Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

राजा महेन्द्रले आमसभा गदैछन् रे !


कृष्णबहादुर विष्ट

राजा महेन्द्रले यमलोकमा
आम सभा गदैछन् रे ।
नेपालका बरिष्ठ नेतालाई
पनि चिठी लेखेका छन् रे ।
हे नेता हो,
आउरे बाउरे धुपौरोलाई
पनि लिएर जाओ रे
यमलोकमा ५०० ५०० भत्ता
छुट्याएका छन् रे

तिमीहरु आफै गएर बाढेर खाओ रे
कम्न्यूष्टलाई पनि लिएर जाओ रे
कांग्रेसलाई पनि लिएर जाओ रे
माले मसाल सबैलाई लिएर जाओ रे
यो कहिल्यै चुनाब नजित्ने
बुढा नेताहरुलाई पनि लैजाओरे
नेता धेरै देश सानो भयो रे
अहिलेको नेपाल भन्दा पहिलेको
नेपाल धेरै फरक थियो रे

गणतन्त्र भन्र्दा प्रजातन्त्र नै ठिक थियो रे
त्यसैले,
राजा महेन्द्रको चाहाना आधा
दर्जन नेता लाने रे
कुन प्रबेन्सी यमलोकको लिने हो
आफै गएर छान रे
धर्म कर्मको लागि देवी देवता
लाई पनि लाने रे
पशुपती गुजेश्वरीको भद्मलाई
पनि लाने रे
जनसंख्या कम भयो भने बढाउनको
लागी एक पशुपतीको साढेलाई मात्र छाडी
जाने रे

त्यसैले,
प्लास्टीकको कुसरी् नछोड्ने
हे नेता हो अब त तिमीहरु
यमलोकमा महेन्द्र सरकारले भैसीको
छालामा विराज मान गराउने रे ।
तिमीहरु ढिला नगर छिटो जाओ रे
देशले दिएको पिण्डा र सिधा झगडा
नगरी बाढेर खाओ रे
तिमीहरुको लापर बाहीले कती
नारी बिधुवा भएका छन्
कति बालबच्चा टुहुरा भएका छन् रे

अरुको घरमा आगो लगाउने हे नेता हो
अब तिमीहरुको घरमा पनि आगो सल्कादै छ रे
साबधान खबरदार ।
प्रचण्डलाई द्धारपाले राखेर
स्पष्टीकरण नेतासँग राजा महेन्द्रले लिने भा छन रे
राजा महेन्द्रले यमलोकमा आमसभा गदैछन् रे ।
.

Posted on : June 27, 2010, 4:26 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

kesh

ati gajabako lekha rahechha tank you.

June 27, 2010, 7:39 pm
@86.96.226.13



Archieve Literature Headlines


 Recent Comments