Saturday May 25, 2013

झारफुक गरि निको पार्ने नाउँमा वालकको ज्यान लिने पशुपती बाबा पक्राउ. :::::: साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. ::::::



राष्ट्रको सम्पति कोरियामा दुरुपयोग

मोन प्रकाश उप्रेती

कोरियामा श्रमसहचारि फिर्ता भईसके पनि उनी बस्तै आएको घरको भाडा भने सरकारले तिर्दै आएको छ । अति सुविधा सम्पन्न उक्त घरको बाहाल प्रति महिना पांचलाख रुपया राष्ट्रको सम्पतिबाट नेपाली दूतावास कोरियाले भुक्तान गर्ने गरेको हो । कोरियामा दरबन्दि कायम भई दुई महिना मात्र काम गरी नेपाल फर्किएका श्रमसहचारिको अभाव बिध्यमान रहदा रहदै अनाआवश्यक राष्ट्रको सम्पति दुरुपयोग भएकोमा कोरियामा रहेका नेपाली समुदायले आपत्ति प्रकट गरेका छन् । उनीहरूले आवश्यक नभएको उक्त खर्च नगर्न दुतावाससँग माग गरेका छन् ।

श्रमसहचारि कृष्ण हरि पुष्कर नियुक्ति भएको दुई माहिना नसकिदै बढुवा भएको कारण एक महिना अघि नेपाल फिर्ता भई सकेका छन् भने उक्त स्थान हाल पद बिहिन रहेको छ।

आवश्यक नभएको उक्त घर तत्काल छाडिदिन नेपाल कोरिया ब्यापार संघका अध्यक्ष मदन केसिले अनुरोध गरेका छन् । दूतावासका केही कर्मचारीका नजिकका मानिसको आश्रय स्तल बन्ने गरेको उक्त घर किन राष्ट्रलाई बोझ बनाउने केसिले प्रति प्रश्न गर्दै अगाडि भने विश्व साईकल यात्रिलाई आश्रय दिनुहोस भन्दा मन्त्रालयको आदेश चाईन्छ भन्ने दूतावासका उपनियोग प्रमुख राजा रामवर्तौलाले कसकसलाई उक्त घरमा मन्त्रालयको आदेशले बास दिइएको छ सबैलाई प्रस्ट पार्न अनुरोध गरे ।

यसै गरी एन आर एन कोरियाका अध्क्षय के पि सिटौलाले उक्त घरको सम्झौता तत्काल खारिज गर्न सकिने बताउदै किन यसरि देशको सम्पतिमा खेलवाढ भइरहेको छ आफू अनवि१ भएको बताए । कि सबैलाई आश्रयको लागि उक्त घर खुला गर्नु पर्‍यो कि त बन्द गर्नु पर्‍यो ।सिटौलाले दुखेसो पोख्दै भने, संसारलाई चिनाउन निश्किएका नेपाली विश्व साईकल यात्रि लोक बन्दु कार्कीलाई उक्त घरमा स्थान नदिनु दुखदाय हो ।

स्मरण रहोस -एक साता अघि कोरिया आई पुगेका नेपाली विश्व साईकल यात्रि लोक बन्दु कार्कीलाई उक्त घरमा बासको ब्यवस्था गर्न कोरियाका नेपालि संघ सस्थाले अनुरोध गर्दा उपनियोग प्रमुख राजा राम वर्तौलाले ठाडै अस्िवकार गरेका थिए ।

यसै विषयमा सम्पर्क राख्दा उपनियोग प्रमुख राजा राम वर्तौलाले भने - "यो हाम्रो कुराहो तपाईहरु चासो नलिनु होस" । उता राजदूत कमान सिह लामाले आफु नयाँ भएको र सबै कुरा बुझि नसकेको हुदा के गर्नुपर्ने हो सुझाव दिन अनुरोध गरे ।

हाल खालि रहेको दूतावासको उक्त घरमा उपनियोग प्रमुख राजा राम वर्तौलाका नजिकका व्यक्ति र उनका सहयोगीको रात्रि पार्टी र आराम गर्ने स्थल बन्ने गरेको सर्वसाधारणले बताएका छन् ।

Posted on : June 7, 2012, 5:38 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 Recent Comments