Thursday June 20, 2013

कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. ::::::

Interview/Talks

लोकेन परियार : नेपालीको शान,मिस्टर चाईना हङकङ वडि विल्डर

राई चन्द्र दुमी

काठमाण्डौँको सामाखुशीमा आमा ज्ञानुमाया र बाबा रण बहादुरको कोखमा ३५ बर्षघि जन्मेका लोकेन्द्र परियार भर्खरै सम्पन्न वडि विल्डिंग {शारिरिक सुगठन} प्रतियोगितामा हङकङ नेपाली समुदायबाट भाग लिएर हङकङमै प्रथम आएका छन । चाईना हङकङ वडि विल्डिङ एशोसियसनले आयोजना गरेको उक्त प्रतियोगितामा हङकङस्थित नेपाली वडि विल्डिङ एसोसियशन हङकङले भने नेपालबाट मिस्टर नेपाल बिजेता सानु गुरुङलाई सिफारिस गरेर भाग लिएको थिए । एसियामात्रै नभएर अरु धेरै मुलुकहरुले भाग लिएको सो प्रतियोगितामा २ नेपालीहरुमध्य लोकेन्द्रले स्वतन्त्र आफ्नै मनखुशी, आफ्नै लगानीमा केवल नेपाल नाम लिएर भाग लिएका हुन । नेपाली नामलाई उचाईमा पुर्याउँन लोकेन्द्र अगाडि आएको सारा हंगकङे खेलप्रेमीहरु उनीप्रति उत्सुक र जिज्ञासुक देखिएको छ

दुमीः-हिजोआज के गर्नुहुँदैछ ?


लोकेनः- उहि र्सवसाधरण आम नेपालीहरु जे गछौँ त्यस्तै हो । ड्युटी गर्यो आयो । र फरक भनेको क्लवमा गएर एक्सरर्साईज गर्छु


दुमीः-खेलबाहेक अन्य कामपनि गर्नुहुन्छ ?


लोकेनः- {हाँस्दै} खेलले मात्रै अहिलेनै बाँचिहाल्ने वातावरण र परिस्थिति बनिहालेको छैन ।


दुमीः-होईन यो जुन ६,२०१० आईतवारको प्रतिस्पर्धाले त तपाईलाई धेरै उचाईमा पुर्याएको छ नी………….अवत……..


लोकेनः- अँ त्यो बिजयले अन्तराष्ट्रिय माहौलमा छिर्ने बाटो भने खोलिएको छ, हेरौँ यहाहरु सवैको सहानुभूति माया र मेरो प्रयासमा भरपर्ने कुरा हो ।


दुमीः-नेपालबाट भाग लिने सानु गुरुङलेत जजमैन फियर भएन भनेका छननी…….


लोकेनः- मलाई त्यस्तो लाग्दैन, उनिहरु जज यसै भएका होईनन, आजीवन खेलमा बिताएका सिनियर वडि विल्डरहरु थिए, जस्ले धेरै अन्तराष्ट्रिय खेलहरुमा जजमैन्ट गरिसकेको रेकर्ड रहेछ ।


दुमी-उसोभए सानुको आफ्नो पराजित मानसिकताको गुणाशोमात्रै हो ?


लोकेनः- म त्यस्तोपनि भन्दिन, साँच्चै भन्ने हो भने म कसैलाई दोष नदिएर आफ्नो लक्ष्यमा अघि बढन चाहन्छु। खुट्टा तान्ने प्रबृत्ति मलाई पटक्कै मन पर्दैन ।


दुमीः- यस्को मतलव कसैले अन्यायनै गरेपनि सहेर बस्ने हो ?


 


लोकेनः-सानो तिनो कुरामा म बिवाद गर्न चाहन्न । किनभने सानोतिनो कुराहरु दर्शकहरुले छुट्याएका हुन्छन । साँच्चै भन्ने हो भने हरेक क्षेत्रको जजमेन, सही समिक्षक भनेकै दर्शक श्रोताहरु हुन । जस्तो २००९ को हङकङ नेप्लिज वडिविल्डिङ एसोशिएसनले आयोजना गरेको मिस्टर हङकङमा दर्शकहरुको मात्रा अनुसार हुटिङ आएपछि मलाई पछि पारियो, म विनर हुनेमान्छेलाई म आवद्ध मेरो पार्टि, मेरो खेल क्षेत्रको क्लव, र आफन्तहरुलाई इन्कार गर् भन्दाभन्दैपनि मैले नेपाली साथीहरुले आर्जेको नेपाली वडी विल्डीङ एसोसिएशन क्लवको कार्यक्रममा बखेडा झिकेर बिवादित गर्न चाहिन त्यो अन फियर नतिजा मैले स्विकारें । तर पछि सुन्नुभयोनी तपाईहरु जस्ता आम बौद्धिक बर्ग र खेलप्रेमीहरुको गुणाशो अहिलेसम्मै आईरहेको छ । लोकेननै थियो मिस्टर हंगकंग भनेर ।


