Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  



नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपको बार्सिलोना बिस्तारित बैठक सम्पन्न

भीम के सी कमल

नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपको आयोजनामा युरोप स्तरीय बिस्तारित बैठक तथा कार्यकर्ता भेला स्पेनको बार्सिलोनामा भब्यतापुर्बक सम्पन्न भएको छ। खुला उदघाटन सत्र र बैठक गरी दुइ चरणमा संचालन भएको कार्यक्रमको उदघाटन सत्र आतिथ्यता गरेको राष्ट्र स्पेन जनसम्पर्क समितीका अध्यक्ष पुष्पराज भण्डारीको अध्यक्षता र महासचिब दिपक सुबेदीको उदघोषणमा भएको थियो ।

जननायक बि पि कोइराला, युगपुरुष गिरिजा प्रसाद कोइराला, हालै दिबंगत नेता बल बहादुर राइ लगायत सम्पुर्ण सहिदहरुको सम्झनामा २ मिनेट मौनधारणबाट आरम्भ भएको प्रथम सत्रको कार्यक्रमको मैनबत्ति बालेर कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समिती, युरोपका अध्यक्ष दिल गुरुङ्गले समुदघाटन गर्नु भएको थियो । जनसम्पर्क समिती स्पेनका पुर्ब अध्यक्ष चिन्तामणि सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त उदघाटन सत्रमा युरोपका बिभिन्न राष्ट्रका प्रतिनिधीहरु तथा स्पेनबासी जनसम्पर्क समितीका कार्यकर्ताहरुको उत्साहजकन सहभागिता रहेको थियो ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथीको रुपमा मन्तब्य ब्यक्त गर्दै नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समितीका अध्यक्ष दिल गुरुङ्गले स्वर्गिय गिरिजा बाबुको निर्देशानुसार आँफु सदैब नेपाली काँग्रेसको बफादार सिपाहीको रुपमा युरोपमा संगठन बिस्तारमा लागेको र पार्टीलाइ आवश्यक परेको खण्डमा आर्थिक, राजनैतिक सहयोग त के आफ्ना हातै काटेर टक्राउन परे पनि पछि नपर्ने भावना ब्यक्त गर्नु भयो। आँफुलाइ पदको कुनै मोह नरहेको तर युरोपका जनसम्पर्क समितीहरु बीच समन्वयकारी भुमिका खेल्न र संगठन बिस्तार गर्न नेकाँ बिदेश बिभाग प्रमुख सुजाता कोइरालाको उपस्थितिमा २००७ मा बर्लिन भेलाबाट स्थापना भइ बरिष्ठ नेता पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा २००९ मा पोर्चुगलमा पहिलो अधिबेशन सम्पन्न गरेको ईयू जनसम्पर्क समन्वय समितीको अस्तित्वलाइ केद्रले तत्कालै बिधानमा समेटेर युरोप क्षेत्रमा जनसम्पर्क समितीको संगठन बिस्तारमा सहयोग र हौसला प्रदान गरोस भन्ने आग्रह गर्नु भयो।

सो समारोहमा ईयू जनसम्पर्क समन्वय समितीका महामन्त्री गंगाधर गौतमले समितीका हालसम्मका कृयाकलापहरु एबं भावी कार्यदिशा बारे प्रकाश पार्नु भएको थियो। कार्यक्रममा जनसम्पर्क पोर्चुगलका अध्यक्ष पुर्ण हमाल, जनसम्पर्क स्विट्जरल्याण्डका अध्यक्ष गुणराज शर्मा, जनसम्पर्क डेनमार्कका अध्यक्ष त्रीलोचन सापकोटा, जनसम्पर्क इटालीका रामजिवी पन्थ, एनआरएन स्पेनका अध्यक्ष अनिल गुरुङ्ग, एनआरएन स्पेनका आइसिसि सदश्य रामलाल कँडेल लगायतका बक्ताहरुले सम्बोधन गर्नुका साथै कार्यब्यस्तताले उपस्थित हुन नसकेका समितीहरुबाट प्राप्त सन्देश तथा सुझाबहरु बाचन गरेर सुनाइएको थियो।

