Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

शालिनीको सुख


रमेश गौतम “पाल्पाली“

“आम्मै ! कति चाँडै बूढी भएकी हो यो ! मभन्दा तीन महिनाले जेठी त होस् नि तँ !” “परिस्थितिले बूढो गराउँदो रहेछ । तँ त झन् तरुनी भइछस् । के छ नि तेरो हालखवर ? ” “ठीकै छ, बरु तेरो बता न । मेरा भिनाजु, अर्थात् विष्णु सरको खवर के छ ?” “खै के छ ? मलाई थाहा छैन । उसैलाई सोध् । मेरो त भेट नभएको पनि १७/१८ वर्षभयो ।”

उसको बोलीबाट ऊ जीवनप्रति सन्तुष्ट भएजस्तो लाग्दैनथ्यो । म अकमक्क परेँ । भँगेरा जस्ती चञ्चले मान्छे पनि यति गम्भिर भइछ । मैले विचारै गर्न सकिन ।

बीस वसन्तपछि बल्ल आज उसित भेट भएको थियो । ऊ अर्थात् शालिनी । मेरा साथीहरू मध्ये ज्यादै मिल्ने साथी थिई ऊ । हाम्रो घर पनि नजिकै थियो र कक्षा पनि एउटै थियो ।

एस.एल.सी. हामीले संगै दियौँ र आइ. ए. पनि सँगै दियौँ । बि.ए.को पहिलो वर्षसम्मपनि सँगै थियौँ हामी, तर दोस्रो वर्षपूरा नहुँदै शालिनीले भिनाजु रोजी । त्यसपछि हाम्रो विछोड भएको हो । आज अचानक पुरानै माइती घरमा हाम्रो भेट भएको छ ।

हामीले बि.ए. दोस्रो वर्षा प्रवेश पाउनासाथै उसको भेट विष्णु सरसित भयो । पहिलो भेटमै विष्णु सरको बाहिरी व्यक्तित्व र कुरा गर्ने तरिकाले शालिनीलाई मोहित पारिहाल्यो । उसले आमासित आफ्नो मनको गाँठो खोलिदिई कुनै कुरा नलुकाएर ।

बढेकी मात्र होइन, पढेकी समेत छोरीले आफ्नो जीवनसाथी रोजी भने आमालाई पनि केको आपत्ति ? तर मान्छेको रूप रङ्ग देखेर मात्र भएन । चिन्नु न जान्नु, त्यसै छोरीलाई दिएर पठाउन आमालाई गारो पनि पर्‍यो ।

“घरवार कहाँ हो ? के हो ? एक पटक दाजुलाई बुझन पठाउँछु । राम्रै रहेछ भने टीका लाएर पठाउँला” भनिछन् उनले ।

अर्को दिन सुरेश अर्थात् शालिनीको दाजुलाई विष्णु सरको मनसाय र घरवार आदि बुझ्न स्कूलमा पठाइन् । विष्णु सरले शालिनीलाई धेरै पहिलेबाटै ड्वाकिरहेका रहेछन् । बोल्न मात्र सकेका थिएनन् भन्ने कुरा सुरेशलाई बताए ।

हुन त शालिनीले पनि पहिले विष्णु सरलाई देख्दैनदेखेकी त कहाँ हो र ? नारायणघाटको सानो बजारमा स्कूल क्याम्पस जाँदा आउँदा बाटोमा धेरैजसो देखादेख हुनु सामान्य नै हो । साथै विष्णु सरले शालिनीलाई देखेर मन पराउने, उसले उनलाई देख्दैदेखिन होली त कसरी पो भन्ने ? यत्ति हो विष्णु सरले उसलाई रुचाएर हेरे, उसले त्यस दृष्टिले हेरिन । यति हुँदाहुँदै पनि बोलचाल नहुनु भने अर्कै कुरा हो ।

