Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

Poem/Gajal


बुलेट प्रुफ

राकेश कार्की,लस् एन्जेलस्

Articles/Opinion
Interview/Talks

Interview/Talks

म पोल्टिकल मान्छे पनि होइन : पूर्व यूवराज पारस शाह

प्रस्तुतीः शंकर आचार्य

राजतन्त्रको समाप्तीसँगै प्रायः सिंगापुरमै बस्दै आएका पूर्व यूवराज पारस शाह बुधबार बिहान बीरगन्जमा झुल्किए । उनी आइतबार मात्रै सिंगापुरबाट काठमाडौं उत्रिएका थिए । लामो दाह्री र कपालमा देखिएका उनीसँग बीरगन्जका सञ्चारकर्मीले गरेको साक्षात्कारः

· तपाई यहाँ किन आउनु भएको हो ?


शाह: म यहाँ सामाजिक र धार्मिक कामको लागि आएको हो । त्यतिमै सीमित गर्न तपाईहरुलाई आग्रह गर्छु । अहिले राजनीतिक कुरो गर्ने समय होइन । एउटा समय आए
पछि जनताले चाहे बोल्ने छुँ ।


· त्यो समय कहिले आउँछ त ? जेठ १४ पछि ?


शाह: यो त नेपाली जनताको हातमा छ ।


· सिंगापुरको एक संचार माध्यममा तपाईले नया दल खोलेर नेपाली जनताको माझमा जाने कुरा गर्नु भएको थियो ?


शाह: त्यस्तो मैले केही भन्या होइन । तपाईहरु मोड्नु हुन्छ । मैले केही भन्या छैन । जनताले गर्छ भने भने चुनावबाट जे पनि हुन सक्छ ।


· राजतन्त्र फेरि पनि फर्कने सम्भावना छ कि छैन ?


शाह: त्यो कसरी भन्ने त्यो भविष्यको कुरा हो । के हुन्छ के हुन्छ । तपाईले देख्नु भयो यहाँ जनलहर । जनतामा भर पर्छ जस्तो मलाई लाग्छ ।


· जेठ १४ मा संविधान नबने २०४७ को संविधान फेरि व्युँतिन्छ ?


शाह: त्यो मलाई थाहा छैन । म पोल्टिकल मान्छे पनि होइन ।


· पहिले भन्दा ह्यान्डस देखिनुहुन्छ नि ?


Paras Shah in Birjung

शाह: (हात जोडदै) त्यस्तो कुरो नगरौं ।


· जनताको जुन खालको सहभागिता देख्नु भा छ त्यसलाई तपाईंले कसरी हेर्नु भा छ ?


शाह: मैले मात्र भनेर केही मतलब भएन । तपाईहरुले कसरी हेर्नु भा छ ?


· तपाईंलाई के लाग्छ ?


शाह: म त एकदम खुशी छुँ नि हेर्नुस् । व्यक्तिगत रुपमा एकदमै खुशी छु । तपाईंहरुले पनि बुझ्नु पर्ने हो । तपाईहरुले पनि मान्छेलाई बुझाउनु पर्ने कुरा
हो ।


· तपाईंलाई जनताले राजा बनाए बन्नु हुन्छ ?


शाह: म व्यक्तिगत रुपमा बन्दिन होला । संस्था भन्ने कुरा चाँही हो व्यक्तिगत कुरो होइन । हामीले जे गर्ने हो संस्थाले गर्ने हो । द्याट ईज मोर इम्पोर्टेन्ट जस्तो लाग्छ मलाई ।


· हिन्दू राष्ट्र हुनु पर्छ कि पर्दैन ?


शाह: हेर्नुस् म पनि एउटा हिन्दू हो । यहाँ पुजा गर्न आएको हो । यो पोल्टिकल क्वेस्चन कठिन हुन्छ । हेर्नुस् यसमा गयो भने भन्देखिन कसैलाई मन पर्ला कसैलाई
नपर्ला । यस्तोमा किन छिर्ने म ?


· आफ्नो व्यक्तिगत धारणा ?


