Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

Poem/Gajal


बुलेट प्रुफ

राकेश कार्की,लस् एन्जेलस्

Articles/Opinion
Interview/Talks

Interview/Talks

विनोद मेरा लागि आदर्श पुरुष होइन

अश्विनी कोइराला

मानिसलाई पैसाले आकषिर्त गर्छ, प्राकृतिक वस्तुले आकषिर्त गर्छ, ठूलो पद र प्रतिष्ठाले आकषिर्त गर्छ । यौनले आकषिर्त गर्छ । यद्यपि मलाई पैसाले कहिल्यै आकषिर्त गरेन । कलाकारिताबाहेक कुनै पदले पनि आकषिर्त गरेन । म घुम्न मन पराउँछु, तर त्यसले सधैं आकषिर्त गरेन । त्यसो भए मलाई के कुराले आकषिर्त गर्छ.... लामो समय गुनेपछि मैले बुझें थाहा पाएँ, मलाई पुरुषको व्यक्तित्व एवं व्यवहारले आकषिर्त गर्छ ।

म पुरुषका लागि सौन्दर्य प्रसाधन प्रयोग गर्छु । म पुरुषका अघि राम्री देखिन चाहन्छु । मलाई सम्झना हुन्छ- जब मेरो नजिक कुनै पुरुष पत्रकारले अन्तरवार्ता लिइरहेको हुन्छ, म आफ्नो सौन्दर्यप्रति सचेत हुन्छु । म त्यही कुरा बोल्छु, जुन कुरा पुरुषहरू मन पराउँछन् । फोटोपत्रकारले मेरो तस्बिर लिइरहँदा मलाई लाग्छ, म सम्पूर्ण पुरुषमा आफ्नो सौन्दर्य छरिरहेको छु । म पुरुषसँग रहँदा करिश्मा भएको बोध गरिरहेकी हुन्छु । पुरुषबिना करिश्मा मानन्धरको कुनै अर्थ छैन, उसको सौन्दर्यको पनि कुनै मूल्य छैन । करिश्माले जीवनमा जे-जस्तो सफलता हासिल गरेकी छे, त्यो सफलताका पछि पुरुषको आँखा, पुरुषको मन एवं पुरुषको सम्मान नै हो ।

०००

karishma manandhar सर्वप्रथम मैले पुरुषलाई परैबाट चिनंे । मलाई पुरुष भन्नेबित्तिकै आफूलाई स्कुलमा पढाउने शिक्षक हो भन्ने लाग्थ्यो । चलचित्रमा सानो उमेरमा प्रवेश गरें, त्यसैले पुरुष भन्नेबित्तिकै केश फुलेको निर्देशक हो भन्ने लाग्थ्यो । सानैदेखि बुबाको मायाबाट वञ्चित भएका कारण मलाई पुरुष प्रेमी कम अभिभावक बढी हो भन्ने लाग्थ्यो । त्यसैले मलाई चकलेटी, आकर्षक वा बडी बिल्डर पुरुषले आकषिर्त गर्दैनन् । पुरुष मेरा लागि हाम्रो समाजले अंगीकार गरेजस्तै कम बोल्ने तर महत्त्वपूर्ण कुरा बोल्ने हुनुपर्छ । उसमा पीताको जस्तो अभिभावकत्व एवं गुरुको जस्तो ज्ञान हुनुपर्छ । मेरो आदर्श पुरुष त्यही हो, जो बाहिर हेर्दा साधारण, भित्र असाधारण व्यक्तित्वको धनी होस् । पहिलो भेटमा कुन पुरुष कति आकर्षक रूपमा मेरा अघि देखा पर्‍यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुँदैन । बरु समय बित्दै जाँदा उसले मलाई कति बढी प्रभावित बनाउँदै लग्यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुन्छ । त्यस्ता पुरुषलाई मात्र मैले आदर्श मानें, जसले मलाई भित्रैदेखि प्रभावित तुल्याउन सके । एकपटक मैले जुन पुरुषलाई सम्मान दिएँ, त्यसलाई सधैं मनमा राखें ।