सुरेशले विष्णु सरको नाम लिनेबित्तिकै उनले ठम्याइहाले, यी शालिनीका दाजु हुन् भन्ने । साथै हिँजो भएको एक्सिडेण्टको बारेमा कुरा गर्न आएका हुन् कि ? भन्ने पनि उनलाई लाग्यो । किन कि जानि बुझी साइकिल ठोकियोस् र एक्सिडेण्ट होस् भन्ने उद्देश्यले नै उनले आफ्नो साइकिल शालिनीको नजिक लगेका थिए । शालिनी समालिन नपाउँदै उसको साइकिल विष्णु सरसित गएर ठोकिएको थियो । त्यसैले सुरेशलाई देख्नेवित्तिकै विष्णु सरलाई शङ्का लाग्यो । हुन त शालिनीसित नराम्रो व्यवहार उनले गरेका थिएनन् । उसले पनि नराम्रो मानेजस्तो त गरेकी थिइन । बरु जाने बेलामा हाँसेर गएकी थिई । यी सबै कुरा उनले मनमनै सोचे । प्रकटमा बोल्न भ्याएका थिएनन् । सुरेशले दोहोर्‍याएर भन्यो -

“मैले याहाँलाई नै सोधेको । विष्णु सर यहाँ नै हो कि ? भनेर ।”

“ए ! हो, मलाई नै विष्णु भन्छन् । मैले यहीँ मा.वि.मा पढाउँछु । यहाँ शालिनीको दाजु होइन त ?” “हो, यहाँले शालिनीलाई चिन्नुहुन्छ ?”

“मैले उहाँलाई चिन्न त पहिले पनि चिन्थेँ, तर बोलचाल भएको थिएन । हिजो मात्र एक्सिडेण्ट परेर बोलचाल भएको थियो बाटोमा । के त्यही एक्सिडेण्टकै बारेमा सोध्न आउनुभएको हो कि ?”

“होइन, मलाई एक्सिडेण्टको बारेमा थाहै थिएन । के कस्तो एक्सिडेण्ट भएको थियो र ? तपाइँ नै भन्नुहोस्न”

“ठूलो एक्सिडेण्ट त होइन, शालिनीजीको साइकिलले मेरो साइकिललाई ठक्कर दिँदा म साइकिलबाट झरेको थिएँ । उहाँ पनि हडबढाएर साइकिलबाट झर्नुभयो । उहाँका किताबहरू साइकिलबाट सडकमा छरिए । त्यत्ति हो, अरु त केही भएको थिएन ।”

“मलाई त यस्तो एक्सिडेण्टको थाहा नै थिएन । म त त्यसै घुम्दै आएको थिएँ । संयोगवस तपाइँसित भेट भएकोले तपाइँको नाम सोधेको थिएँ ।”

“मलाई पनि हिँजो शालिनीसित एक्सिडेण्ट पर्नु आज तपाइँसित भेट हुनु, खुसी लाग्यो ।”

“अनि यहाँको घर कहाँ नि ?”

“मेरो घर झापा हो । २/३ वर्षदेखि यहीँ माविमा पढाउँछु ।” विष्णुले सोधेभन्दा बढी उत्तर दिएका थिए ।

“झापाको मान्छे यहाँ कसरी काम गर्न लाग्नुभयो त ?”

“यहाँ एक जना साथी थिए, उनलाई भेट्न आएको बेला त्यत्तिकै जागिर खान लागियो ।”

“घरमा को को हुनुहुन्छ त ?”

“घरमा बुबा, मुमा हुनुहुन्छ ।”

“बुबा पनि जागिर खानुहुन्छ कि ?”

“पहिले जागिर खानुहुन्थ्यो, अब पेन्सन खानुहुन्छ र घरको खेतीपाती गर्नुहुन्छ ।”

“राम्रो रहेछ परिवार । यहाँ को विहे भयो त ?”

