Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

मरेतुल्य भयौ अब तिमीहरु...


कमल कार्की


धिक्कार छ तिमीहरुलाई,छ सय एक सभासदहरु,
धिक्कार छ जनताको सपना माथी खेल्नेहरु।
तलब,भत्ता तछाड मछाड गर्दै,लुछी लुछी खायौ,
दिएको जिम्मेवारी पुरा गरेनौ,जाली रहेछौ तिमीहरु।।

करोडौं जनताले बिश्वास गरेर पठाएका थिए माथि,
जनताकै आँखामा छारो हाल्यौ,बिश्वासघाति रहेछौ तिमीहरु।
नाक,मुख छोपी हिँडेहुन्छ,जनताको अगाडी लाज होला,
देश स्वतन्त्र हुन खोज्दा,बिदेशीकै इशारामा नाच्ने तिमीहरु।।

के नै मागेका थियौँ र केबल् शान्ति र संबिधान बाहेक,
एक-अर्काबाट झर्यौ अब,नकचरो रहेछौ नै तिमीहरु।
जनताको सपनालाई कुल्चि कुल्चि मार्यौ,कुर्सीको लडाईमा,
श्राद्ध गरिदियौँ,शोक मनायौँ,मरेतुल्य भयौ अब तिमीहरु।।

.

Posted on : June 5, 2010, 5:08 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

पुुन

तापाइ जासतो मानछ माइले देखेनि येति रामरो काबिता अाज साम देखना सार जि सारइ रामरो लेखनु भाछ तेसको लागि कोटो कोटो घानयबात तापाइ को काबिता लाइ बेसट काबोता ओफ इयरस हुनु पारछ

June 6, 2010, 6:45 am
@109.44.165.168



Archieve Literature Headlines


 Recent Comments