२०४३ सालतिर हुनुपर्छ, म भर्खरै नायिका भएकी थिएँ । नायिका भएपछि जुन सम्मान प्राप्त हुन थालेको थियो, त्यसले म आफू अरूभन्दा विशेष हुँ भन्ने लाग्न थालिसकेको थियो । त्यसैबेला एक जना पुरुष बेला-बेलामा मेरो नजिक हुन्थे र दुई-चार कुरा बोल्थे । मेरो व्यवहार उनीप्रति विशेष हुँदैनथ्यो । किनभने ती पुरुष त्यसबेला चलचित्रका साधारण हास्य-कलाकारका रूपमा चिनिन्थे । समय बित्दै गयो, म पनि लोकपि्रय हुँदै गएँ । उनी पनि लोकपि्रय हुँदै गए । यति हुँदा पनि हाम्रो व्यवहार साधारण नै थियो । मेरो विवाह भयो, उनले पनि विवाह गरे । त्यसपछि भने ती पुरुषले मलाई साह्रै आकषिर्त गर्न थाले । उनको ट्यालेन्सी यति माथि आउन थाल्यो कि उनी अचानक मेरो आदर्श हुन थालें । हुँदाहुँदा मेरो अवस्था यस्तो हुन थाल्यो कि उनका अघि बोल्दा पनि म नर्भस हुन थालें । उनीसँग मेरो खपिनसक्नुको प्रेम हुन पुग्यो । मेरो अभिभावक हुनुहुन्थ्यो, अञ्जली दिदी । उहाँलाई मेरो अवस्था थाहा भयो । उहाँले भन्नुभयो, यसरी नर्भस भएर बस्नुभन्दा यो सम्बन्धलाई विस्तार गर, उहाँका श्रीमान्-श्रीमतीलाई खाना खान बोलाऊ । यसले तिमीलाई सहज वातावरण दिन्छ । मैले उहाँहरूलाई खाना खान बोलाएँ । उहाँहरू दुवैलाई मेरो प्रेमको अन्दाज भएछ क्यार, उहाँहरूले त्यसको सम्मान गर्नुभयो । मेरो वैवाहिक जीवन सुखपूर्वक चलिरहेको छ, तर कुनै आदर्श पुरुष सम्भिmए भने म उनैलाई सम्झन्छु । हरिवंश आचार्य पुरुष सौन्दर्यका हिसाबले आकर्षक नाम होइन, तर उनी करिश्माका लागि आदर्श पुरुष हुन् ।

०००

karishma manandharअभिनयका हिसाबले राजेश हमालसँग मेरो केमेस्ट्री मिल्छ । यद्यपि पर्दामा केमेस्ट्री मिल्नु र व्यवहारमा केमेस्ट्री मिल्नु फरक कुरा हुन् । मेरो जीवनमा राजेश हमाल पनि त्यसैगरी आए, जसरी हरिवंश आए । २०४६ सालपछि चलचित्र भाग्यरेखामा भेटिएका राजेश हमालमा विदेशमा पढेको फुर्ति थियो । खान्दानको चहक पनि थियो सायद । पढेलेखेको अहम पनि हुन सक्छ । मलाई उनको व्यवहार अनौठो लाग्यो । त्यसबेला धेरै लामो भेट हुन पाएन, त्यसैले उनको व्यवहार धेरै अध्ययन-अनुभव गर्न सकिएन । तीन-चार वर्षपछि चलचित्र 'भाउजू' मा सँगै अभिनय गर्दा भने उनलाई नजिकबाट नियाल्ने अवसर मिल्यो । प्रारम्भका दिनमा उनी विशेष थिएनन् । चलचित्रकर्म अघि बढ्दै जाँदा उनको व्यवहार, विद्वता एवं शालिनता यसरी प्रकट हुन थाल्यो कि त्यो कहिल्यै घटेन, बढ्दै गयो । आज करिब २० वर्षपछि पनि मलाई लाग्छ, जुन रहस्य म थाहा पाउन चाहन्छु, त्यो राजेश हमालभित्र कैद छ । त्यसैले उनीप्रति मेरो आकर्षण उत्तिकै छ । मलाई लाग्छ, पुरुषत्व भित्री तहमा हुन्छ, जुन एकैपटक प्रकट भयो भने त्यसको सौन्दर्य हराउँछ, यो धारावाहिक जस्तो प्रत्येक एपिसोड आकर्षणको बिन्दु बाँकी राखेर सकिनुपर्छ ।

