Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

भानुभक्तीय महिमा : राष्ट्रिय एकता


अनन्तगोपाल रिसाल

घाँसीकी गुनकेसरी, मन-हरी, के किर्ति -के चाकडी?
छाम्दा मल्मल झैँ सलल्ल बगने गीला तकीया सरी
सुत्दामा मन शीतलै कलमले-श्रष्टा र शीरोमणी
धिक्कारीकन चित्त, खै-मलम के? काब्यै छ रामायणी

संस्था-ब्यापक बन्न के? मनमिले, गाह्रो नमिल्दा कठै?
हाम्रा सभ्य समाज हे! अब उठे! छैनन् यहाँ बोझ क्यै!
मीठा ज्ञान अझै छ,छैन-अमिलो, चाखेर मागौँ अब
भानूभक्त गयौ कहाँ? नचिनिने? खोजेर, राखौँ सब|

हाम्रा सम्मान,सम्पत्ती, सद्भाव जन-जातमा
भाषा,धर्म,अनुष्ठान - प्रेम-बैभव साथमा
धर्मले गरियो रक्षा, पर:भाव- पदोन्नती
भाषा नै धन हो त्यस्को, जस्को भाव छ उन्नती

साहित्य कस्तो हो? शिक्षा- संपती यी किताब हुन्
भाव, संस्कार त्यो छैन, पत्रै-पत्र बेकार हुन् !
शब्द-ज्ञान भये आज, धेय-ध्यान पुर्याउने !
चिन्दै अक्षर आत्माको, परमात्मा चिनाउने

तारामा अब देखिन्छन्, नेपाली छन्द बज्दछ
मेघ गर्जन्छ ईन्द्रआदी ,भूमी नेपाल भज्दछ !!
अर्को नेपाल जन्मन्छ, हिमाली भाव खोल्दछ !
स्वर्गमा अब देवादि नेपालीबाट बोल्द्छ !

दैवी खेल रचाइ भानु-भवमा नेपाल यो स्वर्गियो
सीताको नव-जीवनी सरलता, यो विश्वमा गुन्जियो
संसारी, पथभ्रष्ठ कैँ, सु-मनली उद्दार है गर्दियौ
घाँसीका-घरको, समाज-जनको, सम्मानले भर्दियौ|

संस्क्रीती मान्यता वेद, पालीबाट बन्यो नयाँ
न-य-पाली बन्योँ हामी, चम्किन्छ्ओँ विश्व माझमा !
अनास्था, लोभ, शन्ताप, संकिर्ण किन? जालमा?
आफ्नो आधार विज्ञान, नबिर्स्यौं अनिकालमा !

आस्था स्वच्छ सनातनी सरसता - यो वैदिकी दर्शन
किर्ती गान म मुग्ध भै कति गरुँ? मोती-सरी वर्णन?
सुन्दा धर्म, र भावना, नरमता- हिमाल पग्लिन्छ ल
काड्मान्डौँ,तनहुँ-सुगीत, कविता- नेपाल तीर्थ स्थल |

परिवार ठूलो हाम्रो,बिभिन्न जन-जातीय!
सम्मान सबको एक, नेपाली, बन आत्मीय।
भेष-भोजन-भाषाले,भिन्दै भाव?भयो त के?
नेपाली-मनले एक, छौँ ब्यग्लै थर,नामले!

सेर्पा,गूरुङको भाषा,तामाँ-नेवारको पनि
थारु,मगरको आफ्नै,पहिचान फरक् छ नी!
गाँउ-हिमाल, आस्थाकी तराई र प्रदेशकी-
आमा छिन् घरकी घर्ती-बाहुन्-राइ-मधेशकी

पोती रङ्ग अनेक छन्द-रसले न्यानो मिठो भावना
जोडी वैभवले असंख्य जनता यै सभ्यता, साधना
जोगायौ धन-देश यो अमरता, क्वै छन् यता, क्वै उता
बाँध्यौ काव्य र प्रेमले, नियमले-राष्ट्रीय यो एकता |

------------------------------------------------------

म स ज स त त गु ु
SSS IIS ISI IIS SSI SSI S
[छन्द-शार्दूलविक्रीडित , १९ अक्षरको एक पाऊ, चार पाऊको एक श्लोक, १२ र ७ मा यति, छन्द-अनुष्टुप ८,८ मा यति].

Posted on : July 15, 2010, 8:40 am

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Literature Headlines


 Recent Comments