Thursday June 20, 2013

कतारमा सडक दुर्घटनामा नेपालीको मृत्यु. :::::: कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. ::::::

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

आफन्तको खोजी (कथा)


एल एन सुवेदी “हस्ती˝ हाल कुवेत

दलविरले निरासाले भरिएको लामो सास तान्दै भूईंबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहानमाथि खन्यायो । आँखाबाट आँशुका धारा बगाउदै “तिम्रो आत्माले परमेश्वरको बास पाओस् , जीवित हुँदाकेही गर्न सकिन” भन्दै निकैबेर घुक्का छोड्यो । आफ्नी मरेकी आमालाई सम्झेर त रोयो नै , त्यो भन्दा बढी उसलाई वरिपरीको वातावरणले अझ धेरै भावुक बनाएको थियो । त्यो ठाउँ र पखेरा सबै उस्तै उस्तै थिए । जंगल अलिक पातलिएछ , दशपन्ध्र जति मसिना झूप्रा घरहरु थपिएछन् । वारीपारी खेत , पाखा- पखेरा उस्तै उस्तै नै हुन् जस्तो । ऊ बेलाका खेतहरुमा अहिले कतै अदूवाको खेती , कतै अकवरे खूर्सानी , कतै अम्रिसो र धूसको घाँस लगाएछन् । मान्छेहरुको काम गर्ने तौर तरीका अलिक फेरिएछ । जेठको महिना , जताततै पालुवा र मूना पलाएका हरिया पाखा र खेतमा लहलह परेका मकैका बोटहरु , पारीपारी पाखामा बर्षाको समयमा गएका पहिराका सेता धर्साहरुले दलविरको मनलाई कता कता उडाएर लग्यो । ऊ आफू बसेको नजीकैको पातीको बोटमा मसिना ढुंगाले हान्दै ऊ अतिततिर हरायो ।

उनीहरुको एउटा सानो भिरालो परेको पाखोबारी थियो । बारीको बीचतिर सानो भूप्रो घर । घरको तलतिरको छेउमा एउटा सुगुरको खोर थियो । अगाडि पट्टी दाउरा राख्ने सानो कटेरो थियो । घर वरिपरी मसिना सिस्नाका झ्यांगहरु , पिडालू , सिमल तरुलका बोट र एउटा काभ्राको रुख थियो । जिवन गुजारा गर्न सधैं बनिबूतो गर्नुपर्थ्यो ।

real story of poor nepalese परिवारमा उसका आमा बाबु , ऊ र दुई जना बहिनीहरु थिए । घरमा शान्ति भए त सिस्नोको खोले र पानी खाएर पनि आनन्द नै हुन्थ्यो । तर गरिबी र अभावले घरमा प्राय सधैं बाबु र आमाको झगडा परिरहन्थ्यो । आमा कहिले झुण्डिएर मर्छु भन्थिन् , कहिले भिरबाट हाम फाल्छु भन्थिन् । खेतको पुछारतिरबाट बग्ने भीमकाय रुप लिएर बगेको खोलातिर दुई तीन पटक डुबेर मर्छु भन्दै गइन् । तर हामी बालबच्चाको मायाले होला त्यसै फर्किएर आइन् । हामीले रुनुभन्दा अरु केही उपाय पनि थिएन । खप्नै नसकिने बेदना र गरिबीको पीडाले होला, आमाको मन स्थिर थिएन जस्तो लाग्छ । बाबुले पनि हरेक कुरामा हण्डर खाएर होला, आफ्नो उत्तरदायित्व पूरा गर्ने कुरामा कान खसाई सकेका थिए ।