दुमीः- दर्शकहरुबाट त पुराना शम्भु तामांग लोकेनहरुले नयाँ पुस्तालाई छाडिदिनु पर्छ यिनीहरु लोभी,पो भनेका थिएत………


लोकेनः- दर्शकहरुको माग वा गुणाशो सही थियो, मलाईपनि किञ्चित मनले मानेको होईन । तर आयोजकहरुले हामीलाई अनुरोध गरे मन्चमा उत्रिनै पर्छ भनेर । खासै नढाँटी भन्नपर्दा क्लवले यस क्षेत्रमा खेलाडी उत्पादन गर्न सकेको छैनपनि र शम्भुजी हामीहरुले मन्च कभर नगरीदिएको खण्डमा मिस्टर हंगकंग नेपाल २००९ उति रोचक हुनेपनि थिएन । त्यसैले एक किसिम कसैको ब्यापारमा बिकृको बस्तुजस्तो भएर मन्चमा गएँ अहिलेपनि लघुतावोध फिल भईरहेको छ ।


दुमी-वडि विल्डींग एसोशिएसन हंगकंग नेपालले खेलाडी उत्पादन होईन ब्यापार बढी ब्यापार गर्दैछ भन्ने मेफसलमा हल्ला छ तपाई यस्लाई कसरी लिनुहुन्छ ?


लोकेनः- मेम्बर फि, प्रायोजकहरुबाट उर्ठाईने सहयोग रकमहरु र त्यस्को दुरुपयोग, नचाहिंदा तडक भडक हेर्दा एक किसिम त्यस्तै जस्तो भएको छ ।


दुमीः-यसको विकासकोलागि के गर्नु आवश्यक छ ?


लोकेनः- नेपाली स्वाभिमानलाई उच्च राख्ने हिसाव कितावले भाईबन्धु नगरी खेलाडीहरुलाई उत्साहित गर्दै तल्लो इकाईदेखिनै समुह समुह छुट्याएर प्रतिस्पर्धा गराउँने । सञ्चित रकमबाट खेलाडीहरुलाई आवश्यक हर सामाग्रीहरुको ब्यवश्थापन गर्ने । बिभिन्न प्रतिस्पर्धाहरुमा कम्पिटिशन गराएर छनौट गर्ने गर्नुपर्दछ ।


दुमीः-कतिले जातीय साम्प्रदायिकतापनि भनिरहेका छननी ? २००९ को प्रतियोगितालाई ?


लोकेनः- यदि त्यस्तो हो भने उनिहरु यति धेरै असभ्य छन की उनिहरु कहिल्यै मानिस हुन सक्दैनन र देश अघि बढनमा कुनै सहयोग पुर्याउँन सक्दैनन । यो त ब्रम्हाणवादी धर्मशास्त्र अनुसार बर्गिकरण गरिएको आफ्नै नेपाली दाजुभाईलाई शोषण गर्नेमाध्यममात्र हो । आजको जमानामा जातिपाति छुट्याउँने जो हो उ जातले जे सुकै भएपनि बर्ग र धर्मले ब्रम्हाणवादी हो जो आफ्नो पशुपतिनाथमा गोराहरुलाई सार्की भनेर छिर्न दिदैनन तर गोराको ख्रिश्चियन धर्मममा खुल्लाछ लुसुलसु उस्को छोराछोरी ख्रिश्चियन बन्दैछन, सार्कीबन्दैछन ।


दुमीः-भनेपछि फियर जज भएको होईन रहेछ, तर माथि भन्नुभयो चाईनीज जजमैण्टहरु त्यस्तो पार्सलिटी गर्दैनन ?


लोकेनः- वडी विल्डीङ एशोसिएसन भनेको ब्यापारिक संस्थापनि हो रहेछ, मलाई लाग्छ जजहरुलाई त्यस्तो घोषणा गर्न बाध्य गर्राईयो ।


दुमीः- तपाई संसारसंग सम्बन्ध राख्ने वेभर्साईडहरुसंग अन्तर्वार्ता दिईरहनुभएको छ नी?


