Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

बेतिथिको राजनीति गर्नेहरु !!!


खेमराज रानाभाट,बेल्जियम

आफ्नै कुरा मात्र ठिक भन्नेहरु, हत्या हिंसामा विश्वास गर्नेहरु,
अरुको अस्तित्त्व नस्वीकार्नेहरु, समय जुनी याद नगर्नेहरु,

वकम्फुसे पट्यार लाग्दा भाषण गर्नेहरु,तिललाई पहाड बनाउनेहरु
जीवन र जगतको यो रफ्तारमा, आफु र आफ्नो आस्था कहाँ छ थाहा नपाउनेहरु

सहकार्य,सह-अस्तित्त्व,अहिंसा र भाईचारा स्वीकार गर
सबै आस्था र विश्वास अट्ने गरी राम्रोको खोजी गर।



अर्काको कुरामा प्रतिक्रिया मात्र दिनेहरु
आफु के थिएँ , कहाँ छु र के गर्दैछु थाहा नपाउनेहरु,

आफ्नो खाली घैंटो नभर्नेहरु, चाकरी चाप्लुसी मात्र गर्नेहरु
जीवन यही हो, जगत यही हो र जीउने,देखाउने पालो तिम्रो पनि यही हो

आदर्शका कुरा गर, दर्शन विज्ञानका कुरा गर
जीवन र जगतका कुरा गर, तर अर्काको कुरा नगर ।

जेलनेल तिम्रो बसाई, पुस्तौलाई पुर्याउने कमाईका लागि लगानी नसम्झ
सारा देशवासी झनै गरिब हुदा, इतिहास भाँजेर जिउने नतम्स,

राजनीतिलाई व्यवसाय बनाउनेहरु, हात्तीछाप चप्पल लगाउनेबाट अकस्मात अर्बौपति बन्नेहरु
देशवासीलाई हातमुख जोड्न, शान्तिसंग जीउन मुश्किल भएको थाहा नपाए जस्तो गर्नेहरु,

तिम्रो नी जीवन यही हो, जगत यही हो, जीउने पालो यही हो
हिजोसम्म एकजोर कोट किन्न नसकेको दिन तिनै हो ।

समय समाज परिवर्तनशील छ, व्यवस्था परिवर्तन हुनै पर्ने छ
भोलि स-परिवार बेईज्जतीका साथ सडक आउनु पर्ने दिन सम्झ त कस्तो हुनेछ!!!
भोलि स-परिवार बेईज्जतीका साथ सडक आउनु पर्ने दिन सम्झ त कस्तो हुनेछ!!!




.

Posted on : April 7, 2010, 2:16 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Literature Headlines


 Recent Comments