Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

मेरा पात्रहरुसँगको रात (कथा)


राजेश नतांश

चिसो हावा आफ्नै गतिमा प्रवाहित भइरहेको छ । सडकहरु सुनसान छन् । सडक छेऊका हाइपावरका सडक बत्तीहरुले सडक उज्यालो पारेका छन् । सडक बत्तीहरुमा पुतलीहरु झुम्मिरहेका छन् । लाग्छ त्यहाँ एक प्रकारको मोहनी मन्त्र लगाइएको होस् र त्यो तेजिलो प्रकाशमा त्यो तातो रापमा आफ्नो आहुति दिँदै छन तिनीहरु । आफ्नो प्राण पखेरु कतिखेर सिद्धिने हो अन्जान छन् उनीहरु । यस्तै दृश्यमा अनायासै म हराउन पुग्छु । चिसो हावाले मलाई र्स्पर्श गर्छ । शरीरमा चिसा तरङ्गहरु फैलिन्छन् । मलाई एकप्रकारको आनन्दको महसुस हुन्छ ।

मलाई आज घर जान मन लागेको छैन । मेरा पाइलाहरु चल्न चाहँदैनन् । सडक सुनसान छ । एकाध मान्छेहरु आफ्नो गन्तव्य पथमा लम्कदैछन् । आसपासका पसलहरु बन्द हुने तरखरमा छन् । यस्तै वातावरण आज मलाई प्यारो लागिरहेको छ । हजारौंको भागदौड, दौडधुप र तिखो कर्कस ध्वनीले अस्तव्यस्त हुने सडक, यतिखेर शान्त छ । अनायासै आज म यो सडकलाई नियालिरहको छु । जीवनको ४० औं बसन्त पार गरीसक्दा आजसम्म पनि मैले यस्तो अनुभव गरेको थिइन । मेरा जीवनका विम्बहरुले मलाई घेर्छन् ।
rajesh
जीवनको अर्थपूर्ण यात्रा मैले यै सडकबाट गरेको थिएँ । म यो सडकको गल्ली-गल्ली हिँडेको छु । मैले प्रत्येक पल यही सडकमा बिताएको छु । मैले कैयौँ ऋतुहरु यही सडकमा फेरेको छु । आज मलाई यही सडक प्यारो लागिरहेछ । मलाई अतीतका पलहरु सम्झदाँ भयावह लाग्छ । अनि आफैँ झस्कन पुग्छु, तर्सन पुग्छु ।

"एक्लै हो दाई ?"
म एक्कासि झस्कन्छु । अन्दाजी २०/२५ वर्षी जस्ती देखिने पौढ युवती मेरो नजिक आईपुग्छे । छोटो मिनीर्स्कर्ट र टिर्सटमा सजिएकी अनि यौवनले भरिपूर्ण भएकी ऊ वाचाल छे । अनकन्टार जस्तो लाग्ने यो मध्यरातमा मेरो नजिक आइपुग्दा म छक्क पर्छु ।
"अँ ! बैनी एकैछिन चौतारीमा बसेर आराम गरेको ।"
"कहाँबाट आउनु भा'को ? जाऊ हिँड्नुहोस् मेरो गेष्ट हाउसमा । आज मलाई सेवा गर्ने मौका दिनुहोस् ?"
"घर नजिकै छ । तर मैले तिमीले भनेको कुरा बुझिन ?"
"बुझी-बुझी कस्तो बुझ पचाएको ! (छेऊमा टाँसिएर बस्छे ।) मात्र पान सय हो क्या ! रातभर फूल्ली स्याटिस्फाई गराउछु !"
"ओ ! बैनी तिम्ले मलाई गलत बुझयौं । तिम्ले सोचेजस्तो मान्छे म होइन । म बिवाहित हुँ ।"
"बिहे गरे बाल भयो र ! हिँड्नु न 'डिस्काउन्ट' गरिदिन्छु क्या ।"
"'एक्सटे्रमली सरी बैनी' तिमीलाई चाहिँएको भएँ । यो ५ सय लैजाउँ ।"
हत्तपत्त पैसा हातबाट लिँदै ऊ आफ्नो बाटो लाग्छे । म घोत्लिन पुग्छु, आफ्नै संसारमा । साँच्चै जीवनपथका हरेका बाटोहरु थुनिँदा मान्छे लाचार बन्दो रै'छ । परिस्थितिसँग मान्छे हार्दो रहेछ । अनि बाँच्नकै लागि जत्रो ठूलो खतरा पनि मोल्न पछि पदैन मान्छे । आजकल समय बद्लियो, मान्छे प्रतिस्पर्धी भए भनिन्छ । आखिर जीउने आधार नै नभए के प्रतिस्पर्धाको कुरा !, के इज्जतको कुरा ! अनि के अस्मिताको कुरा ! बाँच्नकै लागि मान्छे जीवनको दाउपेज लगाउँदो रहेछ । मेरा स्मृतिपटलमा यही कुराहरु आउँछन् ।

