Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

सुन्तलीको गन्थन


गीता थापा

cute girlसम्बोधन कुन शब्दले र कसरी गर्छन्, त्यो त मलाई थाहा छैन् बुडा, मत सिधा मान्छे, सिधै कुरा गर्छु। गाउँमा खाएको गुन्द्रुक र मकैंको भाँत याद आइरहन्छ। त्यो पल्लाघरे कान्छी बजैको मोहीको त झन कति हो कति याद आउँछ। फेरी खान नपाएकी कस्ती गालपारा आइमाई रहिछे यो त, मान्छेले सुनेर के भन्लान नभन नी तिमीले देशै त आज अती पिडादायिक अवस्थाबाट गुज्रीरहेको बेला अरुले के भन्लान भनेर म हाम्रो राष्ट्रिय खाना कसरी भूल्न सक्छु। दुइदिन मलमल लगाएर त्यो हिजोको भाँग्रो यति छोटो कसरी भूल्न सक्छु। हेर सुख लुक्छ, तर दुस्ख कहिल्यै लुक्दैन।तिमीले मास्टर बाबुलाई लेख्न लगाएर पठाएँको चिट्ठी मैले पाएँ।

तिमीले माया प्रितिका कुरा त भूलेछौं । तलाइ कस्तो छ सम्म पनि भनेर लेखेनँछौ, शायद आफूलाई लेख्न नआएर लाजमानेका होला । खाली महंगी बढेको छ पैसा जति सक्छेस् चाँडो पठाउनु भन्छौ। यो पैसा भन्ने कुरा पनि गजबको रहेछ, आफ्ना आफन्त सबैसँग नाता तोड्नँ पर्दा पनि नहिच्किचाउने बा । हिजो त म सँग पैसा नभएर यसको नशा कस्तो हुन्छ थाहा थिएनँ। आज बल्ल पो थाहाँ पाएँ पैसाले अशान्ति गराउने कुरा त ।
त्यसैले मैले पनि जवाफ कनिकोथी आफैं लेख्दैछु,प्रदेशमा गएर दुस्ख पाएको छोराले आफ्नो आमा बुवालाई यसरी चिट्ठी लेखेको थियो रें,यहाँ मेरा साथीहरुले भनेका। पैस पठल त बचल नत्र भक्क मरल होला, है सुन्तली तेरो बुडालाई तैले लेखेको चिट्ठी, भनेर उनीहरुले मलाई गिल्लाएर हाँस्छन्।

अनि तिमीले नजानेको कुरा जान्ने साथी भाईहरुसँग सहयोग मागेर लेख्न लगाएको भएँ हुन्थ्यो नी, भनेर नभन फेरी । किनकी मैले यहाँ आएर के कुरा सिके थाहा छ बुडा ? आफ्नो काम आफैंले गर्ने आदत गर्नु पर्छ रें। अरुको भर परेर बस्दा दुस्ख पाईन्छ रें । मलाई यो कुरा साँच्चै हो जस्तो लाग्यो । किन भनेर भन्छौ भनेरुहाम्रो देशमा अझै पनि छोरी मान्छे,सानोमा आमा बाउको भरमा, र ठुलो भएपछी बुडाको भरमा, र बुडाबुडी भएपछी छोरा छोरीको भरमा । यहाँ त छोरा र छोरी भनेर छुट्याउँनै गार्ह्यो रहेछ।उहाको जस्तो लिबिस्टिक र क्रिम पाउडरमा भूलेर आईमाईहरुले दिन बिताउदा रहेनछन् । त्यस्को उत्ती जरुरी पनि देखिन मैले यहाँ । फेरी तिमीले किन , र कसरी भन्छौ होला। किनकी छोरा मान्छेले लगाए जस्तै सट र पाँइन्ट लगाएपछी किन चाइयो बाँकी सब कुरा होईन त ?

