Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

आतूर छ ज्वालामूखी


इन्द्र कुमार श्रेष्ठ

यूग भयो धर्ती मूनि दबिएको
आगो बोकेर पनि पानी पानी बनेको

एक एक पल सम्झना छ उसलाई
असिनाले चूटेको, वर्षाले रुझाएको

पन्छी झैं उड्दै उड्दै
खुल्ला आकाशमा उडने सपना

सधैं सधैं ज्वालामूखी भित्रै दबिएको ।
पूरानो चिहानसरी अपहेलित ज्वालामूखी

मान छैन, मर्यादा छैन
समयको अगाडि सधैं महत्ताहीन ज्वालामूखी

अपमानको अनल पिई पिई बनेको हो ऊ ज्वालामूखी
अब चरी बनेर उड्नू छ उसलाई पनि बादलमाथि माथि

पृथ्वी घूम्यो कि सूर्य घुम्यो
कुन ग्रहले कसलाई चूम्यो

बेअर्थ छन् उसका लागि यी सबै अर्थहरु
अर्थपूर्ण छन् त केवल

आपनै अस्तित्वको निरन्तर खोजी ।
राष्ट्र जापान होस् कि अरु नै

जहाँ पुगेपनि ज्वालामूखीको एउटै कर्म हुन्छ
फुट्नु फुट्नु केवल फुट्नु

असिना, पानी र झरीको सहेर अत्याचार
कति सहनु उडन्ते पञ्छीहरुका बिष्टा, अन्त्यहीन चीरबीर

सुन्नु छैन अब उसलाई मान्छेाको चीत्कार
फुट्नु नै ज्वालामूखीको धर्म हो

मच्चिए मच्चियोस् यूगौं यूग हाहाकार.............
नाम ज्वालामूखी, सिंगो परिचय नै ज्वालामूखी

नचाहेरै पनि धर्ती भित्रै दबिएको ५ उ
नचाहेरै पनि साइनो ५ धर्तीसंग उसको

तर अब चाहिने नचाहिने साइनोहरुले
उसलाई सक्ने छैनन् छेक्न

नसके पनि घडी, पला र दिन तोक्न
धर्तीले दबाएर राखेको ज्वालामूखी

एउटै छ लक्ष्य, एउटै छ उद्धेश्य
विष्फोट, विष्फोट, विष्फोट,


.

Posted on : May 8, 2010, 1:08 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Literature Headlines


 Recent Comments