यति कुरा हुँदासम्म विष्णु सरले सुरेशको आसय बुझिसकेका थिए ।

“भएको छैन । अब विचार गर्दैछु । शालिनीजस्तै कोही सुशील केटी पाए बिहे गर्ने विचारमा छु ।”

“शालिनीको त बि.ए. पूरा भएको छैन । भर्खर दोस्रो वर्षमा पढ्दै छ ।” “बिहे भएपछि पनि बि.ए. गर्न सकिन्छ । ” “ठिकै छ, यहाँको आसय बुझेपछि भेटौँला ।” भनेर सुरेश फर्केको थियो ।

धेरै सोधखोज भएन । यत्तिकैमा शालिनीको बिहे भएको थियो । विहेपछि विष्णु सर मेरा भिनाजु बनेका थिए र विहेको लगत्तै उनीहरू चितवन छोडेर झापातिरै गएका थिए । झापा गएको १/२ वर्षम्म त फोनमा कुरा पनि हुन्थे, तर समयले विछोडको घाउ पुरिँदै गएपछि फोन हुन पनि छोड्यो । मेरो पनि बि.ए. दोस्रो वर्षसकिएपछि बिहे भयो र म काठमाडौंतिर गएँ । अहिले चितवन आएको बेलामा बीस वर्ष पछि शालिनीसित भेट भएको हो ।

विचरी ! सुखी होइन, मलीन देखिन्थी । आफ्नी मनमिल्ने साथी हुनाले मैले मन थाम्न सकिन र सोधेँ-

“शालिनी ! तैँले आफै रोजेर विहे गरेकी थिइस् विष्णु सरसित तर तेरो दाम्पत्य जविन त्यति सुखी भएजस्तो लागेन नि ! भन् त कस्ता छन् मेरा भिनाजु ?”

“त्यसको कुरो नगर । मलाई त त्यसलाई सम्झिँदा पनि घृणा लाग्छ ।”

“के भनेकी शालु तैँले ? आफै मन पराएर दुई जनाको कुरा मिलेर विहे भएको होइन ? किन त्यसो भन्छेस् ? के भयो भन् त ।”

“छोडिदे यी सबै बितेका कुरा । अब ऊ मेरो सर्म्पर्कमा छैन । वेकार पुरिएको खाटा किन कोट्याउने ?”

“तेरो अनुहारले तँलाई त्यति सुखी देखाउँदैन । तँलाई देखेर मेरो मन कस्तो कस्तो भइरहेको छ । तैँले मलाई नभनेर कसलाई भन्छेस् ?, ल भन् त ?”

“त्यो त ठीकै हो, तर किन बितेका कुरा कोट्याइरहने ?”

“त्यसो भनेर हुन्न । यतिका दिनमा भेट भएको छ । तैँले सबै कुरा भन्नै पर्छ ।” मैले कर गरेँ

“त्यो विष्नेले मलाई मनपराएको होइन रहेछ, मेरो रूप र यौवन मन पराएको रहेछ । मलाई र मेरो दाजुलाई फस्लांग फुस्लुंग पारेर मलाई लयो । केही दिन त मलाई पनि मजै आयो । त्यसले जे जे भन्यो, जसो जसो गर भन्यो, घोप्टो, चेप्टो, नेप्टो, उठेर, बसेर, सुतेर जस्तो भन्यो मैले पनि त्यसै त्यसै गर्दैगएँ । घरको अवस्था जेजस्तो भए पनि उसको मायाँ र यौवन हेरेर सुखी नै भएँ ।”

“घरको अवस्था भन्नाले के ? बाबुको पेन्सन र खेतीपाती रहेन छ र ?”

“पेन्सन त हो, तर बहिदारको पेन्सन रहेछ । बूढालाई जाँड खान पनि नपुग्ने । अरु खर्च केले पुग्ने ? जमिनको नाममा २/३ कट्ठा जमिन, सासू बज्यैले दश नङ्ग्रा खियाएर बल्ल तल्ल जीवन धानेका रहेछन् । घर भनेको साधारण दुई कोठाको घर रहेछ । बूढाबूढीलाई मात्र ठिक्क । हामी त्यहाँ अट्ने कुरै भएन । छुट्टै कोठा लिएर बस्नु पर्‍यो, त्यसै गरियो ।”

“होइन, उनले छँदा छँदैको जागिर छोडेर किन उता गएका थिए त घरको हालत त्यस्तो भए ?”