 


लोकेनः- त्यो मलाई थाहा छ, र तपाई खेलप्रेमी कलाप्रेमी र छुच्चा पत्रकार भन्नेपनि थाहा छ । उसो भए तपाई भन्नोस वडी विल्डिङ एसोसिएशन नेपाल हंगकंगले हङकङमा खेल क्षेत्रलाई उकास्न चाहेको हो भने हामी यतिका खेलाडीहरुलाई छाडेर किन सानु गुरुङलाईनै सिफारिस गर्दैछत ? तपाईले भन्नुभएजस्तो जातीय क्षेत्रीय साम्प्रदायिकता,त यहापो देखियो होईन र?


दुमीः-तईकोबारे ब्यक्तिगत कुरा गरौँ यस खेलबारे कस्को कस्तो सहानुभूतिले अघि बढनुभएको हो ?


लोकेनः-कसैको सहानुभूति सल्लाह भन्दापनि म उचाई अनुसारको साह्रै ब्लो मान्छे साथीहरु सवैले हावाले उडाउँला भन्दै जिस्काउँथे र आफैले विकल्प खोज्ने क्रममा यस क्षेत्र अँगाल्न पुगिएछ ।


दुमी- यली जित्नु भएको के के कुन कुन र्टाईटलमा हो ?


लोकेनः-७० केजी ओभर नोभाईसमा र्सवश्रेष्ठ उपाधि पाएको छु र ८० केजी मा सेकेण्ड रनर अप भई पुरस्कार ट्रफि पाएको छु ।


दुमीः- स्टर नेपाल सानु गुरुङले पाएको उपाधि के के हो ?


 


लोकेनः-७५ केजी तौलमा २ समुह गरी फर्स्ट रनरअप र बेस्टपोज जित्नुभएको हो सानुले ।


दुमीः-कस्तो महसुस भईरहेको छ ?


लोकेनः-यौटा नेपालीले सेतो, कालो, गहुँगोरो बिभिन्न राष्ट्रियता बोकेको बिभिन्न मुलुकका खेलाडीहरुसंग प्रतिस्पर्धा गरेको अवश्थामा प्रथम पोजिशनमा आउँनु हामी सवै नेपालीको गौरवको कुरा होईनर ?


दुमीः-मलाई नेपाली क्लवले सिफारिस गरेको होईन आफुखुशी खर्च ब्यहोरेर स्वतन्त्र भाग लिएको भन्दै हुनुहुन्छ अनि कसरी नेपालीको नाम राख्नुभयो ?


लोकेनः-सिफारिसपो गरेनत तर ब्यक्ति त नेपाली गयोनी त्यहा । तपाई भन्नुहोस न यौटा
नेपालीले जहाँपनि आफ्नो स्वाभिमान गौरव कहिले कसरी भुल्नसक्छ ? ले नेपाली झण्डा उचो पारेको छु मैले मेरो परिचय नेपाल दिएको छु । त्यहा नेपाली खेलाडी लोकेन्द्र परियार बकाईदा नाम छ ।


दुमीः- पाईले भन्नुभएको थियो एकपटक नेपाल आफ्नो देशमा धर्मश्री वडि विल्डीङबाट भाग लिने बिचार छ त्यो के सेलायो ?


लोकेनः-समय नमिलेर मात्रै हो बिचार अझै मरेको छैन ।


दुमीः- कहिलेबाट हो यस क्षेत्रमा लाग्नुभएको ?हङकङ प्रवेश अघिबाट की पछि गर्नुभएको हो ?


 


लोकेनः-मैले हङकङ प्रवेशपछि २००२ मा सुरु गरेको हुँ । र २००७ बाट प्रतिस्पर्धामा भाग लिन थालेको हुँ ।


दुमी-कुनै क्लवसंग सम्बन्धित हुनुहुन्छ की या एकसरर्साईज कुन क्लवबाट नगर्नुहुन्छ ?


 


लोकेनः-वान्चाई क्विन एलिजावेथ स्टुडियमको मान्यता प्राप् सदश्य छु ।


दुमीः-मान्यता प्राप्त भन्नाले?


लोकेनः-सुरुमा सदश्य चार्ज र बिशेष शुल्कहरु तिरिरहन पथ्र्यो पछि बिस्वास दिलाईयो सायद र मलाई छुट छ बरु क्लवको तालाचावी म संग रहन्छ हिजोआज ।


दुमीः-तपाईको आफ्नो भन्नु जहाँसम्म लाग्छ धेरै छ तर मुख्य कुराहरु आएपनि सकेहोलान माफ गर्नु होलाहै……..


