Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



मेघालयमा नेपालीभाषी माथिको ज्यादती

Solidaritykhabar's Editorial

मेघालयमा नेपालीभाषी माथिको ज्यादती : विशेष सम्पादकीय
+ Font Size | - Font Size Bookmark and Share
Solidarity Reporter - 2010-06-20 23:06:14

नेपाली भाषी हुँदैमा सुतिइरहेका बेला जिउादै जलाइन्छ, लखेटिन्छ, कुटिन्छ, पिटिन्छ, पढ्न, लेख्न, हिड्न, बोल्न, जिउनमै बन्देज लगाइन्छ यो कस्तो बिडम्बना ? भारतको मेघालयवासी नेपालीहरुमाथि त्यही हुँदैआएको छ । तर, सरकार चुपचाप छ । वास्तवमा यो चोट मेघालयवासी नेपालीको मात्रै होइन सारा संसारभरका नेपालीमाथिको चोट हो । नेपाली भाषीमाथिको आक्रमण हो । तर, जो बोल्नपर्छ त्यो बोल्दैन, मात्रै औपचारिकता पुरा गर्न खोजिरहेको देखिन्छ ।

भारतको पूर्वोत्तर राज्य आसाम, मेघालयमा नेपाली भाषीहरुले पीडा खेप्न परेको यो पहिलो घटना भने होइन । यसअघि २०४५ सालमा पनि यस्तै भएर लाखौं नेपाली भाषीहरु बिस्थापित हुन बाध्य भएका थिए । हालै त्यहाँका अल्पसख्यक नेपाली जाति र भाषीहरु त्यहाँको स्थानिय खासी समुदायको आक्रमणमा परे जसबाट १७ जनाभन्दा बढी नेपालीहरुको ज्यान गइसकेको छ । यस्तो दर्दनाक घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले औपचारिकताका लागि मात्रै बिज्ञप्ति निकालेको छ । भारतमा रहेको नेपाली दूतावास मौन रहेको छ जुन खेदजनक छ ।

भारतले आफ्नो आन्तरिक मामिला भन्दै नेपाललाई नबोल्न चेतावनी दिनु आपत्तिजनक छ । के हामीहरु नेपाली जाति र भाषीमाथिको आक्रमण टुलुटुलु हेरेर बस्ने ? नेपालको आन्तरिक मामिलामा के गर्ने कसो गर्ने भनेर उपदेश दिइरहने भारतले यस्तो गम्भीर मामिलामा नेपाललाई नबोल्न चेतावनी दिनु नेपाली जातिमाथि नै धावा बोल्नु हो कि होइन ? यस्तो अबस्थामा हामी किन नबोल्ने ? हामीलाई जवाफ चाहिएको छ । त्यहाँका नेपालीले एक थप्पड खाँदा हाम्रो गाला दुख्छ, भारतमा बस्ने नेपाली लखेटिदा अमेरिकामा बस्ने नेपालीको छाती पोल्छ । यसरी नबोली बस्नु भाइचारा, राष्ट्रियता, भाषा, जातीयताप्रतिको घात हुन जान्छ ।

घटनाक्रम यसरी बढाइएकी खासी समुदायका नाममा बढाइएका ज्यादतीहरु लगायतका बिभिन्न क्रियाकलापले नेपाली भाषीमाथिको आक्रमण नियोजित त होइन भन्ने प्रश्न उब्जन थालेको छ । यस्तो बिषयमा सरकार नबोलेकोमा बुद्धिजीवी, राजनैतिक दलका नेता, बिश्लेषकहरुले गम्भीर आपत्ती जनाएका छन् भने धेरैले नेपालीहरुप्रति सहानुभूति जनाएका छन् । यस घटनाको बिरुद्धमा अझै धेरै ऐक्यबद्धता जनाउनुपर्ने, संगठित हुनुपर्ने र यो क्रम नरोकिए घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने जरुरी भइसकेको छ ।

नेपालीहरुमाथि ज्यादती भइरहादा देशका प्रधानमन्त्री भारतीय राजदूतसाग सो बिषयमा एक शब्द पनि नबोली सत्ताको बिषयमा मात्रै छलफल गरे । कुरा उठाउनुपर्ने व्यक्तिले यस्तो व्यवहार गर्नु जति निर्लज्जता अरु के हुनसक्छ ? आगामी दिनमा सबै नेपालीहरुले जवाफ खोज्ने बेला आएको छ, नेपाली भाषी कतिसम्म हेपिइरहने ? कतिसम्म खेदिइरहने ? कतिसम्म बिभेद र हेपाहा प्रबृत्तिको शिकार भइरहने ? यसको जवाफ सम्बन्धित निकायले दिनैपर्छ यतिबेला ।

देशका मूलधारका सबै राजनैतिक दलहरुले भातृसंगठनलाई मात्रै परिचालित गर्ने होइन खुला रुपमै आधिकारिक आवाज उठाउने हिम्मत गर्नैपर्छ । अनि देश बिदेशमा रहेका सबै नेपालीहरुसम्बद्ध संघ संगठनहरु यस बिषयमा जाग्नैपर्छ । नेपाली जाति र भाषीको आत्मसम्मानमा खलल पुर्‍याउने क्रियाकलाप गर्छ भने कडा बिरोध गर्न सबैले सक्नैपर्छ चाहे त्यो जोसुकै किन नहोस्, जस्तोसुकै शक्ति किन नहोस् । हामीलाई हाम्रो भाषा, जाति निकै प्यारो छ जति अरुलाई उनीहरुको छ ।

Posted on : July 24, 2010, 6:24 am

Source :http://www.solidaritykhabar.com/news.php?cid=833



Archieve News Headlines


 Recent Comments