०००

यति हुँदाहुँदै पनि मेरो जीवनमा विनोद मान्ान्धरको स्थान व्यक्ति र पृथ्वी, श्वास र शरीरजस्तै छ । म करिश्मा मानन्धर हुँ, केसी होइन । म अमेरिकामा छु कि अरू कुनै भूगोलमा, त्यसले कुनै फरक पार्दैन । मजस्ती आधुनिक युवतीले यस्तो कुरा गर्दा कहिलेकाहीं मानिसले शंका व्यक्त गर्न सक्छन्, तर सत्य हो । विनोद पृथ्वी हो र मैले टेक्दा विनोदमाथि नै टेक्नुपर्छ । विनोद श्वास हो र मैले उसलाई नै फेर्नुपर्छ । यदि विनोदको स्थानमा अरू कुनै पुरुष भएको भए सायद हाम्रो मिलन यति लामो नहुन सक्थ्यो । उसले मेरो हरेक सनकलाई सहेको छ । मलाई अमेरिका बस्न मन लाग्यो कि नेपाल, मलाई बरालिएर हिड्न मन लाग्यो कि गृहिणी हुन मन लाग्यो, त्यसअनुसार वातावरण मिलाइदिने पुरुष हो- विनोद । कहिलेकाहीं मलाई लाग्छ, मेरो स्वभावका कारण विनोदमाथि अन्याय भएको छ, तर ऊ यो कुरा देखाउँदैन । बरु मेरो खुसीका लागि आफ्ना अप्ठयाराहरू बिर्सिदिन्छ । एउटी श्रीमतीका रूपमा ऊजस्तो पुरुष पाउनु मेरा लागि गर्वको कुरा हो । हरेक श्रीमती यस्तै चाहन्छन्, अरूले पाएका छन् कि छैनन्, तर मैले पाएकी छु । उसले मलाई छोरीलाई जस्तो केयर गर्छ । गुरुजस्तो जीवन दर्शन पठाउँछ । सहयोगीको जस्तो सेवा गर्छ । मेरा लागि अप्ठयाराहरू सहिदिन्छ । उसको यही बानीकै कारण म कायल छु । यति हुँदाहुँदै पनि विनोद मेरा लागि आदर्श पुरुष होइन । कल्पनाको आदर्श पुरुष त विनोद, राजेश, हरिवंशजस्ता सात पुरुष जोडेपछि मात्र तयार हुन्छ, कुनै सिनेमाको काल्पनिक हिरोजस्तो ।

०००

karishma manandharमेरो व्यावसायिक जीवनमा म पुरुषहरूको माझमै रहें । फोटोग्राफर राजीव श्रेष्ठले सधैं तिमीजस्ती राम्री कोही छैन भन्ने भाव जगाइरहे । उनका अघि जस्तोसुकै ग्ल्यामर पोज दिँदा पनि मलाई फिल हुँदैन, उनी अपोजिट सेक्स हुन्, तर न त उनी बहकिन्छन्, न त म नै बहकिन्छु । बरु मभित्रको सौन्दर्यबाहिर निकाल्न उनी कहाँ के खोजीरहेका छन्, त्यसमा साथ दिनु म आफ्नो ड्युटी सम्झन्छु । चलचित्रका प्रारम्भका दिनमा मेरो हिप ठूलो देखाउन निर्देशकहरूले प्याड लगाइदिन्थे । उनीहरूको उद्देश्य पनि मेरो सौन्दर्य बाहिर आओस् भन्ने नै हुन्थ्यो । ड्रेस तथा मेकअप म्यान, निर्देशक सबैको धोको एउटै हुन्छ, कसरी करिश्मा राम्री देखिन्छे ? यी सबै पुरुष मेरो सौन्दर्य छर्न चाहन्छन्, त्यो पनि सम्मानजनक रूपमा । एउटी महिलाका लागि यो ठूलो कुरा हो ।

