Wednesday June 19, 2013

“तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. ::::::

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

तिमीलाई मैले के भन्या छु र ?


मोहन आचार्य ´´जलद´´

तिमीलाई मैले के भन्या छु र ? किन रिसायेकी ?
जिन्दगी तिम्रो सुन्दर संझेर हेर्दा किन हरायेकी ?
//१//
आँखाको नानी सरी छ माया किन लजाएकी ?
अमूल्य जीवन दिएकै थिएँ म किन रिसाएकी ?
//२//
यो झुट्टो संसार सम्झेर फेरी किन लोभिएकी ?
नारीकोरुपमा सौन्दर्य बोकेर किन पोखियेकी ?
//३//
मिलनको मुस्कान बोकेर आज किन मात्तिएकी
म तिम्रो प्रेमी थाहा हुदा हुदै किन आत्तिएकी ?
//४//
सुन्दर छ संसार जहाँ तिमीछ्यौ किन डराएकी ?
छ तिम्रो प्रेमी बिस्वास छ भने किन कराएकी ?
//५//
´´जलद´´को संसारमा कोहि हुन्न ? किन कुराएकी?
आफैले लेखि प्रेमको कथा त्यो किन पुरायेकी?
//६//
जब सम्बन्ध हाम्रो रहला धर्तीको किन सुनाएकी ?
मारेर जानु त छदैछ हासेर बाँच किन बुझाएकी ?
//७//

मोहन आचार्य ´´जलद ´´
साहित्यिक नाम इन्द्रेणी शर्मा
प्रगतिनगर ,नवलपुर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल
दिनांक १ अगष्ट २०१२ लिस्बोन/ बिहान८.४० /
www.jaladacharyawordpress.com.

Posted on : August 3, 2012, 5:20 pm

Source :



Archieve Literature Headlines


 थप शिर्षकहरु ::कविता/गीत/गजल/हाइकु

यात्रा संस्मरण/कथा/विश्लेषण आदि