शाह: यसमा मैले केही बोले भने पोल्टिकल इस्यु हुन्छ ।


· अहिले नेपाली जनताको रुपमा बोल्न पाइन्छ नि त ?


शाह: तर मैले बोलेका कुरा नेपाली जनतालाई सोधे भने हुन्छ । तसर्थ तपाईंहरुले मलाई सोध्नु हुन्छ यस्तो कुरा ? तपाईंलेनै मलाई जनता भन्नु हुन्छ ?


 


· राजसंस्थाले जनताप्रति केही निकास निकाल्ने सोंचमा छ ?


शाह: हामीले त हेर्नुहोस्, जनताले जे भन्छ त्यही कुरा हुन्छ । हामी जनता मान्ने संस्था हो । हामीले कहिल्यै जनतालाई मानी रहन्छौं । अस्ती पनि जनतालाई
मानेरै हामीले गर्या हो । शान्तिको लागि गर्या हो । शान्ती हुनु पर्यो, देशमा हिंसा हुनु भएन, रक्तपात हुनु भएन ।


· धेरै पहिले देखि सिंगापुरमा बसी राख्नु भएको थियो ? अहिले नेपालमा आउनु भएको छ । यो सकृयताको आभाषबाट हामीले के अनुभव गर्ने ?


शाह: अस्ती भर्खर आइतबार नेपाल फर्किएको हो । वीरगन्ज आउनका लागि यहाँ फर्किएको हो । 


· फेरि सिंगापुर फर्किनु हुन्छ ?


शाह: गइहाल्छु नि । वेदर त्यस्तै त्यस्तै छ ।


· मिडियाको माध्यमबाट नेपाली जनतालाई केही भन्न चाहनु हुन्छ कि ?


शाह: हेर्नुस, हामी फेरी लडाई तर्फ जानु हुन्न । नेपाललाई शान्ति चाहिन्छ । विकास चाहिन्छ । यो गर्नलाई तपाईंहरुले एकदम साथ दिनु पर्छ । हेर्नुस् शान्तिबाटै निकास तर्फ जानु पर्छ हामीले ।


· अहिलेको राजनीति अवस्थालाई कसरी हेर्नु भा छ यहाँले ?


शाह: मैले हेरेकै छैन । म त भर्खरै आएको हो ।


· भारतीय मिडियाले केही समय पहिले तपाईको बारेमा नकारात्मक खबर छापेको बारेमा के भन्नु हुन्छ ?


शाह: मैले त्यही बेला एउटा स्टेटमेन्ट निकाली सकेको थिए । मलाई त्यो केही होला जस्तो लाग्दैन । पोल्टिकल जस्तो लाग्छ ।

· नेपालमै बस्नु पर्छ । नेपालमै स्थापित हुनु पर्छ जस्तो लाग्दैन ?


शाह: तपाईंहरुले भन्यो भने आइहाल्छु नि । तपाईंहरुले जा भनेर निकाल्दिनु भयो । आइज भन्नुस आउछु नि ।


· सिंगापुरमा रमाईलो छ कि नेपालमा ?


शाह: धेरै अन्तर छ नि । सिंगापुर अर्कै छ नेपाल अर्कै छ । नेपाल भन्या मेरो आफ्नो ठाँउ हो । हेर्नुस् यो ठाँउ त कहीँ पनि हुदैन नि । मातृभूमि हो नि ।
यस्तो ठाँउ कहाँ हुन सक्छ र ? त्यो त बाध्यर भएर पो सिंगापुर गएको ।


· म्युजिक र कलामा कति रुची राख्नु हुन्छ ?


शाह: धेरै रुची राख्छु । मलाई मन पर्छ । म अंग्रेजी, सेन्टिमेल, पप गित मनपराउँछु । मलाई पेन्टिङको चाहीँ शोख छ ।


Posted on : 0000-00-00

Source :Ekantipur


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

thanks nepalarab.com we always need like this news .

May 9, 2010, 7:27 pm
@94.97.176.86


Vivek

We nepali are fools to ask him such a question. Why do we recall our bad dreams. Let us live life with out Kingdom.

April 29, 2010, 1:35 pm
@195.229.237.43



Archieve Interview Headlines