हामीलाई कहिल्यै चाडवाड आएन । खुशी भन्ने चीजले हाम्रो घरको संघार नै टेकेन । हामी त्यसबेला कठोर पीडादायक जीवनको भूमरीमा फसेका थियौ । अभाव र गरिबीको बर्बर त्रासले हामी बडो भयभित थियौ । हाम्रो सानो मैलो घर थियो , घरको सरसफाई थिएन । परिवार प्राय: अर्ध नग्न हुन्थ्यो । जुत्ता र चप्पल कसैले देखिएन । नुहाउने धुवाउने कुरा पनि सूर्य उतारायण र दक्षिणायन नै हुनुपर्थ्यो । बाबु मानसिक हालत बिग्रिए जस्तै गरी आमालाई दिनहु जस्तो पिट्ने गर्दथे । बाबुले पिटेका निला निला निलडाम लिएर आमा मेलापात गर्थिन् । “यो पितृ सतात्मक मुलूकको लाचार मानिसहरुको घीन लाग्दो उदाहरण थियो ।” गाउँमा मुख देखाई सक्नु थिएन । बाबुले आमा पिटेको बखतमा मेरा साना बहिनीहरु मसगै टाँसिएर रुन्थे । म पनि उनीहरुसगै रुन्थे । हाम्रो घरमा सधैं जसो बेलुका साँझ पर्ने बेलातिर यस्तो घटना हुन्थ्यो । हाम्रो धार्मिक परम्परा अनुसार त्यो एउटा अलच्छिनको संकेत थियो । आउने दिनहरुको लागि अशुभ र अनिष्ट लक्षण थियो । आमाका कपडा फाटेर शरीरका सम्बेदनशील र लाज हुने अंगहरु बाहिर देखिन लागेका हुन्थे । आमाको त्यस्तो हालतबाट प्रष्ट थाहा हुन्थ्यो , आत्मासम्मान र सामाजिक हिनताबोधको कारणले निकै गली सकेकी थिइन् ।

म अलि अलि मात्र सम्झन्छु । मेरा बहिनीहरु त सम्झन्नन् होला । आमा बिस्तारै विरामी परिन् । गाउँमा अस्पताल र स्वास्थ्य चौकी थिएन । धामी झाक्री र पूजारी त गरियो । त्यसले पनि भएन । भगवान भरोसाभन्दा अरु कुनै उपाय थिएन । भदौ महिनाको अन्तिमतिरको एक साँझ मूसलधारे पानीसँगै आमाले अन्तिम पटक सास फेरिन् । हामी त सधैं पनि रोई रहन्थ्यौ । त्यसदिन पनि रोइयो नै । आमा मरेपछि बाबु धेरैदिनसम्म रोए । शोक धेरै गरे । हतारमा गल्ति गरी फूर्सदमा पछुताए जस्तै भयो होला । भोलि पल्ट बिहान गाउँलेहरु जम्मा भए । कसैले बाँस काटे , कसैले सेतो कपडा ल्याएर आमालाई बेर्न थाले । छिमेकीहरु कसैले धान , कसैले चामल ल्याइदिए । आखिर छिमेकी यसैको लागि चाहिने रहेछन् । उनीहरुले अफ्नो कर्तव्य पूरा गरे । हामीसँग जात मिल्ने मानिसहरु कोही अगाडि लागे , कोही पछाडि लागे । केहीले आमालाई अगाडि र पछाडिबाट काँध लगाए । अगाडि हिड्ने एकजना मानिसले ठाउँ-ठाउँमा केही धान र पाँच-पाँच पैसा छर्दै जान्थे ।

मेरा बाबु , आमालाई बिहे गरेर ल्याउदाको खुशी र आजको दु:खद बिदाईको पुर्न नै नसकिने पीडाको संघारको वीचमा थिए । मलाई पनि मान्छेहरुले सँगसँगै लिएर गए । कसैले बालक कालमा नै टुहुरा-टुहुरी भए भन्थे । कोही ईश्वरको सृस्टि नै यस्तै हो भन्थे । नजिकैको चिहान घारीमा मान्छेहरुले एउटा गहिरो खाडल खने र वरिपरीबाट ढुंगा लगाए । विस्तारै सानो नानीलाई नरम ओछ्यानमा सुताए जस्तै गरी मेरी आमालाई हाले र माथिबाट माटोले पूर्दै गए । आमा छोपिदै गइन् । बिस्तारै आमाको जीउ र अनुहार मबाट टाढा हुदै गयो । आमा मबाट सधै सधैका लागि हराएर गइन् । मेरो हात समाएर अलि अलि माटो आमाको चिहान माथि हाल्न लगाए । हाम्रो घरको बत्ति निभ्यो । जिन्दगी सधैका लागि अँध्यारो भएर गयो ।

मेरा कलिला दिनहरुमा मैले के नै गरिन र ? गाउँका प्राय: सबैका घरका भाडा माझे । गोबर भकारा गरें , लुगा कपडा धोए र धेरै धरै गाली , अपमान र कुटाई खाए । भोका दिनहरु गन्ने हो भने बर्षौ होइन यूग पनि हुन्छ होला । म गाउँका दाजुहरुसँग पहाडबाट हप्तौ लगाएर मधेशतिर गएर नूनका भारी ल्याएर गाउका साहूहरुलाई बेच्थें । दुईचार पटक ओहोर दोहोर गरे पछि अब त केही होला की भन्ने लाग्न थालेको थियो । भत्केर अवषेश मात्र रहेको घरको गाह्रोतिर आखा डुलाउदै आफू हिड्ने बेलामा आफ्ना बहिनीहरुले हामीलाई कपडा ल्याई देऊ है दाइ भनेको , बाबुले चाडै गएर राम्ररी आएस् भनेको कुरा सम्झदै दलविर फेरी एक पटक ठूलो आवाजमा रोयो । गरिबीको पीडा र मातृ बात्सल्यको अभावले खरानी भएको दलबिर फेरी गाउ फर्किएन , उतैतिर हरायो ।

उमेर ढल्कदै गरेको जीर्ण शरीर भएको आफ्नो बाबु र कलिला माया लाग्दा बहिनीहरुलाई सम्झदै उनीहरु माथि ठूलो अन्याय गरेकोमा अफशोस जतायो । उसले मनमनै सोच्यो । साच्चै मेरा बाबु र बहिनीहरु कहाँ गए होलान् ? अब त बहिनीहरुको विहेवारी भयो होला । बाबु बाँचेका भए मलाई देखेर खुशीले कति रुदा हुन् ? सायद अब त मलाई चिन्दैनन् होला । एउटा कुरा त पक्का पक्की छ । हाम्रो घरको अवशेष हेर्दा उनीहरु यहाँ छैनन् । आमा यही सडिन् , म कहाँ पुगे , बाबु र बहिनीहरु कता लागे ? हरे ! विधाताको खेल पनि यस्तो हुन्छ र ? भन्दै आमाको चिहानतिर हेर्दै दलविर फेरी टल्पलायो ।

आफ्ना आफन्तको नालीबेली कायाकैरन त तिनै अर्याल बाजेले मात्र बताउन सक्छन् भन्दै दलविर धनपति अर्याल बाजेका घरतिर लाग्यो । गाउँको पुरानो शैलीको घर , बाहिर सिकुवामा पुरानो खाट माथि मैलो मैलो परेको राडी ओच्छाएर बसेका अर्याल बाजे धेरै बूढा भएछन् । दातहरु सबै झरेछन् । आखा भित्र भासिएर अनुहार चाउरिएछ । “दिन गन्दै अस्ताउन लागेको डाडाको घाम भएछन्” अर्याल बाजे पनि ।

अर्याल बाजेले दलविरलाई देखेपछि , बाबुलाई त अघि देखेको थिएन । कहा जाने , के थरा (थर) हो ? भन्दै सोधे । बाजे म आइतेको छोरो दलविरे हो (हाम्रा बाबुलाई गाउमा आइते भनेर बोलाउथे) चिन्नु भएन र ? भन्दै दलविरले जवाफ दियो । कहाँ चिन्नु र बाबु ? त ता भागेको धेरै बर्ख भयो , लाठे पो भइछ त ! यतिका बर्ख कता हराइस् त बाबु ? भन्दै अर्याल बाजेले फेरी सोधे । बाजे म त उतै मधेशतिर नै पो हराए त भन्दै दलविरले छोटो जवाफ दियो । तेरा सन्तानहेरु पनि कहाँ कहाँ पुगे । दलविरले स्तब्ध हुदै सोध्यो । कता कता गए र बाजे ? तेरो बाबु क्षयरोग लागेर यही मर्यो , बहिनीहेरु झोडातिरै पोइला गए भन्थे । परारका साल कान्छी बहिनी दुई बर्खको छोरो लिएर आइथी । मेरै घरमा सात दिनसम्म बसेर गई । तिनेरु पनि कहाँ जाउन र ? जाने ठाउँ छैन । आफ्नै घर जस्तो गरेर आइथी । घर त झोडातिर कता पो भन्थी ? दलविरको मनले ठाउँ छोड्यो । बाजे मपछि आउछु भन्दै ऊ फेरी आफ्ना आफन्तको खोजी तिरै लाग्यो...... ।
.

Posted on : April 7, 2012, 6:21 am

Source :



Archieve Literature Headlines


 थप शिर्षकहरु ::कविता/गीत/गजल/हाइकु

यात्रा संस्मरण/कथा/विश्लेषण आदि