०००

कतिपयले भन्छन्, पुरुषहरू हिंस्रक हुन्छन् । उनीहरू महिलामाथि हाबी हुन चाहन्छन् । उनीहरूमा मपाइँत्व यति धेरै हुन्छ कि महिलाको जस्तासुकै ट्यालेन्सी पनि दबेर जान्छ । मेरो जीवनमा त्यस्ता पुरुष कहिल्यै आएनन् । मैले पढे-सुनेअनुसार त्यस्ता पुरुष हुनचाहिँ हुन्छन् । खराब र असल समाजको नियति नै हो । नराम्रो भएकैले राम्रोको महत्व बढेको हो । त्यसैले समाजमा खराब पुरुषको बोलवाला छ भन्ने कुरा म मान्दिनँ ।

०००

म अमेरिकामा बस्दा धेरै अमेरिकीहरू सोझै शारीरिक सम्बन्धको प्रस्ताव राख्न आउँथे । एउटी राम्री अनि एक्ली युवती देखेपछि त्यसरी प्रस्ताव राख्नु त्यहाँको चलन नै हो । म अमेरिकामा किन रमाउन सकिनँ, किन तानिएर फेरि नेपालमै आएँ, यसको एक मात्र कारण त्यहाँको संस्कृति हो । एउटा पुरुष वा नारी भोग्नका लागि हुँदै होइनन् । ती त प्रेम, आदर्श र त्यागका लागि एक-अर्कासँग जोडिएका अंग हुन् । सौन्दर्यका हिसाबले नेपालका पुरुष मध्यम छन्, तर उनीहरूमा संस्कार छ । त्यसबाहेक मलाई कर्ण शाक्यको पुस्तकमा भएको एउटा वाक्यले निकै गम्भीर बनायो । उनले लेखेका छन्, 'एउटा नेपाली विदेशमा बस्दा रुटलेस, नेमलेस र फेसलेस हुन्छ, अनि ऊ कसरी विदेशमै बस्न सक्छ ?' मलाई यस्तो गम्भीर कुरा भन्ने, लेख्ने र देखिने पुरुषहरू मन पर्छन् । यस्ता आदर्श पुरुष नेपालमा जताततै छन्- विजयकुमार, रवीन्द्र मिश्र, विजय पौडेल, गगन थापा, विकास राणा... ।

Posted on : 0000-00-00

Source :Saptahik


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

minal

didi tapaiko jiban sanga dajera herna nasake pani tadhai batta tapailai badhi man parauchhu.

June 5, 2010, 12:47 pm
@195.229.235.39


durga prasad puri

karish ma di ta dherai cute ani bold nayika hun yini kahile budi hudinan

June 3, 2010, 3:09 am
@124.41.196.23


ka

So is saying that she did not have any sexual relationship with any americans.But it is unbeleiveable. You stayed longtime without your husband for what? Karishma we know you and Nepalese actresses like Namrata and Pooja

June 2, 2010, 1:36 pm
@80.120.254.148


ramu hamal

waw karisma ji waw tapai ko bichar lai mannu par6.

May 24, 2010, 8:49 am
@208.35.223.129


krishna bhatta

i m very happy for your good suggestion for nepalese movies industy?

May 22, 2010, 7:22 pm
@219.94.63.86



Archieve Interview Headlines