“यहाँ सर त भएको रहेछ, तर प्राइमरीको । मा.वि.मा पढाउँछु भनेर उसले धाक मात्र दिएको रहेछ । प्राइमरीको तलबले मलाई कसरी पाल्ने ? यहीँ बसे त पोल खुल्ने भयो नि ! त्यसैले मलाई लिएर गएको रहेछ । त्यहाँ गएर पनि त्यही प्राविको नोकरीसम्म त पायो, तर त्यसले के गर्ने – त्यसैले मैले पनि पढाइ छोडेर पढाउन थालेँ ।”

“त्यस पछि के भयो त ?”

“दुई जनाको नोकरीले कसैगरी निर्वाह भएको थियो । तर त्यसको दुर्मतीले हाम्रो जीवनमा चिरा पर्न लाग्यो।”

“के भयो ?”

“त्यसलाई एक जनाबाट सन्तोष हुने रहेनछ, राम्री केटी भनेपछि देख्नै नहुने । पहिले पनि त्यसै भएर बेसरी चुटाइखाएर नारायणघाट आएको रहेछ । त्यहाँ गएको केही दिनपछि फेरि आफ्नै स्कुलकी मास्र्टर्नीसित रङ्गरहेली गर्न लागेछ । मैले थाहा पाएर त्यसलाई त पन्छाएँ, तर हाम्रो जीवनमा खटपट पर्न लाग्यो ।”

“के के भयो ? सबै भन् न ।”

“के हुनुथियो र ? उसले सधैंजसो जाँड खाएर आउन थाल्यो । मैले सहन नसकेर बोलेँ भने पिट्न पनि थाल्यो । म रिसाएर सुते पनि सुख पाइन । विरामी भएर पनि सुख पाइन ।”

“के गर्थ्यो उसले ?”

“जाँड खाएर अर्ध होसमा आउँथ्यो । आएर मलाई गिजल्थ्यो । मासुका डल्ला मसार्ने मात्र होइन, बेसरी मन्टा निमठ्थ्यो । म सहन नसकेर चिच्याउँथेँ । तैपनि दया माया रहन्नथ्यो उसमा । चुस्थ्यो, बोगड्थ्यो र निस्तेज नभएसम्म ममाथि उफ्रिरहन्थ्यो । म सहन बाध्य थिएँ ।”

“के सधै यस्तै गथ्र्यो त उसले ?”

“भने नि, कुनै दिन खाली रहेन । सधै मलाई गिजल्थ्यो र ममाथि उफ्रन्थ्यो। जसलाई मैले पहिले रूप, यौवन र हृयाण्डसम देख्तेँ । उसले जति गिजल्थ्यो र ममाथि जुनसुकै तरिकाले उफ्रन्थ्यो मलाई त्यही मन पथ्र्यो । मैले आँखा चिम्लेर आनन्दानुभूति गर्थेँ । त्यही मलाई स्वर्ग लाग्थ्यो, ऊ मेरो इन्द्र थियो । यसरी झण्डै डेढ वर्ष बित्यो मैले पत्तै पाइन । मानिसको मन र शरीर थाक्दै गएपछि इच्छाहरू बदलिँदा रहेछन् । इन्द्रको रूपमा देखिने त्यही मान्छे अब यमराजको रूपमा मेरा सामु आउँथ्यो र ममाथि खुरी खेल्थ्यो । यसरी करीब डेढ वर्षअरु बित्यो । त्यसपछि एउटी छोरी जन्मी । छोरी जन्मेपछि म निख्रिसकेकी लाग्न थालेँ उसलाई । अब त ममाथि उफ्रनपनि मन लागेन क्यारे ? मबाट टाडा हुँदैगयो । एक दिन त डेरा छोडेरै गयो, मैले पनि वास्ता गर्न छोडेकी थिएँ, खोजिनिति गरिन ।”

“छोरी कहाँ छ त तेरी ?”