"सर ! २० रुपैयाँ दिनु न !!"
अन्दाजी १५/१६ वर्षो जस्तो देखिने केटो मेरो अगाडि आइपुग्छ । थोत्रो र महिँलो लगाएको जस्तो देखिने ऊ । आफ्नो हात पसारेर मलाई केही माग्दैछ । म त्यस केटामा हराउन पुग्छु । मेरो ध्यान उसप्रति आकृष्ट हुन्छ ।
"किन चाहियो तिमीलाई २० रुपैयाँ, अनि तिमी को हौ ?"
"हजुर ! म बर्खे । त्यो टेम्पुमा काम गर्छु आज बन्दले टेम्पु चलेन । केही खा'को छुइन । तपाईलाई धन्य हुन्छ सर ! आज मेरो पेट भरिदिनुहोस् !!"

म आफैँमा हराउन पुग्छु । मेरा विगतका दिनहरु मेरो स्मृतिपटलमा द्रविभूत हुनपुग्छन् । आजको समाज निकै पराआश्रति भएछ । मान्छै परजीवि बन्दै गएको छ । मान्छे आफ्नो पौरखलाई विश्वास गर्दैन । अनि 'सर्टकर्ट'मा मान्छे उपलब्धि हासिल गर्न खोज्छ । विगतका मेरा दुःख, वेदनाहरुलाई त्यस केटासँग तुलना गर्न खोज्छु । आकाश जमिनको फरक पाउँछु ।

अनायासै, चिसो हावाले मलाई फेरि एकचोटी स्पर्श गर्छ । म पहिलेकै अवस्थामा आइपुग्छु सडकहरु अब मानवविहीन भइसकेका छन् । सडक बत्तीहरु पनि मलाई मधुरो लाग्छ । एक्कासी मानसिक सन्तुलन गुमाए जस्तो देखिने मान्छे मेरो नजिक आइपुग्छ । आफुसँग भएको चिउरा चपाउन थाल्छ । स्तब्ध छ ऊ । मलाई बोलाउँदैन । आफैँमा पूर्ण छ ऊ । ऊ के गर्छ म अड्कल काट्न सक्दिनँ । ऊ आफ्नै धुनमा मस्त छ ।

म आफ्नो ल्यापटपमा 'मेल' चेक गर्न हतारिन्छु । इन्टरनेटको गतिले मलाई निन्द्रा लगाउँछ । भारतमा हुन गइरहेको गरिबी निवारणसम्बन्धी कार्यशाला गोष्ठिमा मलाई वक्ताको रुपमा आमन्त्रण गरिएको रहेछ । यथासक्य चाँडो मैले आफ्नो विचार प्रेषित गर्नुपर्ने रै'छ ।

'सयौं थुङ्गा फुलका....नेपाली....' अनायासै मेरो मोबाइल बज्छ । श्रीमतिको फोन आएको रैछ । कानका श्रीमतिको स्वर गुन्जिन्छ पुग्छ ?"हैन यतिखेरसम्म कहाँ हराएको ? आज छोरीको बर्थ-डे होइन ? छोरी पर्खिरहेकी छे । झट्ट आउनु यहाँ !".

Posted on : June 5, 2010, 7:30 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Literature Headlines


 Recent Comments