कार्यक्रमको दोश्रो चरणमा अध्यक्ष दिल गुरुङ्गको सभापतित्व र महामन्त्री गंगाधर गौतमको संचालनमा भएको बिस्तारित बैठकमा युरोप स्थित नेजसका सांगठनिक कृयाकलाप, प्रगति, समस्या र चुनौतीहरुका बिषयमा ब्यापक छलफल भएको थियो। सो बैठकले नेपाली काँग्रेसको बिधानमा जनसम्पर्क समितीहरुलाइ जिल्ला समिती सरहको मान्यता तथा युरोप समन्वय समितीलाइ अन्चल समन्वय समिती सरह मान्यता दिइ युरोपका अध्यक्षलाइ केन्द्रीय समितीमा आमन्त्रीत सदश्यको रूपमा राख्न माग गर्नुका साथै बिधान अनुसारको मापदण्ड पुरा गरेका जनसम्पर्क समितीहरुलाइ पार्टीको महाधिबेशनमा केन्द्रीय समितीको निर्णयानुसार सहभागी गराउने भन्ने बिधानको ब्यबस्थाको सट्टा स्वत सहभागी हुन पाउने ब्यबस्था गर्न माग गरेको छ।

यसका साथै बैठकले ५०० कृयाशिल सदश्य नपुगी युरोपका धेरै जसो नेजसहरु नेकाँको आसन्न १२औ महाधिबेशनमा सहभागी हुन नपाउने स्थिती देखा परेकोले सो को समाधानको निमित्त केन्द्रमा युरोप क्षेत्रबाट कम्तिमा ३ वटा क्षेत्र सरहको प्रतिनिधित्व गराउन माग गर्दै पत्र पठाउने निर्णय गरेको छ। केन्द्रमा पठाइएको उक्त पत्रको पूर्ण पाठ यसप्रकार रहेको छ-

‘‘नेपाली काँग्रेसको संशोधित बिधानमा कम्तिमा ५०० कृयाशिल सदश्य भएका देशका जनसम्पर्क समितीहरुबाट मात्र १२औ महाधिबेशनमा प्रतिनिधित्व गर्न पाउने भएको ब्यबस्थाबाट युरोप क्षेत्रबाट केवल १–२ देशबाट मात्र महाधिबेशनमा सहभागी हुन सक्ने अबस्था देखिन्छ । बिदेशी भुमीमा कार्यब्यस्तताका बावजुद् पार्टीको संगठनमा खटेका अन्य देशका ५०० कृयाशिल सदश्य नपुग्ने जनसम्पर्क समितीहरु निरुत्साहित हुने वातावरण सिर्जना भएको छ ।

अन्य राजनैतिक पार्टीका भातृ संगठनहरु युरोपमा अत्यन्त सकृय भइ संगठन बिस्तारमा लागि रहेको सन्दर्भमा जनसम्पर्क समितीहरु निरुत्साहित हुनुले पार्टीलाइ बिदेशमा बसेर सहयोग गर्ने, संगठन बिस्तार गर्ने जस्ता कार्यहरुमा नकारात्मक असर पर्न सक्दछ ।

यिनै तथ्यहरुलाइ मध्यनजर गर्दै जनसम्पर्क समन्वय समिती, युरोपको स्पेनको बार्सिलोनामा सम्पन्न बिस्तारित बैठकले ५०० कृयाशिल सदश्य संख्या नपुगेका युरोपका जनसम्पर्क समितीहरुको कृयाशिल सदश्यहरुको संख्यालाइ समेत मध्यनजर गर्दै बैधानिक प्रकृया पुरा गरी महाधिबेशन सम्पन्न गरेका जनसम्पर्क समितीहरुबाट कम्तिमा १ जनाको सहभागिता सुनिस्चित हुने गरी युरोप क्षेत्रबाट न्युनतम ३ बटा क्षेत्र सरह महाधिबेशनमा प्रतिनिधित्व गराउने ब्यबस्थाका निमित्त जोड्दार माग गर्दछौं ।’’

उक्त बिस्तारित बैठकले लिस्बन महाधिबेशनले दिएको म्यान्डेट अनुसार महत्वपुर्ण निर्णय गर्दै नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समितीलाइ युरोपको सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी बिस्तार गर्दै पुर्णता दिएको छ।