शारिरिक प्यास मेटाउन पुरुष “छोरीले आफ्नो बाटो लिई भनौं कि उसले मलाई बाटो छोडिदिई भनौं ? १० महिनाकी भएपछि दुई दिनको ज्वरोले गई । म फुक्का भएँ ।”

“त्यसपछि ऊसित भेट भएन तेरो ?”

“त्यसपछि मलाई झापामा बस्न मन लागेन इलाम गएँ । त्यसैले ऊसित त भेट भएन अर्को एक जनासित भेट भयो । त्यसैसित अर्को एक पटक जालमा परेँ । उसले पनि मलाई होइन, मेरो बँचेखुँचेको यौवनसित माया गरेको थियो । झण्डै तीन वर्षसम्म मलाई चुस्यो, गिजल्यो । ममाथि उफ्रने काम गर्‍यो । बस, त्यो पनि पाखा लाग्यो, अनि म एक्लाको एक्लै रहेँ ।”

“त्यसपछि त्यतिका वर्ष कसरी बिताइस् त ?”

“त्यस पछि निश्चय गरेँ कि अब कसैलाई पनि स्थायी रूपमा अँगाल्दिन भन्ने । मैले आइ.ए.सम्म पढेकै थिएँ । बजारदेखि अलि परको एउटा प्रा.वि.मा पढाउन लागेँ । म एउटीलाई साधारण रूपमा खान बस्न नपुग थिएन । फर्मायसी गर्नलाई बढी धन चाहिन्थ्यो भने शारिरिक प्यास मेटाउन पुरुष चाहिन्थ्यो । एक सिँडी झरिसकेकी थिएँ दोस्रो सिँडी र्झन मलाई मुस्किल परेन । अवस्था अनुसार चल्न थालेँ ।”

“के त तैँले अरु केटाहरू खेलाउन थालिस् त ?”

“हो, त्यसपछि कुनै पुरुषको इच्छाले मलाई गिजोल्न र ममाथि उफ्रन दिने होइन कि मेरो इच्छा र आवश्यकता अनुसार कसैबाट म गिजोलिन्छु र चाहिएको जति आफू माथि उफार्छु”

“के तँ यसैमा सुखी छस्त ?”

“बस्, अब मलाई धेरै नसोध, म यसैमा सुखी रहन खोजेकी छु । मलाई यसै रहन दे ।” .

Posted on : April 5, 2010, 11:06 am

Source :Nepalplus


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

sagar neupane

yo ramro hoina?

May 29, 2010, 1:49 pm
@202.70.87.202


Rajesh

यस्ता कुराहरुमा ९०% चाँही बनावती र काल्पनिक हुन्छ त्यो हामीलाई राम्ररी थाहा छ । राजेश

April 9, 2010, 3:57 pm
@208.79.15.162


roshan

hye yo ta lastai bijog ko kahani rahecha ta maile pani dekheko chu yasto.....

April 6, 2010, 10:54 pm
@89.211.126.138


nabin koirala

I SAW THIS LIFE STORY & FELLINGS VERRY HERT ..................

April 6, 2010, 7:35 am
@113.199.137.30


bishnu gautam

good like it

April 6, 2010, 3:36 am
@113.199.193.167


kocish

omg yo vog vanne kasto chij hola manis lai samajma ruwayerai chhadne manchhe lai kina ekjana sanga vog garera santusta namilne hola.hunata aafno pani samasya yestai 6 tara k garnu nari harulai pani galama khun rahinjel chaine raichha jati pir pareni rati sutne bela biparit lingako yaad le nidra harera lane khoi k ho k aba nepal ma pani jiglo system rakhna paryo.

April 5, 2010, 6:37 pm
@89.211.178.77


kiran baral

it is very nice,plz write contunise ok,

April 5, 2010, 6:27 pm
@212.43.20.218



Archieve Literature Headlines


 Recent Comments