बुडा, मैले पनि तिम्रो एउटा समस्या हल गरिदिएकी छु। त्यो के भन्छौ भने, मैले पनि यहाँकै पहिरन लाउन राम्ररी जानि सकें। त्यस्बेला तिमीलाई एक,बर्षमा एउटा फरिया मेरो लागि किनेर ल्याउँदा कति कठिन थियो। फरिया ल्यायो पेटिकोट नहुने,पेटिकोट ल्यायो चोलो नहुने चोलो ल्यायो चप्पल नहुने। अब तिमी त्यो सबबाट मुक्त भयौ। अनि हाम्रो गामघरमा स्कुल सधैंको हड्तालले बन्दको बन्दै हुन्छ भन्थ्यौ, अचेल साने र माने दुई भाई हाम्रा छोरा गाई बाख्रा लिएर बनतिर जान्छन भन्थ्यौं। खुशीको कुरा हो,किनकी धेरै पढेर बाठा भएपछी, आफ्नो गामघर फर्किन मान्दा रहेनछन् । सबै यतै बाट अमेरिका क्यानाडा लण्डनतिर जाने सल्लाह गर्छन्।मेरा साथीहरुले भनेको मैले कालो अक्षर भैंसी बराबर भएर त्यो मेरै गामघर सम्झेकी रें। त्यसैले अहीले त मलाई लाग्दैछ१ मेरा आमा बुवाले मलाई नपढाएर ठुलो पुण्यको काम गरेछन्,किनकी मैले मेरो गामघर भूलेकी तँ छुइन। मलाई त मेरो गामघर भूलेर काँही गएर बसौ जस्तो लागेको छैन, र लाग्दैन।

मेरो इच्छा त एउटा सानो घर बनाएर साहुको नाम बाट त्यो पाखो बारी निखन्न सकें खुशी छु। गाउँमा फर्केर आएपछी मैले सिकेको कुरा जान्न उसुक हुने दिदी बहिनीहरुलाई बाँडेर आत्मा निर्भर हुन जरुरी रहेछ भन्ने कुराको महत्व बुझाउछु । कामको आधारमा मान्छेलाई सानो र ठुलो भन्ने कुरा गल्त प्रविदीको थालनी रहेछ भन्ने छु, र सकेंको समाजसेवा गरेर आफ्नै गाममा बस्ने छु। अझ हाम्रो नेताहरुको बुद्दी फर्केर आफ्नै गाममा रोजगार दिए त१ कति खुशी हुन्थे, हुन्थे, परिवार भन्दा टाढा त बस्नु पर्ने थिएनँ। ल,ल अब धेरै के लेख्नु, आईमाईको किंचकिंचे बानि गएको रहेनछ भनौला,फेरी मास्टर बाबुलाई पढ्न सार्ह्यो हुन्छ। अनि तिम्रा बुवा आमालाई पनि सञ्चै छु भनेर सुनाइ दिनु है, म साहुको ॠण तिरी सकेपछी आमालाई फरिया र बाउलाई स्टकोट किन्ने पैसा पठाइदिउला । अनि घरतिर सबैलाई सम्झना गरेकी छु भनेर सुनाइ दिनु। अनी हाम्रो देशका नेताहरुलाई चाँही जति सक्छौ बन्द हड्ताल गर्दानै फाईदा हुन्छ, देश कुन मोडतिर जादैछ वास्ता नगरिकन कसरी कुर्सीमा सधैं बस्न पाईन्छ, त्यतातिर मात्रै ध्यान दिनु रे भनेर सुनाइ दिनु ।

बाँकी कुरा लेख्दै गरौंला आजलाई यतिनै उही तिम्री सुन्तली।

.

Posted on : June 19, 2010, 6:56 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

hari prasad paudel

yo lekh ati man paryo GITAJI lai dherai dherai dhanyabad laaaaaaaaa.

June 20, 2010, 7:20 pm
@188.218.59.250



Archieve Literature Headlines


 Recent Comments