Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

नयाँ वर्षको शुभकामना


अर्जुन दाहाल

सेकेण्ड, मिनट, घण्टा, दिन महिना
घडि, पला रीतु आदिको संगम वर्ष
एक समय, एक क्षण, एक पल
लाग्छ जुग जुग कटेको
जादैंछ कोही, आदैछ कोही
रीति, रिवाज, परम्परा त होइन
एक नियम नै भइ सक्यो यो
आँखामा आशुको बर्षा गराउदै
मुटुको स्पन्द स्पन्दमा
चस्स घोचेर जाँदैछ,
नाकले पनि यसको
गन्ध पायो की कतै
चस्स चस्स चर्मको
स्पर्स गर्दै जादैछ
कही कतै खुशीको
भकारी भर्दै छ यो
कही कतै घाउमा
मलहम लगाउदै छ यो
कतिका कोख भरिदैछन्
त कतिका कोख रित्तिदैछन्
कतिलाई जीवनदान दिलाउदैछ
कतिलाई बलिदान गराउँदै छ यो
जीवन र मरण सम्म
एउटा चक्र झै घुमिरहन्छ यो
एउटा कालको अन्त्य हुदैछ,
अर्को को उदय हुदैँछ
आखिर जानु थियो त
चुपचाप किन जादैन
तर यो जान्छ,
सबैका सामू निडर छ
कहि कतै लुक्न सक्तैन
सबैका सामू छर्लंग छ यो
यो तपाई हाम्रो छेउ नै बाट
चस्स चुस्स मुटुमा छुदै जान्छ
हेल्लो बाई त गर्दैन
तर तपाईलाई
थाहा दिएर नै जान्छ
बताएर जान्छ, भनेर जान्छ
न जा भने पनि जान्छ,
मन पराए पनि जान्छ
मन नपराए पनि जान्छ
पर्खनुस यो जादैम्ाा हराउँदैन
यो फर्कैर उसै बखत आउछ
तपाईलाई फेरी चुस्स चुस्स
मुटुमा हल्का हल्का
कम्पन गराएर आउँछ
यो वर्ष, नयाँ वर्ष

आयो आयो यो
तपाई हाम्रो घरमा आयो
स्कूल कालेजमा आयो
पोष्टकार्ड भरि रंगीन
दुनियाँमा कति हो कति छायो
रंगीचंगी बेलुनबनी
हावामा उडान भर्न आयो
विश्व भरी साहित्यमा
कविता, गजल, हाइकू,
आदी इत्यादी सबैमा
आफूलाई बहकायो
चारकोसे झाँडीमा
पात हल्लाउदै आयो
पाखा पखेरा गर्जदै आयो
हिमाली झरना
छंग छंग बजाउँदै आयो
कोशी, गण्डकी, नारायणी
सेती काली कलकल बगाउँदै आयो
डाँफे मुनाल, मयूर
छम छम नचाँउदै आयो
चौतारी, छहारीमा आयो
डिस्को र वारमा त झन आयो
चुस्की मदिराको तालमा
टिन्न टिन्न चेयर्स संगै
गुन्जयमान हुदै आयो
मज्जाले आयो,
धित मार्ने गरी आयो
रेडियो, एफएम, टिभी
मोबाइल, इन्टरनेटमा छायो
हेर्दा हेर्दै आयो,
हो यो आयो,
अर्को गयो
यो फेरी जान्छ
अर्को फेरी आउँछ
सधै आए पनि
सधै गए पनि
सबैको प्यारो भइसक्यो
संसारका कुना कुनामा
चर्चा अनि परिचर्चा
स्वागतमा आतिसबाजी
रकेट आदी खरबौ
खरानी भई उडे
मगन्ते, भिखारीदेखि महलमा
रुप पनि अनेक अनेक,
मन्दिरमा शंखनाद गर्दै अनि
मश्जिदमा नवाज पढ्दै आयो
चर्चमा वाइबल बाचन गर्दै अनि
योगी माझ योगका कला बन्दै आयो
कतै शान्ति भएर आयो
कतै यूद्ध भएर आयो
कहि त कलम बन्यो
कहि बन्यो बम बारुद
कतै सुनामी त
कतै ज्वालामुखी बन्यो
कापीका पानाहरुमा
मसीले लतपतियो
कहिले अरबीमा,
कहिले अंग्रेजीमा,
कहिले ल्योसारमा,
कहिले नेवारीमा,
कहिले बिक्रमादित्यमा
अदि आदिमा
त कहिले के मा
कहिले के मा
चाहे पनि आयो
नचाहे पनि आयो
एक पटक संसारमा
भुकम्प ल्याएरै आयो
सबैको मन मष्तिस्कमा
चुस्च चुस्च
नशा नशामा रक्तचाप बढाउदै
मुटुको घडकन
अनि ढुकढकी बढाउदै
कतिखेर हो कति खेर
निधारको रेखा कोर्दै
गाला, ओठ चुम्दै
कपाल सुम्सुमाउँदै
४४० भोल्टको
बिद्युत पैदा गर्दै
मध्यरातमा,
कति सपनिमा हराएका बेला
कति मस्त निद्रामा भएका बेला
कति स्वर्ग नगरी परिक्रमा गरेका बेला
एउटा विष्फोट आकाशमा
लाग्छ, जीवनको अन्तिम क्षण
संसार ध्वस्त भए झै
१९४५ को हिरोसिमा र
नागाशाकि हुने पो हो की
या १९८८ को इराक इरान
या २००२ को अफगान या फेरी इराक
१९९० सालको भुकम्प भनौ
२०४५ को भुकम्प जस्तो
कत्रो ठूलो आवाज,
तर,
पशुपंक्षी, बोटविरुवा नाचिरहेको
पवन पनि बहकी रहेको
मेरो कनको छेवैबाट
सुस्त सुस्त सुस्केरी हाल्दै गयो
के भएछ भनी हेर्न
बारदलीबाट चिहाउँछु
म जस्ता कयौ चिहाउछन्
यो पल, यो समय
आजको रात
एउटा सौभाग्य
कस्तो उज्वल प्रकाश
लाग्छ पृथ्वीमा नै
उज्यालो किरण परेको
सूर्यलाई पनि तर्साउने चमक
सबै हेर्छन दंग परी
तपाई अनि म पनि
आकाशमा ताराहरुमाझ
सलबलाई रहेको
सुनौला रंगीविरंगी अक्षरमा
सजियो यो यसरी
नयाँ वर्ष २०६७ को शुभकामना

.

Posted on : April 13, 2010, 9:59 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Literature Headlines


 Recent Comments