बिस्तारित समितीमा अध्यक्ष: दिल गुरुङ्ग (जर्मनी), बरिष्ठ उपाध्यक्ष: पुर्ण हमाल (पोर्चुगल), उपाध्यक्ष: बलिराम झा (बेल्जियम), जानकी गुरुङ्ग (बेल्जियम), पुष्पराज भण्डारी (स्पेन), बिनोद मोक्तान (बेलायत), महामन्त्री: गंगाधर गौतम (बेल्जियम), सह-महामन्त्री: गुणराज शर्मा (स्विट्जरल्याण्ड), एकेन्द्र श्रेष्ठ (बेल्जियम), त्रीलोचन सापकोटा (डेनमार्क), कोषाध्यक्ष: सुदाम लम्साल (बेल्जियम) र सदश्यहरुमा: नारायण प्रसाद आचार्य (नेदरल्याण्डस्), मनहरी पौडेल (नेदरल्याण्डस्), भीम के सी कमल (पोर्चुगल)-मेडिया संयोजन, दयाराम पौडेल (जर्मनी), श्रीमती लीला शर्मा (बेल्जियम), लक्ष्मण बस्नेत (जर्मनी), रामजिवी पन्थ (इटाली), राम कुमार महतो (स्विट्जरल्याण्ड), हरेन्द्र बनेम (जर्मनी), अमृत प्रधान (बेल्जियम), मदन गौली (स्विट्जरल्याण्ड), बिनोद ढकाल (स्पेन) र बालकृष्ण सापकोटा (लक्जम्बर्ग) तथा बिधान अनुसार अध्यक्षले मनोनित सदश्यहरुमा- केदार जोशी (बेल्जियम), राज कुमार त्रीपाठी (बेलायत), ओम शर्मा (बेल्जियम), रमेश गुरुङ्ग (पोर्चुगल), चिन्तामणी सापकोटा (स्पेन), उल्का घिमिरे (बेल्जियम) एबं पदेन सदश्यहरुमा किरण चन्द्र शिंह प्रधान (अध्यक्ष- नेजस फ्रान्स) र शैलेश कुमार मल्ल (संयोजक- तरुण दल, युरोप) तथा आमन्त्रीत सदश्यहरुमा नबिन थपलिया (संयोजक- नेजस स्विडेन) र रमेश राज लामिछाने (संयोजक- नेजस इटाली) रहनु भएको छ।

बैठकबाट गठित सल्लाहकार समितीमा राम बहादुर थापा (बेल्जियम), माधब राज आचार्य (स्विट्जरल्याण्ड), लक्ष्मी प्रसाद सापकोटा (पोर्चुगल), रामलाल कंडेल (स्पेन), श्रीकृष्ण सुबेदी (इटाली), उषा शर्मा (जर्मनी), डा. सम्पुर्णानन्द ढुगांना (बेलायत) र गोबिन्द प्रसाद सुबेदी (बेल्जियम) रहेको जानकारी प्राप्त भएको छ।

समितीको बिस्तार पश्चात पुन बसेको नबगठित समितीको बैठकले भब्य एबं ब्यबस्थित रुपमा कार्यक्रमको आयोजना गरेको जनसम्पर्क समिती स्पेनलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै समितीको अर्को बिस्तारित बैठक आगामी नोभेम्बर महिनामा डेनमार्कको कोपनहेगनमा गर्ने समेत निर्णय गरेको छ। बिस्तारित समितीको बैठकले नेपाली काँग्रेस ईयू जनसम्पर्क समन्वय समितीको आधिकारिक वेब-साइट निर्माण एबं संचालन गर्न सह-महामन्त्री गुणराज शर्माको संयोजकत्वमा भीम के सी कमल र महेश थापा सम्मिलित कार्यदल गठन गरेको छ।

त्यसै गरि खेलकुद तथा रचनात्मक कार्यक्रम संचालन गर्न केदार जोशीको संयोजकत्वमा बिनोद ढकाल, सुर्य हमाल, राजु थापा र पदम बहादुर क्षेत्री सदश्य रहेको कार्यदल एबं कुटनैतिक सम्बन्ध बिस्तारको निमित्त संयोजक जानकी गुरुङ्ग तथा सदश्यहरु दयाराम पौडेल, रामजिवी पन्थ, अर्जुन काफ्ले र जनक पंगेनी सम्मिलित कार्यदल समेत गठन गरेको जानकारी महामन्त्री गंगाधर गौतमले दिनु भएको छ।

बैठकको समापन पश्चात अध्यक्ष दिल गुरुङ्गले पंक्तिकारसंग कुरा गर्दै हामी सबै प्रबासमा रहेका लोकतन्त्रबादीहरुले साना तिना कुरामा नअल्झेर शान्त, सम्बृद्ध र पुर्ण लोकतान्त्रीक नेपालको निर्माणको निम्ती प्रबासबाटै भए पनि प्रयास गर्न सक्यौ भने नेपाल आमाको ऋण केहि हदसम्म चुक्ता गर्न सकिने कुराको हेक्का राख्दै बिरोध मात्रै गर्ने प्रबृती छाडी संगठनको हितको निम्ती असल सोच्ने र इमान्दार काम गर्ने प्रयास गरे एक दिन अवश्य उच्च मुल्यांकन हुने कुरामा बिश्वस्त हुन समेत आग्रह गर्नु भएको छ।





Posted on : July 27, 2010, 2:29 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments