म्याद सकिँदै छ, कसरी सहमति गर्नुहुन्छ ?
हामी तुरुन्तै भोलि नै पहिलेको सरकारले प्रस्तुत गरेको विधेयकलाई अपनत्व ग्रहण गरेर प्रस्तुत गर्छौं । पहिलेको सरकारले तीन महिना म्याद थप्ने प्रस्ताव गरेको छ, त्यो पर्याप्त हुँदैन । सबै राजनीतिक दलसँग सहमति जुटाएर प्रस्तुत गर्ने काम हुन्छ । मोटामोटी ६ महिना थप्ने गरी सहमति खोजिने छ ।

मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ ?
सानो मन्त्रिपरिषद् भोलि (सोमबार) बनाउँछु । त्यसपछि केही दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । ठूलो मन्त्रिपरिषद् बनाउनु हुँदैन भन्ने पक्षमा छु । ठूला मन्त्रालयमा पनि आवश्यकताअनुसार राज्यमन्त्री राख्नुपर्छ भन्ने सोचाइमा छु । मन्त्रिपरिषद् बनाउन आवश्यक मापदण्ड बनाउने विचार गरेको छु । मन्त्री हुनका लागि निर्वाचित सभासद हुनुपर्छ । समावेशी, महिला, जनजाति र दलित हुनुपर्छ । अरू घटकलाई पनि त्यहीअनुसार संरचना बनाउन आग्रह गरेको छु ।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पार्टीभित्र र बाहिर दबाब छ, कसरी मिलाउनु हुन्छ ?
म पूर्ण विश्वस्त छु । माओवादी पूर्णरूपमा एकताबद्ध छ । शान्ति र संविधानको कार्ययोजना एकढिक्का भएर आएको छ । पार्टीभित्र बहस त भइहाल्छ । पार्टी बाहिरबाट पनि सबैलाई मिलाएर जाने प्रयत्न हुन्छ ।

दुई छिमेकी भारत र चीनसँग कसरी सम्बन्ध विस्तार गर्नुहुन्छ ?
पृथ्वीनारायण शाहको पालादेखि नेपाल दुई ढुंगाबीचको तरुल भन्ने सोच पुरानो हो । अहिलको वित्तीय भूमण्डलीकरणको विज्ञान र प्रविधि विकास गरेको युगमा दुई ढुंगाको तरुल भएर कोही पनि बस्न सक्दैन । चीन र भारतसँग जीवन्त प्रकारको सम्बन्ध हुनु पर्छ । त्यहीअनुसार विदेश नीति बनाउनुपर्छ । दुई छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने काम गर्नुपर्छ । पञ्चशीलका आधारमा सम्बन्ध विकास गर्नुपर्छ ।

Posted on : 0000-00-00

Source :kantipur


More Topics
•»

बिहेको लागि अझै तीन वर्ष समय तोकेकी छु-गायिका सुनिता दुलाल

•»

न्युड सिनलाई मैले सहज रूपमै लिए-नायिका अरुणिमा लामा

•»

गरीव देशको धनी भनेर चिनिने मन छैन-उपेन्द्र महतो

•»

अमेरिकाले अब नेतृत्व लिने समय आएको छ -प्रल्हाद केसी

•»

Interview with Dilshova Shrestha

•»

महिला ट्राफिकमा पनि ग्ल्यामर

•»

यति धेरै माया नदेऊ अटाउने मुटु छैन-गायिका सविना कार्की

•»

गायिका मल्लिका कार्कीसँग जम्काभेट

•»

मलाई एमाले छाड्दा पीडाबोध भएको छ : झा

•»

ऋषि धमला: पहिले हकर, पत्रिका बेच्थे, ऐले PM को बेडरुमसम्म

•»

देश अब अगाडि बढ्यो : रेग्मी

•»

सडकबाटै यो सरकारलाई विस्थापित गर्छौ : वैध

•»

राजेशकी प्रेमिका भन्छिन्,-'उहाँलाई प्रेम गर्नै आउँदैन'

•»

दर्शकले रुँदै हेरे मैना

•»

ब्लु फिल्म घीन लाग्छ- शोभिता सिंखडा, नायिका

•»

हेटौंडा-काठमाडौं सुरुङ मार्ग चार वर्षमा बनाउँछौँ -जोशी

•»

दूतावासलाई डिमाण्ड (भिषा) प्रमाणिकरणको एकाधिकार दिइनुहुंदैन - किरण किशोर घिमिरे

•»

Mahima Silwal: Sex should involve Feelings, Emotions & Love

•»

सिम्पल खनालसँग जम्का भेट

•»

बाबुरामलाई के को सम्मानजनक बहिर्गमन ?

•»

नेपालमा छाडा सेक्स विक्दैछ-सरोज खनाल

•»

पूजनाकै शरीर हेर्ने मन छ त म के गरौं ?

•»

साउदी र कुवेत भुलेर पनि नजानू - मुना नेपाल श्रेष्ठ नेपाली साहित्य दूत, ओमान

•»

नायिका सविना कार्कीसँग हट टक

•»

राष्ट्रिय सहमतिको लागि गोलमेच सभामा जानैपर्छ-प्रकाण्ड, नेकपा-माओवादी

•»

‘मैले हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन’-देवीप्रसाद

•»

फेरि पनि अध्यादेशबाट बजेट ल्याउन सकिन्छ

•»

कोही छैन, सिंगल नै छु

•»

छोडिदेऊ यार, म यस्तै छु

•»

"प्रेम अभिव्यक्ति गर्ने सुन्दर र अन्तिम माध्यम नै यौन"-जिया केसी (नायिका)

•»

म सिंगल नै हो : गायिका सुनिता दुलाल

•»

Interview With Sunil and Jharana Thapa

•»

संघीयतासहितको संविधानमा सहमति भए राजिनामा दिन्छु-प्रधानमन्त्री

•»

NRNAले खाडीका श्रमिकहरूको मन,आस्था र बिश्वास जित्न सकेको छैन – Dharam KC, President NRNA-NCC,KSA

•»

जनताको अल्टरनेटिभ पनि राजसंस्था हुनसक्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

•»

शुश्मा कार्कीसँग अन्तर्वार्ता

•»

जीविकोपार्जन गर्न गाह्रो छ : गायिका रीमा

•»

'मेरै नेतृत्वमा सहमतीय सरकार'-प्रधानमन्त्री बाबुराम भट्टराई

•»

म एकदमै सेक्सी छु/ब्लु फिल्म हेर्दा काउकुती लाग्छ

•»

पुरुषले जानेर कसैको घर भत्काउँदैन