लोकेनः- केहि छैनकमसेकम तपाई अरुको धारणा बुझिदिने पत्रकार हुनुहुन्छ । मलाई पहिलेपनि मिडियामा ल्याउनु भएकै हो। अरू मिडियाले


खासै चासो देखाएको थिएनन । अहिलेपनि खोज्दै आउँनुभो तपाईको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद यसरी हामीलाई सहानुभूति दिईरहनुभयो भने हामी राष्ट्रको गौरव गर्न लायक खेलाडी हुनसक्छौँ । फेरीपनि धन्यवाद।











Posted on : 0000-00-00

Source :Mulbato


More Topics
•»

बिहेको लागि अझै तीन वर्ष समय तोकेकी छु-गायिका सुनिता दुलाल

•»

न्युड सिनलाई मैले सहज रूपमै लिए-नायिका अरुणिमा लामा

•»

गरीव देशको धनी भनेर चिनिने मन छैन-उपेन्द्र महतो

•»

अमेरिकाले अब नेतृत्व लिने समय आएको छ -प्रल्हाद केसी

•»

Interview with Dilshova Shrestha

•»

महिला ट्राफिकमा पनि ग्ल्यामर

•»

यति धेरै माया नदेऊ अटाउने मुटु छैन-गायिका सविना कार्की

•»

गायिका मल्लिका कार्कीसँग जम्काभेट

•»

मलाई एमाले छाड्दा पीडाबोध भएको छ : झा

•»

ऋषि धमला: पहिले हकर, पत्रिका बेच्थे, ऐले PM को बेडरुमसम्म

•»

देश अब अगाडि बढ्यो : रेग्मी

•»

सडकबाटै यो सरकारलाई विस्थापित गर्छौ : वैध

•»

राजेशकी प्रेमिका भन्छिन्,-'उहाँलाई प्रेम गर्नै आउँदैन'

•»

दर्शकले रुँदै हेरे मैना

•»

ब्लु फिल्म घीन लाग्छ- शोभिता सिंखडा, नायिका

•»

हेटौंडा-काठमाडौं सुरुङ मार्ग चार वर्षमा बनाउँछौँ -जोशी

•»

दूतावासलाई डिमाण्ड (भिषा) प्रमाणिकरणको एकाधिकार दिइनुहुंदैन - किरण किशोर घिमिरे

•»

Mahima Silwal: Sex should involve Feelings, Emotions & Love

•»

सिम्पल खनालसँग जम्का भेट

•»

बाबुरामलाई के को सम्मानजनक बहिर्गमन ?

•»

नेपालमा छाडा सेक्स विक्दैछ-सरोज खनाल

•»

पूजनाकै शरीर हेर्ने मन छ त म के गरौं ?

•»

साउदी र कुवेत भुलेर पनि नजानू - मुना नेपाल श्रेष्ठ नेपाली साहित्य दूत, ओमान

•»

नायिका सविना कार्कीसँग हट टक

•»

राष्ट्रिय सहमतिको लागि गोलमेच सभामा जानैपर्छ-प्रकाण्ड, नेकपा-माओवादी

•»

‘मैले हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन’-देवीप्रसाद

•»

फेरि पनि अध्यादेशबाट बजेट ल्याउन सकिन्छ

•»

कोही छैन, सिंगल नै छु

•»

छोडिदेऊ यार, म यस्तै छु

•»

"प्रेम अभिव्यक्ति गर्ने सुन्दर र अन्तिम माध्यम नै यौन"-जिया केसी (नायिका)

•»

म सिंगल नै हो : गायिका सुनिता दुलाल

•»

Interview With Sunil and Jharana Thapa

•»

संघीयतासहितको संविधानमा सहमति भए राजिनामा दिन्छु-प्रधानमन्त्री

•»

NRNAले खाडीका श्रमिकहरूको मन,आस्था र बिश्वास जित्न सकेको छैन – Dharam KC, President NRNA-NCC,KSA

•»

जनताको अल्टरनेटिभ पनि राजसंस्था हुनसक्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

•»

शुश्मा कार्कीसँग अन्तर्वार्ता

•»

जीविकोपार्जन गर्न गाह्रो छ : गायिका रीमा

•»

'मेरै नेतृत्वमा सहमतीय सरकार'-प्रधानमन्त्री बाबुराम भट्टराई

•»

म एकदमै सेक्सी छु/ब्लु फिल्म हेर्दा काउकुती लाग्छ

•»

पुरुषले जानेर कसैको घर भत्काउँदैन