Thursday June 20, 2013

कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. ::::::



संयुक्त संघर्ष समितिको बन्द फिर्ता

काठमाडौ, वैशाख ३० - जातीय राज्यको बिरोधमा आन्दोलनरत् ब्राम्हण, क्षेत्री, ठकुरी,दशनामी समाजसहितको संयुक्त संघर्ष समिति गरेको बन्द शनिबारबाट फिर्ता लिएको छ । विभिन्न जातिको चाडपर्व परेकाले बन्द फिर्ता लिइएको समितिले जनाएको छ ।

यसअघि बैशाख २८ र २९ गते नेपाल बन्दको आयोजना गरेको उक्त समिति र सरकारबीच शुक्रबार भएको वार्ता सहमतिमा नपुगेपछि आन्दोलनकारीले थप एक दिन बन्द कार्यक्रम बढाएको थियो । दुई दिनको बन्दले मुलुकभरको जनजीवन प्रभावित भएको थियो । विभिन्न जनजातिहरुको चाड पर्व परेको र जातीय सदभाव विग्रिन सक्ने विषयलाई हेर्दै तत्काललाई बन्द फिर्ता लिएको समितिमा आवद्ध नेपाल दशनामी समाजका रविन्द्र गिरीले बताए । उनले साँझ सम्ममा आन्दोलनका थप कार्यक्रम ल्याइने बताए ।

आयोजकले बन्द फिर्ता लिएको जनाएपनि कार्यकर्ता सम्म आधिकारिक सूचना प्रवाहमा भएको ढिलाईका कारणतीनकुने कोटेश्वर लगायतका स्थानमा एक समूहले सवारी साधनमा अवरोध पुर्‍याएका छन् । क्रमशः सडकमा सवारी साधनको संख्या बढ्दै गएको छ ।

समितिका प्रवक्ता कुमार खड्काले राईहरुको महान पर्व साकेलालाई ध्यानमा राखेर बन्द स्थगन गरिएको बताएका छन् । 'राईहरुको महान पर्वमा उहाँहरुलाई हाम्रो कारणले अप्ठ्यारो नहोस भनेर बन्द स्थगन गरेका हौं,'उनले भने-'जातीय सदभाव खल्बलिन सक्ने तर्फ पनि सचेत भएर निर्णय लिएका छौं ।'










Posted on : May 12, 2012, 6:55 am

Source :http://www.ekantipur.com/nep/2069/1/30/full-story/347613.html


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 Recent Comments